Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
७ पुष २०८२, सोमबार
७ पुष २०८२, सोमबार

सर्वसाधारणका लागि आईपीओ जारी गर्ने तयारीमा आयल निगम


काठमाडौं । नेपाल आयल निगमले सर्वसाधारणका लागि प्राथमिक सेयर आईपीओ जारी गर्ने तयारी गरेको छ ।

निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले निगमले सर्वसाधरणका लागि आईपीओ जारी गर्ने तयारी गरिरहेको बताएका छन् । मंगलबार नेपाल एलपि ग्याँस उद्योग संघको २८औं वार्षिक साधारण सभामा बोल्दै कार्यकारी निर्देशक थानीले यस्तो बताएका हुन् । धितोपत्र निष्कासन नियमावली २०७३ जारी भएपछि २०८० मा आउँदा ७औं पटक संशोधन भएको र नियमावलीमा दुई आर्थिक वर्षमा नाफामा गएको हुनुपर्ने भएकाले समय लागेको उनले बताए । कम्तीमा दुई आर्थिक वर्षको फाइदा भएपछि मात्रै आईपीओ जारी गर्न मिल्ने अवस्था भएकाले सर्वसाधारणका लागि आईपीओ जारी गर्न प्रतिवद्ध रहेको उनले बताए ।

सर्वसाधारण जनतालाई समेत निगममा ओनरसीप बनाउन आईपीओ जारी गर्ने उनको भनाइ थियो । उनले व्यवसायीहरुलाई स्टेकहोल्डर बनाउने र सर्वसाधारणलाई आईपीओ दिने तयरी रहेको बताए । विभिन्न प्राविधिक पक्षहरु रहेकाले केही समय लाग्ने उनले बताए ।


प्रकाशित मिति: ९ आश्विन २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?