Trending
>>   रवि लामिछानेको अभियोगपत्र संशोधनसम्बन्धी मुद्दा ‘हेर्दाहेर्दै’ मा मंगलबारका लागि सारियो >>   विश्वविद्यालयमा तालाबन्दी अन्त्य र ‘सेन्ट्रल स्कलरसिप पोर्टल’ नेविसंघको नयाँ एजेण्डा >>   नेपाली चलचित्र पहाडको ‘मोहनी लगाउने’ सार्वजनिक >>   रवि लामिछाने विरुद्ध मुद्दा फिर्ता गर्ने निर्णयसम्बन्धी रिटमाथि आज सर्वोच्च अदालतमा बहस हुँदै >>   पुरानै राजनीतिक संस्कार बोकेर हिँड्यौँ भने जनताले पाँच वर्ष भन्दा टिक्न दिँदैनन्ः सांसद पोखरेल >>   शिक्षामा ५५ बुँदे सुधार र वडा तहमा बजेटको विकेन्द्रीकरण, वडा अध्यक्षहरूलाई शक्तिशाली बनाइयो : मेयर… >>   आठौं अन्तर्राष्ट्रिय जुडोमा पाम र एमएमएसी च्याम्पियन >>   निर्वाचन आयोगद्वारा प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचन प्रतिवेदन पेश >>   शतक प्रेरित आर्मी र एपिएफ विजयी >>   सुक्दै गएका ढुंगेधारा र काकाकुल काठमाडौंको ‘मौन चित्कार’ (फोटो फिचर)
Logo
९ चैत्र २०८२, सोमबार
९ चैत्र २०८२, सोमबार

दक्षिण एसियाली योग खेलकुद प्रतियोगिता सुरु


२५ जेष्ठ ,काठमाडौँ । नेपाल योग खेलकुद सङ्घको आयोजनामा तेस्रो दक्षिण एसियाली योग खेलकुद प्रतियोगिता र माउन्ट एभरेष्ट योग फेस्टिभल च्याम्पियनसीप आजदेखि सुरु भएको छ ।

उक्त प्रतियोगिता नेपाल–भारतमैत्री धर्मशाला तिलगङ्गामा आजदेखि सुरु भएको हो । आज एक कार्यक्रमका बीच उक्त प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङले उद्घाटन गरे ।

उक्त प्रतियोगिता यही जेठ २७ गतेसम्म सञ्चालन हुने नेपाल योग खेलकुद सङ्घ भक्तपुरका उपाध्यक्ष चन्द्रमणि ढुङ्गानाले जानकारी दिए । उनका अनुसार उक्त योग खेलकुद प्रतियोगितामा नेपाल, भारत र बङ्लादेश गरी तीन देशका खेलाडी सहभागी भएका छन् ।

सो प्रतियोगितामा सात राष्ट्रका खेलाडीले सहभागिता जनाउने भनिए पनि विभिन्न कारणले अन्य देशका खेलाडी सहभागी हुन नसकेको आयोजकले जनाएको छ । उक्त स्पर्धामा नेपालबाट महिला र पुरुष गरी ३६ खेलाडीको सहभागिता रहेको जनाइएको छ ।

प्रतियोगितामा विभिन्न उमेर समूहमा प्रतिस्पर्धा हुने बताइएको छ । जसअनुसार आठदेखि ११ वर्ष, १२ देखि १५ वर्ष, १६ देखि १८ वर्ष, १९ देखि २५ वर्ष, २६ देखि ३५ वर्ष र ३५ वर्षदेखि माथिका उमेर समूहमा प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

यसैगरी माउन्ट एभरेष्ट योग फेस्टिभल पनि यही जेठ २६ र २७ गते हुने भएको छ । यस प्रतियोगितामा सार्क राष्ट्रसहित इरान र साउदी अरेबियाका खेलाडीले प्रतिस्पर्धा गर्ने उपाध्यक्ष ढुङ्गानाले बताए ।

उक्त प्रतियोगितामा करिब तीन सय खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् भने नेपालबाट महिला र पुरुष गरी ४२ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । विसं २०७३ मा राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा दर्ता भएको उक्त सङ्घले २०७४ सालमा प्रथम दक्षिण एसियाली खेलकुद र २०७६ सालमा दोस्रो दक्षिण एसियाली योग खेलकुद प्रतियोगिता सञ्चालन गरेको जनाइएको छ ।


प्रकाशित मिति: २५ जेष्ठ २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?