Trending
>>   पुरुष १८ वर्षसम्म मात्र बाँच्छ, त्यसपछि ऊ केवल जीवित रहन्छ ! >>   पुराना पार्टीले केही गरेनन् भनेर मात्रै हुँदैन, तथ्यबाट पुष्टि गर्नुपर्छः माधव नेपाल >>   एमाले भ्रष्टाचारीलाई जोगाउने पार्टी हो, तत्काल पार्टी एकता सम्भव छैनः संयोजक दाहाल >>   दोस्रो विश्वयुद्धपछिको विश्व व्यवस्था भत्किँदै जाँदा नेपालमा थप जोखिमः प्रचण्ड >>   आत्मसमीक्षासहित गाउँ पस्दै नेकपा >>   नेपालमा फेरि मौसमी बदलीको संकेतः मंगलवारसम्म धानबाली भित्र्याइसक्न विज्ञको सुझाव >>   अनेसास जर्मनीको वेबसाइट सार्वजनिक: नेपाली भाषा, साहित्य र संस्कृतिलाई जोड्ने नयाँ डिजिटल आँगन >>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ
Logo
९ कार्तिक २०८३, आईतवार
९ कार्तिक २०८३, आईतवार

साफ च्याम्पियनसीपका लागि राष्ट्रिय टोलीको घोषणा


२५ जेष्ठ ,काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले भारतमा आयोजना हुने १४औँ संस्करणको पुरुष साफ च्याम्पियनसीपका लागि आज नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा गरेको छ ।

आगामी असार ६ गतेदेखि सञ्चालन हुने उक्त प्रतियोगिताका लागि नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले २३ सदस्यीय नेपाली टोलीको घोषणा गरेका हुन् ।

छनोट हुने नेपाली टोलीको गोलकिपरमा किरण चेम्जोङ, दीप कार्की र विशाल श्रेष्ठ रहेका छन् । त्यसैगरी डिफेन्डरमा विमल पाण्डे, सनिस श्रेष्ठ, अनन्त तामाङ, देवेन्द्र तामाङ, निशान्त खड्का, रोहित चन्द र सिमान्त थापा रहेका छन् ।

त्यस्तै मिडफिल्डरमा पुजन उपरकोटी, एरिक विष्ट, नवीन लामा, मनिकुमार लामा र लाकेन लिम्बू रहेका छन् । यसैगरी फरवार्डमा आयुस घलान, नवयुग श्रेष्ठ, दीपकराजसिंह ठकुरी, अन्जन विष्ट, मनिष डाँगी, आषिश चौधरी र विमल घर्तीमगर रहेका छन् ।

प्रतियोगितामा सहभागी आठ राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ । नेपाल समूह ‘ए’ मा परेको छ । नेपालको समूहमा कुवेत, भारत र पाकिस्तान रहेका छन् । त्यसैगरी समूह ‘बी’ मा लेबनान, माल्दिभ्स, भूटान र बङ्गलादेश रहेका छन् ।

नेपालले आफ्नो पहिलो खेल आगामी ६ असार गते कुवेतसँग खेल्नेछ भने असार ९ गते आयोजक भारत र असार १२ गते पाकिस्तानसँग खेल्नेछ ।


प्रकाशित मिति: २५ जेष्ठ २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?