Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

स्वास्थ्यमन्त्रीद्वारा हेटौँडा अस्पतालको अनुगमन


२५ जेष्ठ ,हेटौँडा । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले सञ्चालन गरिरहेको हेटौँडा अस्पतालको सङ्घीय र प्रदेशका स्वास्थ्यमन्त्रीले अनुगमन गरेका छन् । आज सङ्घीय सरकारका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत र बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले हेटौँडा अस्पतालको अनुगमन गरेका हुन् ।

उनिहरूले अस्पतालको आकस्मिक कक्ष, बहिरङ्ग कक्ष, भर्ना भएका बिरामीको अवस्था, अस्पतालको औषधालयलगायतको अनुगमन गरेका थिए । अस्पताल र सर्वसाधारणको उपचारमा परेका समस्याको विषयमा उनिहरूले जानकारी लिए ।

अस्पतालमा उपचार गरिरहेका सर्वसाधरणका समस्या, गुनासा सुन्नुका साथै अस्पताल प्रशासनले राखेको समस्यासमेत समाधान गर्ने सङ्घीय स्वास्थ्यमन्त्री बस्नेतले बताए । देशैभरका स्वास्थ्यकर्मीको समस्या बढेको उल्लेख गर्दै उनले हेटौँडा अस्पतालमा पनि त्यस्ता समस्या रहेकाले यहाँ थप स्वास्थ्यकर्मी पठाउनका लागि पहल गर्ने विश्वास दिलाए  ।

मन्त्री बस्नेतले गरिब परिवारका लागि १० प्रतिशत शय्या निःशुल्करूपमा प्रयोग गर्ने वातावरण तयार गर्न पनि निर्देशन दिए । अहिले पनि स्वास्थ्यकर्मी सरकारी अस्पतालमा काम थोरै गर्ने र निजी क्लिनिकमा धेरै समय बस्ने गरेको उल्लेख गर्दै उनले भने, “पहुँचका आधारमा कर्मचारी खटाएको ठाउँमा नजाने, कोही अस्पतालमा थुप्रिएर बस्ने त कोही अस्पतालमा स्वास्थ्यकर्मी नहुने समस्या धेरै छ ।”

हेटौँडा अस्पतालका प्रमुख डा रामचन्द्र सापकोटाले हेटौँडा अस्पताल हाल सरकारीस्तरबाट ५० शय्यामा मात्र सञ्चालनमा रहेको र प्रतिष्ठान अनि व्यवस्थापन समितिमार्फत भने अरु एक सय ५० शय्या थप गरेर सञ्चालन गरिएको बताए ।


प्रकाशित मिति: २५ जेष्ठ २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?