Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

चीनसँग नेपालको लज्जास्पद हार, एसिया कप छनोट सम्भावना कमजोर


२५ जेठ, काठमाडाैँ । एएफसी महिला यू–२० एसिया कप छनोट खेलमा नेपालले चीनसँग फराकिलो हार खेपेको छ । म्यानमारमा जारी छनोट खेलमा नेपाल बिहीबार चीनसँय ५–० गोलले पराजित भयो ।

नेपालको यो लगातार दोस्रो हार हो । समूह ‘बी’को पहिलो खेलमा नेपाल आयोजक म्यानमारसँग ५–० गोलले नै पराजित भएको थियो । चीनसँग पहिलो हाफमा चार गोल खाएको नेपालले दोस्रो हाफमा एक गोल खाएको थियो ।

चीनको जितमा युयाङ युहानले १६औं , होउ युछिनले २६औं, यिन लिहोङर लु ज्यायुलले पहिलो हाफको इन्जुरी समयमा गोल गर्नुभएको थियो । अर्को गोल ८९औं मिनेटमा यु जिकीले थप्नुभएको थियो ।

लगातार दोस्रो हारसँगै नेपालको छनोट सम्भावना कमजोर बनेको छ । नेपालले समूह चरणको अन्तिम खेलमा शनिबार चाइनिज ताइपेइसँग प्रतिस्पर्धा गर्नेछ ।


प्रकाशित मिति: २५ जेष्ठ २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?