Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

सेयर बजारमा दोहोरो अंकले वृद्धि


काठमाडौं । सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । सेयर लगानीकर्तामा निराशा बढ्दै जाँदा सोमबार गभर्नर महाप्रसाद अधिकारी र नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालबीच छलफल हुँदा मंगलबार सेयर बजारमा सकारात्मक प्रभाव देखिएको हो । जसले गर्दा नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको हो ।

बोर्ड अध्यक्ष हमाल र गभर्नर अधिकारीबीच मार्जिन प्रकृतिको सेयर धितो कर्जामा १२ करोडको सीमा बढाउन सकारात्मक छलफल भएको समाचारले मंगलबार सेयर बजारमा पनि सकारात्मक प्रभाव परेको हो । मंगलबार बजार परिसूचक नेप्से १८.४५ अंकले वृद्धि हुँदा २०२२.९१ को विन्दुमा बन्द भएको छ । आइतबार र सोमबार लगातार २ कारोबार दिन घटेको नेप्से मंगलबार पुनः बढेको हो । मंगलबार नेप्सेमा होटल तथा पर्यटन बाहेक सबै उपसूचकमा वृद्धि भएको छ । होटल तथा पर्यटन उपसूचक ०.१८ प्रतिशतले गिरावट हुँदा हाइड्रोपावर उपसूचक सर्वाधिक ३.०९ प्रतिशतले बढेको हो । यस्तै वित्त कम्पनी उपसूचक पनि १.४४ प्रतिशतले बढेको छ । पछिल्लो केही दिन यता हाइड्रोपावर कम्पनीको सेयरमा लगातार लगानीकर्ताको आकर्षण बढ्दै गएको छ ।

मंगलबार नेप्सेसँगै कारोबार रकम पनि बढेको हो । गत बिहिबार नेप्से ४४ अंकको उच्च वृद्धि हुँदा कारोबार रकम पनि ३ अर्ब नाघेको थियो । आइतबार नेप्सेमा गिरावट हुँदा कारोबार रकम केही घटेपनि कारोबार रकम २ अर्ब माथि नै थियो । तर, सोमबार डेढ अर्बमा झरेको कारोबार रकम मंगलबार पुन बढेर २ अर्ब नाघेको छ । मंगलबार ७८ हजार ६१६ वटा कारोबारमा ८७ लाख ४ हजार ५७७ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा २ अर्ब ९ करोड ३८ लाख रुपैयाँको कारोबार भएको छ ।

मंगलबार एनआईसी एशिया बैंकको सर्वाधिक ८ करोड ३५ लाख रुपैयाँको सेयर कारोबार हुँदा सन् नेपाल लाइफ इन्स्योरेन्सको ७ करोड ५४ लाख र रियालयबल लाइफ इन्स्योरेन्सको ७ करोड १३ लाखको सेयर कारोबार भएको छ । मंगलबार नेप्सेमा कुल २३२ सूचीकृत कम्पनीको सेयर कारोबार भएकोमा १९० कम्पनीको सेयरमूल्य वृद्धि हुँदा ३९ कम्पनीको सेयरमूल्यमा गिरावट भएको छ । यस्तै ३ कम्पनीको सेयरमूल्य स्थिर छ । आइतबार कारोबार भएकोमध्ये सेयरमूल्य धेरै बढ्नेमा हाइड्रोपावर कम्पनीहरु अगाडि छन् । मेन्छियाम र हाइड्रोपावर, मनकामना इन्जिनियरीङ हाइड्रोपावरको सेयरमूल्य १० प्रतिशत तथा शुभम् पावर कम्पनीको ९.९९ प्रतिशत र मोलुङ हाइड्रोपावरको सेयरमूल्य ९.९६ प्रतिशतले वृद्धि भएको छ । यस्तै स्वाभिमान लघुवित्तको सेयरमूल्य ९.९३ प्रतिशतले बढेको हो । यता लगातार बढिरहेको हिमालयन लघुवित्तको सेयरमूल्यमा मंगलबार भने सबैभन्दा धेरै घटेको छ । कम्पनीको सेयरमूल्य ५.८७ प्रतिशतले वृद्धि हुँदा थ्री स्टार हाइड्रोपावरको सेयरमूल्य ५.५७ प्रतिशतले घटेको छ ।


प्रकाशित मिति: ९ आश्विन २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?