Trending
>>   दिनेशको उत्कृष्ट बलिङमा पुलिस विजयी >>   ‘शिक्षाभन्दा खेलकुद पहिलो’: खेलकुद मन्त्रालय अलग बनाउन सांसद लामिछानेको प्रश्ताव >>   ‘काँग्रेसमा ए टु जेड सबै खुइलिएका छन्, दम्भ त्यागेर एकताको बाटो रोजौँ’: वीरबहादुर बलायर >>   भृकुटीमण्डपमा तेस्रो नेशनल हर्टिकल्चर एक्स्पो हुँदै >>   पूर्वप्रधानमन्त्री र पूर्वगृहमन्त्रीको गिरफ्तारीमा राज्यले विधि र प्रक्रिया मिच्योः नेता पाण्डे >>   सर्वोच्चको फैसला नआउन्जेलसम्म खड्का–कोईराला पक्षले गगनलाई सभापति नमान्ने >>   खेलकुदलाई विद्यालयको पाठ्यक्रममै जोड्ने शिक्षामन्त्री पोखरेलको घोषणा >>   सहकारी पीडितको वचत फिर्तामा सरकार संवेदनशील, १ लाख मुनिकालाई प्राथमिकता >>   सरकारद्वारा चैत १९ मा संघीय संसदको अधिवेशन आह्वान गर्न सिफारिस, संविधान संशोधनका लागि कार्यदल गठन >>   सांसदहरुलाई पूर्णबहादुर खड्काले भने–‘संविधान संशोधनको मुद्दा उठेको छ, ख्याल गर्नुहोला’
Logo
१८ चैत्र २०८२, बुधबार
१८ चैत्र २०८२, बुधबार

नेपाली नागरिकलाई सहजरुपमा स्वदेश फिर्ता गर्न सरकारले पहल थालिसकेको छ : उपमहासचिव पुन


२४ ,असोज ,काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले इजरायलमा रहेका नेपाली नागरिकलाई सहजरुपमा स्वदेश फिर्ताका लागि सरकारले पहल थालिसकेको बताएका छन् ।

पार्टी सम्बद्ध विद्यार्थी सङ्गठन अखिल (क्रान्तिकारी)को केन्द्रीय बैठकमा उपमहासचिव पुनले इजरायल सरकारसँगको समन्वयमा युद्धग्रस्त क्षेत्र गाजामा बङ्करभित्र रहेका नेपाली विद्यार्थीलाई उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरेको उल्लेख गर्दै देशमा सरकार भएको अनुभूति दिलाएको उल्लेख गरे ।

सरकारले इराकसँग समन्वय गरी स्वदेश फर्कन इच्छुक नेपाली लिन आज चार्टर्ड जहाज पठाउन लागेको उनले बताए ।

देशका विभिन्न स्थानमा धार्मिक र सामाजिक सद्भाव भड्काएर राजनीतिक स्वार्थसिद्ध गर्ने प्रयास भएकामा उपमहासचिव पुनले आपत्ती व्यक्त गरे । सुनसरीको धरान, सर्लाहीको मलङ्गवा र बाँकेको नेपालगञ्जमा भएका सामाजिक सद्भाव विरोधी घटनामा प्रतिगामी र व्यवस्था विरोधी तत्वको प्रत्यक्ष तथा अप्रत्यक्ष संलग्नता रहेको उहाँले दाबी गरे ।

गणतन्त्र, सङ्घीयता र धार्मिक सद्भावका पक्षमा रहेका जनताले एकताको भावनामार्फत प्रतिगामी षड्यन्त्र विफल पारेको उपमहासचिव पुनले बताए ।


प्रकाशित मिति: २४ आश्विन २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?