Trending
>>   बालेनलक्षित ओलीको टिप्पणी :‘देशमा चर्चित भनिएकाहरु नै नसामा भेटिन्छन्’ >>   नेपालको न्यायपालिका विकास विरोधी छैनः न्यायाधीश ढुंगाना >>   कुहिरो र हुस्सुले जनकपुरको जनजीवन प्रभावितः स्थानीय सरकारले चासो नदिएको गुनासो >>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा
Logo
१० पुष २०८२, बिहीबार
१० पुष २०८२, बिहीबार

इजरायलमा भएको घटनाप्रति आयोगको चासो


२४ ,असोज ,काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले इजरायलमा भएको आक्रमणका कारण स्वदेश आउन चाहने नागरिकलाई फर्काउनका आग्रह गरेको छ । नागरिकको मानव अधिकारको सम्मान तथा संरक्षण गर्न आयोगले अनुरोध गरेको छ ।

“इजरायलमा भएको हमलामा परी निधन भएका नेपालीको शव यथाशीघ्र स्वदेश ल्याउन, घाइतेको स्वास्थ्योपचार गर्ने व्यवस्था मिलाउन, बेपत्ता नेपालीको तत्काल खोजी गर्न, अप्ठ्यारोमा परेकाको उद्धार एवं सुरक्षित स्थानमा स्थानान्तरण गर्न, पीडित एवं उहाँहरुका परिवारलाई राहतको व्यवस्था गर्न आग्रह गर्दछौँ”, आयोगका प्रवक्ता डा टीकाराम भट्टराईद्वारा आज जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

इजरायलमा हमलाका कारण त्यहाँको शान्तिसुरक्षाको अवस्था चिन्ताजनक रहेको, हमलामा परी १० नेपालीको दुःखद् निधन भएको, केही घाइते भएको र केही असुरक्षित अवस्थामा रहेको जानकारी आयोगलाई प्राप्त भएको विज्ञप्तिमा भनिएको छ ।

यस विषयमा सरकारबाट गरिएका हालसम्म भइरहेका प्रयासको सराहना गर्दै सो विषयमा सरकारकाबाट भएको कार्यको यथार्थ जानकारी आयोगलाई उपलब्ध गराइदिन आयोगले आज सरकारलाई पत्राचारसमेत गरेको छ ।

विश्वको जुनसुकै मुलुकमा र जुनसुकै अवस्थामा रहेका भए पनि नेपाली नागरिकको मानव अधिकारको सम्मान तथा संरक्षण गर्नु सरकारको दायित्व भएको आयोगले उल्लेख गरेको छ ।


प्रकाशित मिति: २४ आश्विन २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?