Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
३ कार्तिक २०८३, सोमबार
३ कार्तिक २०८३, सोमबार

सुरु हुँदै नेपाल–चाइना फेण्डसीप ड्रागन बोट रेस फेस्टिभल २०२३


२५ जेष्ठ ,काठमाडौँ । दक्षिण एसियामा पहिलोपटक ‘नेपाल–चाइना फ्रेण्डसीप ड्रागन बोट रेस फेस्टिभल २०२३’ नेपालमा हुने भएको छ । नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ दूतावास र पोखरा महानगरपालिकाको आयोजनामा आगामी असार ८ र ९ गरी दुई दिनसम्म पोखरामा हुने भएको हो ।

पोखरा पर्यटन परिषद् र चाइना ओभरसिज एशोसिएसनको सहआयोजना एवं होटल एशोसिएसन नेपाल र नेपाल एशोसिएसन अफ र्याफ्टिङ एजेन्सिजसँगको सहकार्यमा उक्त फेस्टिभल पोखराको फेवाताल किनार क्याम्पिङ चोकमा सञ्चालन हुनेछ ।

पर्यटन बोर्डमा आज आयोजित पत्रकार सम्मेलनमा बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) धनञ्जय रेग्मीले नेपालको पर्यटन क्षेत्रको प्रवर्द्धन गर्न यस खेलले महत्वपूर्ण योगदान पुर्याउने बताए । “विश्वव्यापी महामारीका कारण खस्किएको पर्यटन क्षेत्रको ९२ प्रतिशत सुधार भइसकेको छ । हाल बढ्दै गएको पर्यटकको सङ्ख्यामा यस फेस्टिभलले अझ थप वृद्धि गर्छ भन्ने विश्वास लिएका छौँ, जसले पर्यटन क्षेत्रबाट आर्थिक समृद्धिमा महत्वपूर्ण टेवा पुर्याउँछ”, उनले भने ।

पहिलोपटक नेपालमा सञ्चालन गर्न लागिएको यस फेस्टिभल आगामी वर्षदेखि वार्षिकरूपमा सञ्चालन गर्ने तयारीमा रहेको बोर्डका सिइओ रेग्मीले जानकारी दिए । बेमौसमी समयमा सञ्चालन हुने उक्त फेस्टिभलले नेपालको पर्यटन क्षेत्रलाई अझ बलियो पार्ने उनको भनाइ छ ।

नेपालस्थित चिनियाँ दूतावासका उपप्रमुख वाङ सिङले नेपाल र चीनबीच लामो समयदेखिको मित्रतामा यस फेस्टिभलले थप सहयोग पुर्याउने विश्वास व्यक्त गरे । “हामी दुई देशबीचको भौगोलिक निकटता, सांस्कृतिक तथा जनस्तरको सुमधुर सम्बन्ध बनाउन तथा नेपालमा चिनियाँ पर्यटक बढाउनमा यस फेस्टिभलले ठूलो योगदान पुर्याउँछ”, उनले भने ।

यस बोट फेस्टिभलमा ५० भन्दा बढी देश तथा क्षेत्रमा आयोजना हुँदै आइरहेको एवं यो एसियन गेममा समेत सहभागी गराइने उनले जानकारी दिए । रेसका लागि चीनबाट आठवटा विशेष खालको बोट, अन्य आवश्यक सामग्री र चीनबाट बोट रेस तथा प्रशिक्षणको लागि आउने प्रतियोगी नेपाल आइसकेका छन् ।

फेस्टिभलमा नेपालका सातै प्रदेश र चीनबाट आएका प्रतियोगी सहभागी हुनेछन् । कार्यक्रमको औपचारिक उद्घाटनसँगै पहिले दुई सय मिटर र पछि पाँच सय मिटर गरी आठवटा बोट रेस प्रतियोगिता हुनेछ । प्रतियोगितामा विजेतालाई नगद तथा प्रमाणपत्र प्रदान गरिनेछ साथै कार्यक्रममा दुवै देशका सांस्कृतिक प्रस्तुति र खाद्य प्रदर्शनी हुने भएको छ ।

पत्रकार सम्मेलनमा नेपाल पर्यटन बोर्डका सिइओ रेग्मी, नेपालस्थित चिनियाँ राजदूतावासका उपप्रमुख सिङ, संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका उपसचिव सरोज पोखरेलद्वारा संयुक्तरूपमा उक्त फेस्टिभलको लोगो सार्वजनिक गरेका थिए ।


प्रकाशित मिति: २५ जेष्ठ २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?