Trending
>>   ज्येष्ठ नागरिकको अनुभव पुस्तान्तरण गर्न ‘अनुभव बैङ्क’ स्थापना गर्दैर्छौंः मन्त्री वादी >>   कृषि समितिमा मन्त्रीसँग सांसदहरूको प्रश्नः ‘मल वितरणको पारदर्शी प्रणाली र अडियो काण्डको स्पष्टीकरण खै ?’ >>   उखु किसानको भुक्तानी समस्या अब एक–दुई दिनमै हल हुन्छ >>   हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चिएको कुरामा सत्यता छैन, २० करोड चाँही रहेछ : गृहमन्त्री गुरुङ >>   नेप्सेले उपलब्ध सबै उपकरणको कारोबार सञ्चालन गरिरहेको छः लीलाधर सुवेदी >>   नानिचासँगै यो वर्षको इन्द्र जात्रा सकियो(फोटो फिचर) >>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत >>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा
Logo
१५ आश्विन २०८३, बिहीबार
१५ आश्विन २०८३, बिहीबार

वर्षाको कारणले मुस्ताङमा स्याउ उत्पादन घट्यो


म्याग्दी । गत वर्ष रू एक लाख साठी हजारको स्याउ बेचेका मुस्ताङको घरपझोङ गाउँपालिका–५ ठिनीका राजेन्द्र थकालीले यस वर्ष रू एक लाख बीस हजारको मात्र बिक्री गरे । उनका अनुसार बगैँचामा एक सय ५० स्याउका बोट रहेका छन् । यसपाली स्याउ खेतीबाट आम्दानी घटेकाले गत वर्ष रू १२ लाखको स्याउ बेचेका ठिनीकै भूपेन्द्र थकालीले पनि यस वर्ष बगैँचामा स्याउ कम फलेकाले रू पाँच लाखमा ठेक्कामा दिएको बताए । स्याउमा फूल खेल्ने वैशाख, जेठमा दिउँसो वर्षा र रातिमा परेको तुसारोले कम फल लागेको र बोटमै कम फल लागेकाले उत्पादन र आम्दानी पनि घटेको उनले बताए ।

मुस्ताङको एक हजार चार सय ७५ हेक्टर क्षेत्रफलमा स्याउ खेती भएकोमा पाँच सय ८० हेक्टर क्षेत्रफलमा लगाइएको बोटले उत्पादन दिने गरेको केन्द्रले जनाएको छ । ३८ हेक्टर क्षेत्रफलमा इटलीबाट ल्याइएको उच्च घनत्वको स्याउ खेती लगाइएको प्रमुख बस्ताकोटीले बताए । रू पचास करोड मूल्य बराबरको चार हजार छ सय २० मेट्रिक्टन स्याउ म्याग्दी, बागलुुङ, पोखरा, चितवन, बुटवल, काठमाडौंलगायतका सहरमा निकासी भएको उनले जानकारी दिए ।

किसान बलबहादुुर थकालीले ठेक्का लिएका व्यापारी आफैँले स्याउ टिपेर बजार लैजाने गरेको बताए । उनले स्याउ फलाउन सके कुनैपनि बजारको समस्या नभएको,जतिपनि बिक्रि गर्न सकिने बताए । धादीङबाट स्याउ खरिद गर्न मुस्ताङ आएका शिवाङ तामाङले पातलो फलेपनि दाना ठूला र स्वादिष्ट रहेको बताउदै बेनी, बागलुङ र पोखराका बजारमा मुस्ताङको स्याउको माग उच्च रहेको उनको भनाइ छ ।


प्रकाशित मिति: २४ आश्विन २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?