Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
२८ मंसिर २०८२, आईतवार
२८ मंसिर २०८२, आईतवार

समाचार


विदेशमा जेल परेका नेपालीको उद्धारका लागि सरकारको ध्यानाकर्षण

५ वैशाख, काठमाडाैँ । विभिन्न मुलुकका जेलमा रहेका नेपालीको उद्दारका लागि संसदमार्फत् सरकारको ध्यानाकर्षण गराइएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सांसद ज्ञानेन्द्रबहादुर कार्कीले विभिन्न मुलुकमा पुगेका नेपाली कामदारलाई सहज रुपमा काम गर्ने वातावरण निर्माण र उनीहरुको सुरक्षाका लागि सरकारले पहल गर्नुपर्ने बताएका हुन् । “हाम्रो मुलुकको अर्थतन्त्रमा वैदेशिक रोजगारमा रहेका नेपालीहरुको

सडक दुर्घटनामा पाँच जनाको मृत्यु, २५ जना घाइते

५ वैशाख, एजेन्सी। पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा आज बिहान भएको सवारी दुर्घटनमा पाँच जनाको मृत्यु भएको छ भने अन्य २५ जना घाइते भएका छन् । प्रान्तको सुक्कुर जिल्लामा यात्रीबाहक दुई वटा एकापसमा ठोक्किदा उक्त हताहति भएको हो । पूर्वी पञ्जाब प्रान्त गइरहेका एसटा बस र पञ्वाबबाट आइरहेको अर्को बस राष्ट्रिय राजमार्गमा

मासिक तलबको तीन हजार रुपैयाँ खेलाडीका लागि खर्च गर्छु : ज्ञानेन्द्र शाही

५ वैशाख, काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले आफ्नो मासिक तलबको तीन हजार रुपैयाँ खेलाडीका लागि खर्च गर्ने घोषणा गरेका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा घोषणा गरेका सांसद शाहीले खेलाडीको भविष्य नेपालमा भन्दा खाडीमा देखेको पनि बताएका छन् । उनले प्रदेश संरचना नेपालका लागि खर्चिलो भएको बताउँदै खारेज गर्नुपर्ने

भारतीय चलचित्र ‘मिराई’ को काठमाडाैँमा छायाङ्कन सुरु

५ वैशाख, काठमाडाैँ । भारतीय चलचित्र ‘मिराई’ को काठमाडौँमा छायाङ्कन सुरु भएको छ । अभिनेता अजित कुमारसहित २२ जनाको समूह नेपालमा रहेको स्थानीय व्यवस्थापन हेरिरहेको फ्लिकर्स आर्ट्सका मनोज जोशीले जानकारी दिए । “उहाँहरूसँगै नेपाली प्राविधिकले काम गरिरहेका छौँ । उपत्यकाको विभिन्न स्थानमा चार दिनसम्म छायाङ्कन गर्ने तालिका तय भएको छ”,

टोखामा ३५ फिट अग्लो बुद्धको मूर्ति निर्माण हुने

५ वैशाख, काठमाडाैँ । काठमाडौँको टोखामा ३५ फिट अग्लो बुद्धकोमूर्ति निर्माण हुने भएको छ । टोखा नगरपालिकाले झोर महाङ्कालमा ३५ फिट अग्लो बुद्धकोमूर्ति निर्माण गर्न लागेको हो । नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले टोखा नगरपालिकाको रु ८२ लाख लागतमा ३५ फिट अग्लो बुद्धकोमूर्ति निर्माण गर्न लागिएको जानकारी दिए । सो मूर्ति

उपनिर्वाचन : तनहुँका १६ केन्द्र महिलाको जिम्मा

५ वैशाख, तनहुँ । तनहुँ–१ मा हुन लागेको प्रतिनिधि सभाको उपनिर्वाचनका लागि मतदान अधिकृत र सहायक मतदान अधिकृत तोकिएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले यही वैशाख १० मा हुन लागेको उपनिर्वाचनका लागि एक सय ५२ मतदान केन्द्रमा मतदान अधिकृत र सहायक मतदान अधिकृत नियुक्त गरेको हो । नियुक्त भएका

बालेनविरूद्धको मुद्दा हेर्न नभ्याइने सूचीमा

५ वैशाख, काठमाडाैँ । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) साहविरुद्धको मुद्दा सर्वोच्च अदालतले मङ्गलबार ‘हेर्न नभ्याइने’ सूचीमा राखेको छ । सर्वोच्चका कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासमा उक्त मुद्दाको सुनुवाइका लागि पेशी तोकिएको थियो । महानगरले सिंहदरबार, राष्ट्रपति कार्यालय, मन्त्रीहरूको क्वार्टर लगायतका ठाउँमा फोहोर नउठाएको भन्दै सोमबार सर्वोच्चमा रिट परेको

गण्डकीको बेरुजु दुई अर्ब बढी

५ वैशाख, पोखरा । गण्डकी प्रदेशको बेरुजु रु दुई अर्ब नाघेको छ । महालेखा परीक्षकको पाँचौँ वार्षिक प्रतिवेदनअनुसार आव २०७८÷७९ सम्मको बेरुजु रु दुई अर्ब १४ करोड ४४ लाख ७० हजार पुगेको हो । अघिल्लो आवमा फछ्र्योट भई रु एक अर्ब ६५ करोड नौ लाख १३ हजार बेरुजु बाँकी रहेकामा आव

एनओसी सम्बन्धि सरकारको निर्णयविरूद्ध विद्यार्थीहरूले गरे प्रदर्शन

५ वैशाख, काठमाडाैँ । अध्ययनका लागि विदेश जाने विद्यार्थीहरुलाई नो अब्जेक्सन लेटर (एनओसी) दिन रोक लगाइएको भन्दै विद्यार्थीहरु सडकमा उत्रिएर प्रदर्शन गरेका छन् । ‘हाम्रो शिक्षा हाम्रो अधिकार, एनओसी विधेयक खारेज गर’जस्ता प्लेकार्ड बोकेर मंगलबार नयाँबानेश्वर क्षेत्रमा विद्यार्थी सडकमा उत्रिएर प्रदर्शनमा उत्रिएका हुन् । शिक्षा मन्त्रालयले स्नातक वा त्योभन्दा माथिको

चामल मिलको भवन भत्किँदा ४ जनाको मृत्यु, २० जना घाइते

५ वैशाख, एजेन्सी । हरियाणा राज्यको कर्नालस्थित तीनतले चामल मिलको भवन भत्किँदा चार जनाको मृत्यु भएको छ भने अनय २० जना घाइते भएका छन् । सामबार राति मिलमा सुतिरहेका मजदुरमाथि भवनको पर्खाल खसेको थियो । दुर्घटनाका बेला मिलमा एक सय ५० कामदार थिए । घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

सम्वन्धित समाचारहरु