Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

उपप्रधानमन्त्री श्रेष्‍ठ र अष्ट्रेलियाका राजदूतबीच भेटवार्ता


३२ जेठ, काठमाडाैँ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्‍ठ र नेपालका लागि अष्ट्रेलियाका राजदूत फेलिसिटी भोल्कबीच भेटवार्ता भएको छ। बिहीबार गृह मन्त्रालयमा शिष्‍टाचार भेटघाट सम्पन्न भएको उपप्रधानमन्त्री श्रेष्ठको निजी सचिवालयले जानकारी दिएको हो।

भेटमा उपप्रधानमन्त्री श्रेष्ठले नेपाल र अष्ट्रेलियाबीचको सम्बन्ध सौहार्दपूर्ण रहेको उल्लेख गर्दै अष्ट्रेलियायाले नेपाललाई प्रदान गर्दै आएको सहायताको लागि विशेष धन्यवाद दिए।

प्रतिउत्तरमा राजदूत भोल्कले नेपालजस्तो आत्मीय देशको विकास साझेदार हुन पाउँदा आफूहरूलाई खुशी लागेको र भर्खरै ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय र कृषि तथा पशुपन्छी मन्त्रालयसँग पनि साझेदारी बढाउनेतर्फ सहकार्य भइरहेको जानकारी गराएकी छन्।

व्यापारमा समेत साझेदारी गर्न अष्ट्रेलिया इच्छुक रहेको र दुई देशबीच उच्चस्तरीय व्यापार सम्झौताको तयारी भइरहेको राजदूत भोल्कको भनाइ छ। व्यापार सम्झौताका लागि अक्टोबरमा अष्ट्रेलियाका उच्च अधिकारीले नेपाल भ्रमण गर्ने जानकारीसमेत उनले दिएकी छन्।


प्रकाशित मिति: ३२ जेष्ठ २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?