Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१२ माघ २०८२, सोमबार
१२ माघ २०८२, सोमबार

चीनसँग नेपालको लज्जास्पद हार, एसिया कप छनोट सम्भावना कमजोर


२५ जेठ, काठमाडाैँ । एएफसी महिला यू–२० एसिया कप छनोट खेलमा नेपालले चीनसँग फराकिलो हार खेपेको छ । म्यानमारमा जारी छनोट खेलमा नेपाल बिहीबार चीनसँय ५–० गोलले पराजित भयो ।

नेपालको यो लगातार दोस्रो हार हो । समूह ‘बी’को पहिलो खेलमा नेपाल आयोजक म्यानमारसँग ५–० गोलले नै पराजित भएको थियो । चीनसँग पहिलो हाफमा चार गोल खाएको नेपालले दोस्रो हाफमा एक गोल खाएको थियो ।

चीनको जितमा युयाङ युहानले १६औं , होउ युछिनले २६औं, यिन लिहोङर लु ज्यायुलले पहिलो हाफको इन्जुरी समयमा गोल गर्नुभएको थियो । अर्को गोल ८९औं मिनेटमा यु जिकीले थप्नुभएको थियो ।

लगातार दोस्रो हारसँगै नेपालको छनोट सम्भावना कमजोर बनेको छ । नेपालले समूह चरणको अन्तिम खेलमा शनिबार चाइनिज ताइपेइसँग प्रतिस्पर्धा गर्नेछ ।


प्रकाशित मिति: २५ जेष्ठ २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?