Trending
>>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता
Logo
१३ माघ २०८२, मंगलवार
१३ माघ २०८२, मंगलवार

समाचार


कर्णाली सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

२५ जेष्ठ ,कर्णाली । कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । कर्णाली प्रदेशसभाको दोस्रो अधिवेशनको आज बसेको नवौँ बैठकबाट प्रदेश सरकारको आगामी आव २०८०/८१ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो । सभामुख नन्दा गुरुङले मुख्यमन्त्री राजकुमार शर्मालाई प्रदेशसभा नीति

दक्षिण एसियाली योग खेलकुद प्रतियोगिता सुरु

२५ जेष्ठ ,काठमाडौँ । नेपाल योग खेलकुद सङ्घको आयोजनामा तेस्रो दक्षिण एसियाली योग खेलकुद प्रतियोगिता र माउन्ट एभरेष्ट योग फेस्टिभल च्याम्पियनसीप आजदेखि सुरु भएको छ । उक्त प्रतियोगिता नेपाल–भारतमैत्री धर्मशाला तिलगङ्गामा आजदेखि सुरु भएको हो । आज एक कार्यक्रमका बीच उक्त प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङले उद्घाटन गरे

आँखाको नानीमा नेपाल आत्मनिर्भर छ : नेपाल आँखा बैंक

२५ जेष्ठ ,काठमाडौँ । आँखा दान गर्नेको सङ्ख्या बढेसँगै आँखाको नानीमा नेपाल आत्मनिर्भर बनेको नेपाल आँखा बैंकले बताएको छ । आँखा दानप्रतिको बद्लिँदो सकारात्मक सोचका कारण दाताको सङ्ख्या बढ्दै गएको बैंकका व्यवस्थापक शङ्करनारायण न्वयनाले बताए । आज यहाँ आयोजित ‘आँखादान तथा सामूहिक श्रद्धाञ्जलीसभा सम्बन्धी पत्रकार सम्मलेन’ मा सञ्चारकर्मीसँगको अन्तरक्रियामा उनले

लखनउको किङ्ग जर्ज मेडिकल युनिभर्सिटीमा आगलागी

२५ जेष्ठ ,लखनउ । लखनउको किङ्ग जर्ज मेडिकल युनिभर्सिटीको निर्माणाधीन भवनमा बिहीबार ठूलो आगलागी भएको छ। खबर पाएलगत्तै दमकलले आगो निभाउन घटनास्थल पुगेको थियो । आगलागीको कारण भने खुल्न सकेको छैन । लखनउका जिल्ला मजिस्ट्रेट सूर्यपाल गङ्गवारले भवन निर्माणाधीन रहेकाले कुनै मानवीय क्षति नभएको बताएका छन् । घटनाको थप विवरणहरू

सुरु हुँदै नेपाल–चाइना फेण्डसीप ड्रागन बोट रेस फेस्टिभल २०२३

२५ जेष्ठ ,काठमाडौँ । दक्षिण एसियामा पहिलोपटक ‘नेपाल–चाइना फ्रेण्डसीप ड्रागन बोट रेस फेस्टिभल २०२३’ नेपालमा हुने भएको छ । नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ दूतावास र पोखरा महानगरपालिकाको आयोजनामा आगामी असार ८ र ९ गरी दुई दिनसम्म पोखरामा हुने भएको हो । पोखरा पर्यटन परिषद् र चाइना ओभरसिज एशोसिएसनको सहआयोजना

गण्डकी प्रदेशको नीति तथा कार्यक्रम पारित

२५ जेष्ठ ,गण्डकी । गण्डकी प्रदेश सरकारले ल्याएको आउँदो आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रदेशसभाको बहुमतले पारित भएको छ । प्रदेशसभाको बिहीबारको बैठकमा सभामुख कृष्णप्रसाद धितालले निर्णयार्थ प्रस्तुत गरेपछि प्रदेशसभाको बहुमत सङ्ख्याले नीति तथा कार्यक्रम पारित गरेको हो । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले यही जेठ २१ गते प्रदेशसभासमक्ष

साफ च्याम्पियनसीपका लागि राष्ट्रिय टोलीको घोषणा

२५ जेष्ठ ,काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले भारतमा आयोजना हुने १४औँ संस्करणको पुरुष साफ च्याम्पियनसीपका लागि आज नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा गरेको छ । आगामी असार ६ गतेदेखि सञ्चालन हुने उक्त प्रतियोगिताका लागि नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले २३ सदस्यीय नेपाली टोलीको

आगामी असार १५ गते राष्ट्रिय धान दिवस र रोपाइँ महोत्सव

२५ जेष्ठ ,काठमाडौँ । सरकारले ‘जलवायु अनुकूलित कृषकमैत्री प्रविधि : धान उत्पादनमा वृद्धि’ भन्ने मूल नाराका साथ आगामी असार १५ गते २०औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव गर्ने भएको छ । कृषि विभागका महानिर्देशक हरिबहादुर केसीको अध्यक्षतामा बसेको मूल समारोह समितिको बैठकले विसं २०६१ देखि मनाइँदै आएको धान दिवस

स्वास्थ्यमन्त्रीद्वारा हेटौँडा अस्पतालको अनुगमन

२५ जेष्ठ ,हेटौँडा । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले सञ्चालन गरिरहेको हेटौँडा अस्पतालको सङ्घीय र प्रदेशका स्वास्थ्यमन्त्रीले अनुगमन गरेका छन् । आज सङ्घीय सरकारका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत र बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले हेटौँडा अस्पतालको अनुगमन गरेका हुन् । उनिहरूले अस्पतालको आकस्मिक कक्ष, बहिरङ्ग कक्ष, भर्ना भएका बिरामीको

चीनसँग नेपालको लज्जास्पद हार, एसिया कप छनोट सम्भावना कमजोर

२५ जेठ, काठमाडाैँ । एएफसी महिला यू–२० एसिया कप छनोट खेलमा नेपालले चीनसँग फराकिलो हार खेपेको छ । म्यानमारमा जारी छनोट खेलमा नेपाल बिहीबार चीनसँय ५–० गोलले पराजित भयो । नेपालको यो लगातार दोस्रो हार हो । समूह ‘बी’को पहिलो खेलमा नेपाल आयोजक म्यानमारसँग ५–० गोलले नै पराजित भएको थियो ।

सम्वन्धित समाचारहरु