Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

जलन उपचारका लागि जलन उपचार कोष स्थापना हुनुपर्छ : सांसद विन्दवासिनी कंसाकार


३२ जेठ, काठमाडाैँ । सांसद विन्दवासिनी कंसाकारले जलन उपचारका लागि जलन उपचार कोषको स्थापना गर्न सरकारसँग माग गरेकी छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गत विनियोजन शीर्षकमाथिको छलफलमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्रालयअन्तर्गत सुझाव प्रस्तुत गर्दै उनले जलनको विकराल समस्यालाई मध्यनजर गर्दै अन्य रोगको उपचारसरह जलन उपचार कोषको स्थापना गनुपर्ने बताएकी हुन् ।

“किन जलन उपचारलाई अरु रोगसरह उपचार कोष दिइँदैन ?”, उनले भनिन्, “मैले आफूले तेजाब जलनको अनुभव गरेको छु । मैले अनेकौँ कारणले जलेका व्यक्तिहरूको पीडा पनि अनुभव गरेको छु । जलनका कारण धेरै छन् । तर जलनपछि नागरिकले भोग्ने दुर्गति र छट्पटी समान छन् ।”

उनले पहिले उपचार पाउने र निवेदन दिने मानवीय परम्पराको सुरुआत गर्न पनि आग्रह गरिन् । अधिकांश जलन दुर्घटनाका कारण भए पनि सरोकारवाला गम्भीर हुन नसकेको उनले बताइन् । उनले भनिन्, “सन् २००६ को विश्व स्वास्थ्य सङ्गठनको तथ्याङकानुसार ५५ देखि ६० हजार जलनका दुर्घटना हुने गरेको छ । तर कहिल्यै पनि यसको सदन र सरकारमा चर्चा भएको मलाई थाहा छैन ।”


प्रकाशित मिति: ३२ जेष्ठ २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?