Trending
>>   सहकारी पीडितको वचत फिर्तामा सरकार संवेदनशील, १ लाख मुनिकालाई प्राथमिकता >>   सरकारद्वारा चैत १९ मा संघीय संसदको अधिवेशन आह्वान गर्न सिफारिस, संविधान संशोधनका लागि कार्यदल गठन >>   सांसदहरुलाई पूर्णबहादुर खड्काले भने–‘संविधान संशोधनको मुद्दा उठेको छ, ख्याल गर्नुहोला’ >>   बालश्रम शोषणको आरोपमा सांसद रेखा शर्मा पक्राउ >>   राइड शेयरिङमा मनोमानी बढेको भन्दै ‘प्रो राइडर समूह’ आन्दोलित, प्रतिकिलोमिटर २७ रुपैयाँ भाडा तोक्न माग >>   सरकारको कार्ययोजनाः सार्वजनिक खरिद सुधारदेखि ऊर्जा निर्यात रणनीतिसम्म >>   ‘बखान’ उपन्यासलाई शहीद शिवप्रसाद पौडेल स्मृति राष्ट्रिय पुरस्कार >>   पीएसपीपी कार्यान्वयन गर्ने सरकारी निर्णयको निजी क्षेत्रबाट स्वागत >>   पूर्वप्रधानमन्त्री र गृहमन्त्रीको पक्राउः कानूनको शासन कि शक्तिको कानून ? >>   सरकारको कदम प्रतिशोधपूर्ण र घृणायुक्त, अध्यक्ष र पूर्व गृहमन्त्रीलाई तत्काल रिहा गरियोस्ः महेश बस्नेत
Logo
१६ चैत्र २०८२, सोमबार
१६ चैत्र २०८२, सोमबार

एमाले मधेश प्रदेशको अधिवेशन सुरु


जनकपुरधाम । नेकपा एमालेको मधेश प्रदेशको प्रथम अधिवेशन जनकपुरधाममा सुरु भएको छ । जनकपुरधामको महेन्द्रनारायण निधि संस्कृति केन्द्रको भवनमा सुरु भएको अधिवेशनमा एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेका छन् । अधिवेशन उद्घाटनका लागि एमाले अध्यक्ष ओलीसहितका शीर्ष नेता बिहान जनकपुरधामा आइपुगेका हुन् । अधिवेशनबाट २३५ सदस्य प्रदेश कमिटी चयन हुने एमालेले जनाएको छ । जसको लागि मधेश प्रदेशको आठवटै जिल्लाबाट खुल्ला तथा विभिन्न क्लस्टरबाट एक हजार २७ प्रतिनिधि छनोट गरिएको छ ।

एमालेका सचिव योगेश भट्टराईले सकेसम्म सहमति प्रक्रियाबाटै समिति चयन गर्ने प्रयासमा रहेको बताउदै सहमतीय प्रक्रियाबाट नभए लोकतान्त्रिक प्रतिष्पर्धाबाट नेतृत्व चयन गर्ने समेत उनको भनाइ रहेको छ । अधिवेशन सम्पन्न गराउन १०५ जना स्वयंसेवक परिचालन गरिएको छ भने नेता कार्यकर्ता व्यवस्थापनका लागि प्रतिनिधि तथा नेताहरू बस्न २२ वटा होटल भाडामा लिइएको छ । एमालेको मधेश प्रदेश अध्यक्षका लागि धनुषा जिल्ला अध्यक्ष राजकिशोर यादव, सिहा जिल्ला अध्यक्ष चन्देश्वर मण्डल, संविधान सभा सदस्य पर्साका विचारी यादव, धनुषाका पूर्व जिल्ला सचिव लक्ष्मीनारायण यादव लगायत आकंक्षी देखिएका छन् ।


प्रकाशित मिति: २४ आश्विन २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?