Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१० माघ २०८२, शनिबार
१० माघ २०८२, शनिबार

टोखामा ३५ फिट अग्लो बुद्धको मूर्ति निर्माण हुने


५ वैशाख, काठमाडाैँ । काठमाडौँको टोखामा ३५ फिट अग्लो बुद्धकोमूर्ति निर्माण हुने भएको छ । टोखा नगरपालिकाले झोर महाङ्कालमा ३५ फिट अग्लो बुद्धकोमूर्ति निर्माण गर्न लागेको हो । नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले टोखा नगरपालिकाको रु ८२ लाख लागतमा ३५ फिट अग्लो बुद्धकोमूर्ति निर्माण गर्न लागिएको जानकारी दिए ।

सो मूर्ति निर्माणका लागि टोखा नगरपालिकाले श्रीबहादुर तामाङको अध्यक्षतामा झोर महाँकाल बुद्धमूर्ति निर्माण उपभोक्ता समितिसमेत गठन गरिसकेको छ । दुई वर्ष अगाडि नै उक्त मूर्ति निर्माण अगाडि बढेको भए पनि यस वर्षमात्रै निर्माण सुरू भएको टोखा– १ का वडाअध्यक्ष रमेशकुमार लामिछानेले जानकारी दिए । उक्त बुद्धको मूर्ति एक वर्षभित्र पूरा भइसक्ने सो नगरपालिकाले जनाएको छ ।

टोखा नगरपालिका–१ स्थित झोरमहाँकाल देवीसँगै रहेको ६१ रोपनी सार्वजनिक जग्गामध्ये हाल दुई रोपनी क्षेत्रफलमा उक्त बुद्धको मूर्ति निर्माण हुन लागेको हो । बुद्धको मूर्ति निर्माणसँगै उक्त क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने वडाध्यक्ष लामिछानेले बताए ।


प्रकाशित मिति: ५ बैशाख २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?