Trending
>>   सेना परिचालनबारे अध्यक्ष ओलीको अभिव्यक्तिलाई गलत व्याख्या गरियो : एमाले >>   एमाले समानुपातिक उम्मेदवारको बन्दसूची पारित, सोमबार निर्वाचन आयोगमा बुझाउने >>   काठमाडौं मेडिकल कलेजमा ‘क्याथल्याव’ र ‘इपिल्याव’ प्रविधिः आधुनिक हृदय–मस्तिष्क उपचारमा नयाँ युग >>   रास्वपा–बालेन सम्झौताः संघीयता र धर्मनिरपेक्षताबारे मौन रहेको भन्दै जसपा नेपालको आपत्ति >>   चुनाव नै नभई प्रधानमन्त्रीको उम्मेद्वार बनाउने सहमति हाँस्यास्पद : एमाले >>   रवि–बालेनलाई काँग्रेस नेता राठौरको चुनौतिः सहकारी ठग र गँजेडीहरुले १० वर्ष पार्टी चलाएर देखाउन् >>   रवि–बालेनको सहमतिलाई अनौठो मान्नु पर्दैनः धनराज गुरुङ >>   रवि–बालेन सहमतिमा मुलुकलाई निकास दिने ठोस एजेण्डा छैनः राजनीतिक विश्लेषकहरू >>   काँग्रेसले समानुपातिक सूचि सोमवार आयोगमा बुझाउने >>   रवि र बालेनले सत्ता स्वार्थको लागि जेन–जी आन्दोलन हाइज्याक गर्न खोजेः योगेश भट्टराई
Logo
१३ पुष २०८२, आईतवार
१३ पुष २०८२, आईतवार

जलन उपचारका लागि जलन उपचार कोष स्थापना हुनुपर्छ : सांसद विन्दवासिनी कंसाकार


३२ जेठ, काठमाडाैँ । सांसद विन्दवासिनी कंसाकारले जलन उपचारका लागि जलन उपचार कोषको स्थापना गर्न सरकारसँग माग गरेकी छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गत विनियोजन शीर्षकमाथिको छलफलमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्रालयअन्तर्गत सुझाव प्रस्तुत गर्दै उनले जलनको विकराल समस्यालाई मध्यनजर गर्दै अन्य रोगको उपचारसरह जलन उपचार कोषको स्थापना गनुपर्ने बताएकी हुन् ।

“किन जलन उपचारलाई अरु रोगसरह उपचार कोष दिइँदैन ?”, उनले भनिन्, “मैले आफूले तेजाब जलनको अनुभव गरेको छु । मैले अनेकौँ कारणले जलेका व्यक्तिहरूको पीडा पनि अनुभव गरेको छु । जलनका कारण धेरै छन् । तर जलनपछि नागरिकले भोग्ने दुर्गति र छट्पटी समान छन् ।”

उनले पहिले उपचार पाउने र निवेदन दिने मानवीय परम्पराको सुरुआत गर्न पनि आग्रह गरिन् । अधिकांश जलन दुर्घटनाका कारण भए पनि सरोकारवाला गम्भीर हुन नसकेको उनले बताइन् । उनले भनिन्, “सन् २००६ को विश्व स्वास्थ्य सङ्गठनको तथ्याङकानुसार ५५ देखि ६० हजार जलनका दुर्घटना हुने गरेको छ । तर कहिल्यै पनि यसको सदन र सरकारमा चर्चा भएको मलाई थाहा छैन ।”


प्रकाशित मिति: ३२ जेष्ठ २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?