२० भदौ, कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–८ तिलाचौरमा बिसरती मेलाको आयोजना गरिएको छ । बझाङवासीको प्रमुख पर्वका रूपमा रहेको बिसरती कञ्चनपुरमा पनि धुमधामका साथ मनाइन्छ । भगवती दुर्गा–भवानीले महिषासुरको बध गरेको खुसीयालीमा बिसरती पर्व मनाइने गरिन्छ । बझाङमा धुमधामले मनाइने यो पर्व पछिल्लो समय बसाइँसराइका कारण कञ्चनपुरमा पनि मनाइँदै आएको
२० भदौ, बैतडी । सुदूरपश्चिम प्रदेश डेङ्गु सङ्क्रमणको उच्च जोखिममा छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्याङ्क हेर्दा यो प्रदेश अत्यधिक जोखिममा रहेको पाइएको हो । दिनप्रतिदिन डेङ्गु सङ्क्रमित फेला पर्न थालेपछि यहाँ उच्च जोखिम रहेको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका कीटजन्य रोग नियन्त्रण सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिए । प्रदेशमा
२० भदौ, काठमाडाैँ । नेकपा (एमाले)का अध्यक्ष एवम पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मानव बेचबिखन तथा ओसारपसार गर्नेविरुद्ध एकजुट हुन सबैमा आह्वान गरेका छन् । आज ‘मानव बेचबिखनविरुद्धको १७औँ राष्ट्रिय दिवस’का अवसरमा उनले दिएको सन्देशमा मानव सभ्यताको कलङ्कका रूपमा रहेको मानव बेचबिखन तथा ओसारपसारविरुद्ध सचेतना र सक्रियता आवश्यक रहेको उल्लेख गरेका
२० भदाै, काठमाडाैँ । जबरजस्ती करणी गरेको अभियोगमा हेटौँडाका एक निजी अस्पतालका सञ्चालक समेत रहेका डा. बसिम राईलाई प्रहरीले पक्राउ गरेको छ । हेटौँडा १ स्थित सिटी अस्पतालका सञ्चालक राईलार्ई जिल्ला प्रहरी कार्यालय मकवानपुरले हेटौँडाको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो । काठमाडौँ जिल्ला बुढानीलकण्ठ नगरपालिका घर भई हेटौँडामा डेरा गरी बस्दै
२० भदाै, गोरखा । प्रहरीले गोरखामा खोलामा करेन्ट लगाएर अवैधरूपमा माछा मार्ने दुईजनालाई पक्राउ गरेको छ । गोरखा नगरपालिका–१० स्थित सिर्दीखोलामा करेन्ट लगाएर माछा मारिरहेका स्थानीय १८ वर्षीय सञ्जय तामाङ र २८ वर्षीय रजित तामाङलाई प्रहरीले मङ्गलबार पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक शेखर खड्काका अनुसार करेन्ट
२० भदाै, मोरङ । मोरङको उर्लाबारी–३ स्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा कार्यरत चिकित्सक डाक्टर प्रज्वल कोइरालाको शव कोशीको अङ्गालोमा भेटिएको छ । झापाको दमक १ मा घर भई गत साउन २९ गते देखि मदन भण्डारी ट्रमा सेन्टरमा करारमा नियुक्त डाक्टर कोइराला गत भदौ १० गते आइतबार अस्पतालमा बिरामी चेकजाँच
२० भदौ, काठमाडाैँ । नेपालमा पछिल्लो समय क्रिकेटको लोकप्रियता बढेसँगै क्रिकेट खेलका लागि मैदानसहितका आवश्यक पूर्वाधार निर्माण कार्यलाई तीव्रता दिइएको छ । सरकारले देशका विभिन्न भागमा खेलकुद पूर्वाधारका रूपमा क्रिकेट मैदान र रङ्गशाला निर्माणलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको छ । काठमाडौँको मूलपानीस्थित क्रिकेट रङ्गशाला निर्माण आयोजनाको ३५ प्रतिशत काम
२० भदाै, काठमाडाैँ । चीनले हालै सार्वजनिक गरेको नक्साबाट उसका छिमेकीहरू असन्तुष्ट भएका छन् । चीनको प्राकृतिक संसाधन मन्त्रालयले प्रकाशन गरेको मानक नक्साको नयाँ संस्करणले उनीहरू असन्तुष्ट भएका हुन् । नयाँ नक्साबाट दक्षिणपूर्वी एशियाली राष्ट्रहरूको सङ्गठन (आसियान) का पाँच सदस्य राष्ट्र मलेसिया, फिलिपिन्स, इन्डोनेसिया, भियतनाम र ब्रुनाईले असन्तुष्टि जनाएका छन् ।
२० भदाै, एजेन्सी । मानव तस्करहरूको सञ्जालले क्यारेवियन मुलुक क्युवालाई पनि गाँजेको पाइएको छ । रुसी सेनामा भर्ती गर्ने भन्दै त्यहाँका युवालाई मस्को पुर्याउने प्रपञ्च भइरहेको खुलासा शुक्रबार एक अखबारमा समाचार छापिएपछि भएको हो । युक्रेनको युद्धमा क्युवा संलग्न नभएकाले क्युवाली नागरिकलाई कुनै पनि देशविरुद्ध हतियार प्रयोग गर्न भर्ती वा काममा
२० भदाै, एजेन्सी । उत्तरी बुर्किना फासोमा सन्दिग्ध जिहादीको आक्रमणमा परी सुरक्षाकर्मीसहित ५३ जनाको मृत्यु भएको सेनाले मङ्गलबार जनाएको छ । सेनाका जनरल स्टाफले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “आक्रमणको प्रतिकार गर्ने क्रममा सोमबार सेनाका १७ सैनिक र ३६ स्वयंसेवक दलका लडाकूको मृत्यु भएको छ ।” आक्रमणमा परेको उक्त एकाईलाई दुई