Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१० माघ २०८२, शनिबार
१० माघ २०८२, शनिबार

कर्णाली सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित


२५ जेष्ठ ,कर्णाली । कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । कर्णाली प्रदेशसभाको दोस्रो अधिवेशनको आज बसेको नवौँ बैठकबाट प्रदेश सरकारको आगामी आव २०८०/८१ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो ।

सभामुख नन्दा गुरुङले मुख्यमन्त्री राजकुमार शर्मालाई प्रदेशसभा नीति तथा कार्यक्रम पारितका लागि प्रस्ताव गर्न समय दिनुभएसँगै बहमुतले पारित भएको हो । कर्णाली प्रदेशका प्रमुख तिलक परियारले यही जेठ २१ गते प्रदेश सरकारको आगामी आव २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

आजको बैठकमा प्रतिपक्षी दल नेकपा (एमाले)बाट प्रदेशसभा सदस्यत्रय टेकराज पछाईँ, जीतबहादुर मल्ल र विनोदकुमार शाहले नीति तथा कार्यक्रममाथि प्रस्तुत गरेको संशोधन प्रस्ताव बहुमतले अस्वीकृत भएको छ ।

सदस्य पछाईँले जनयुद्ध शब्द, मल्लले कर्णालीको हवाई व्यवस्था र शाहले वित्तीय व्यवस्थाको पहुँचसँग सम्बन्धित विषयमा संशोधन प्रस्ताव राखेका थिए । नीति तथा कार्यक्रम पारित भएसँगै सभामुख गुरुङले प्रदेशसभाको अर्को बैठक असार १ गते दिउँसो १ः०० बजेसम्मका लागि स्थगित भएको जानकारी गराए ।


प्रकाशित मिति: २५ जेष्ठ २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?