३२ जेष्ठ ,काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र वन तथा वातावरण मन्त्रालयसम्बन्धी विनियोजन शीर्षकमाथिको छलफल सकिएको छ । ती मन्त्रालयमाथिको शीर्षकमा ३३ सांसदका लागि छलफलमा भाग लिन समय उपलब्ध गराइएको थियो । प्रतिनिधिसभाको आगामी असार १ गते बिहान ११ बजे बस्ने बैठकमा उद्योग, वाणिज्य
३२ जेठ, काठमाडाैँ । नेपाली कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागमा ३९ सदस्य चयन भएका छन् । कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले शुक्रबार साँझ विज्ञप्ति सार्वजनिक गर्दै कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी विधान २०१७ बमोजिम सदस्य मनोनित गर्नुभएको जानकारी दिए । कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुखमा
३२ जेठ, काठमाडाैँ । काठमाडौं महानगरपालिकाले महानगरपालिका भित्रका रिङ रोडमा रहेका टिकट काउण्टरको बोर्ड हटाउने भएको छ । बिहीबार महानगरले यस्तो निर्णय गरेको हो । महानगरपालिकाले असार १ गते शुक्रबारबाट महानगरपालिका भित्रका रिङ रोडमा रहेका टिकट काउण्टरको बोर्ड हटाउने निर्णय भएको महानगर प्रहरी प्रमुख राजु अर्यालले जानकारी दिए । उहाँले उपयुक्त
३२ जेठ, काठमाडाैँ । सांसद विन्दवासिनी कंसाकारले जलन उपचारका लागि जलन उपचार कोषको स्थापना गर्न सरकारसँग माग गरेकी छन् । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गत विनियोजन शीर्षकमाथिको छलफलमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्रालयअन्तर्गत सुझाव प्रस्तुत गर्दै उनले जलनको विकराल समस्यालाई मध्यनजर गर्दै अन्य रोगको उपचारसरह जलन उपचार कोषको
३२ जेठ, काठमाडौँ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले ग्राहकलाई हाल वितरण गर्दै आएको खानेपानीको परिमाण बढाउँदै जाने योजना बनाएको छ । वर्षाको समयमा आन्तरिक स्रोतबाट उत्पादन हुने पानी बढ्ने र मेलम्चीको पानी नियमित हुँदा उपभोक्तालाई थप पानी वितरण गर्न सकिने लिमिटेडले जनाएको छ । अहिले दैनिक वितरण नभए पनि
३२ जेठ, नुवाकोट । बेलकोटगढी नगरपालिका-२ लामाचौरमा सडक माथिबाट झरेको पहिरोले पुरिएर एक जनाको ज्यान गएको छ । सडकको नाला सफा गर्ने क्रममा पहिरो झर्दा बिहीबार बेलकोटगढी-१२ का ३२ वर्षीय मनकुमार तामाङको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल त्रिशूलीमा पठाइएको छ ।
३२ जेठ, काठमाडाैँ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि अष्ट्रेलियाका राजदूत फेलिसिटी भोल्कबीच भेटवार्ता भएको छ। बिहीबार गृह मन्त्रालयमा शिष्टाचार भेटघाट सम्पन्न भएको उपप्रधानमन्त्री श्रेष्ठको निजी सचिवालयले जानकारी दिएको हो। भेटमा उपप्रधानमन्त्री श्रेष्ठले नेपाल र अष्ट्रेलियाबीचको सम्बन्ध सौहार्दपूर्ण रहेको उल्लेख गर्दै अष्ट्रेलियायाले नेपाललाई प्रदान गर्दै आएको सहायताको लागि
३२ जेठ, काठमाडाैँ । नक्कली भुटानी शरणार्थी प्रकरणका प्रतिवादीतर्फको बहस सकिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको एकल इजलासमा १८ जना प्रतिवादीतर्फबाट बहस भएको हो । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्न भएको अभियोग लागेका १८ जना प्रतिवादीतर्फको बहस बिहीबार सकिएको हो । योसँग अब जवाफी
३२ जेठ, दैलेख । ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु र चार जना घाइते भएका छन् । दैलेखको तल्लो डुगेश्वरबाट दुल्लुतर्फ जाँदैगरेको प्रदेश १–०२–००३ त २८२६ नम्बरको ट्याक्टर दुल्लु नगरपालिका –१ गडापानीमा गएराति दुर्घटना हुँदा चार जना घाइते भएका हुन् । एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ
३२ जेठ, झापा । बिर्तामोड नगरपालिकाले स्रोतमै कुहिने र नकुहिने गरी दुई भागमा वर्गीकरण गरेर फोहोर सङ्कलन गर्न थालेको छ। नगरमा सङ्कलन भएको फोहोरबाट बायोग्याँस उत्पादन गर्ने उद्देश्यले स्रोतमै वर्गीकरण गरेर सङ्कलन गर्न थालिएको नगरपालिकाले जनाएको छ। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोद न्यौपानेका अनुसार बिर्तामोडमा ११ वडा छन्। कुहिने र नकुहिने