Trending
>>   सेना परिचालनबारे अध्यक्ष ओलीको अभिव्यक्तिलाई गलत व्याख्या गरियो : एमाले >>   एमाले समानुपातिक उम्मेदवारको बन्दसूची पारित, सोमबार निर्वाचन आयोगमा बुझाउने >>   काठमाडौं मेडिकल कलेजमा ‘क्याथल्याव’ र ‘इपिल्याव’ प्रविधिः आधुनिक हृदय–मस्तिष्क उपचारमा नयाँ युग >>   रास्वपा–बालेन सम्झौताः संघीयता र धर्मनिरपेक्षताबारे मौन रहेको भन्दै जसपा नेपालको आपत्ति >>   चुनाव नै नभई प्रधानमन्त्रीको उम्मेद्वार बनाउने सहमति हाँस्यास्पद : एमाले >>   रवि–बालेनलाई काँग्रेस नेता राठौरको चुनौतिः सहकारी ठग र गँजेडीहरुले १० वर्ष पार्टी चलाएर देखाउन् >>   रवि–बालेनको सहमतिलाई अनौठो मान्नु पर्दैनः धनराज गुरुङ >>   रवि–बालेन सहमतिमा मुलुकलाई निकास दिने ठोस एजेण्डा छैनः राजनीतिक विश्लेषकहरू >>   काँग्रेसले समानुपातिक सूचि सोमवार आयोगमा बुझाउने >>   रवि र बालेनले सत्ता स्वार्थको लागि जेन–जी आन्दोलन हाइज्याक गर्न खोजेः योगेश भट्टराई
Logo
१३ पुष २०८२, आईतवार
१३ पुष २०८२, आईतवार

उपप्रधानमन्त्री श्रेष्‍ठ र अष्ट्रेलियाका राजदूतबीच भेटवार्ता


३२ जेठ, काठमाडाैँ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्‍ठ र नेपालका लागि अष्ट्रेलियाका राजदूत फेलिसिटी भोल्कबीच भेटवार्ता भएको छ। बिहीबार गृह मन्त्रालयमा शिष्‍टाचार भेटघाट सम्पन्न भएको उपप्रधानमन्त्री श्रेष्ठको निजी सचिवालयले जानकारी दिएको हो।

भेटमा उपप्रधानमन्त्री श्रेष्ठले नेपाल र अष्ट्रेलियाबीचको सम्बन्ध सौहार्दपूर्ण रहेको उल्लेख गर्दै अष्ट्रेलियायाले नेपाललाई प्रदान गर्दै आएको सहायताको लागि विशेष धन्यवाद दिए।

प्रतिउत्तरमा राजदूत भोल्कले नेपालजस्तो आत्मीय देशको विकास साझेदार हुन पाउँदा आफूहरूलाई खुशी लागेको र भर्खरै ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय र कृषि तथा पशुपन्छी मन्त्रालयसँग पनि साझेदारी बढाउनेतर्फ सहकार्य भइरहेको जानकारी गराएकी छन्।

व्यापारमा समेत साझेदारी गर्न अष्ट्रेलिया इच्छुक रहेको र दुई देशबीच उच्चस्तरीय व्यापार सम्झौताको तयारी भइरहेको राजदूत भोल्कको भनाइ छ। व्यापार सम्झौताका लागि अक्टोबरमा अष्ट्रेलियाका उच्च अधिकारीले नेपाल भ्रमण गर्ने जानकारीसमेत उनले दिएकी छन्।


प्रकाशित मिति: ३२ जेष्ठ २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?