Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

कर्णाली सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित


२५ जेष्ठ ,कर्णाली । कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । कर्णाली प्रदेशसभाको दोस्रो अधिवेशनको आज बसेको नवौँ बैठकबाट प्रदेश सरकारको आगामी आव २०८०/८१ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो ।

सभामुख नन्दा गुरुङले मुख्यमन्त्री राजकुमार शर्मालाई प्रदेशसभा नीति तथा कार्यक्रम पारितका लागि प्रस्ताव गर्न समय दिनुभएसँगै बहमुतले पारित भएको हो । कर्णाली प्रदेशका प्रमुख तिलक परियारले यही जेठ २१ गते प्रदेश सरकारको आगामी आव २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

आजको बैठकमा प्रतिपक्षी दल नेकपा (एमाले)बाट प्रदेशसभा सदस्यत्रय टेकराज पछाईँ, जीतबहादुर मल्ल र विनोदकुमार शाहले नीति तथा कार्यक्रममाथि प्रस्तुत गरेको संशोधन प्रस्ताव बहुमतले अस्वीकृत भएको छ ।

सदस्य पछाईँले जनयुद्ध शब्द, मल्लले कर्णालीको हवाई व्यवस्था र शाहले वित्तीय व्यवस्थाको पहुँचसँग सम्बन्धित विषयमा संशोधन प्रस्ताव राखेका थिए । नीति तथा कार्यक्रम पारित भएसँगै सभामुख गुरुङले प्रदेशसभाको अर्को बैठक असार १ गते दिउँसो १ः०० बजेसम्मका लागि स्थगित भएको जानकारी गराए ।


प्रकाशित मिति: २५ जेष्ठ २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?