Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

विदेशमा जेल परेका नेपालीको उद्धारका लागि सरकारको ध्यानाकर्षण


५ वैशाख, काठमाडाैँ । विभिन्न मुलुकका जेलमा रहेका नेपालीको उद्दारका लागि संसदमार्फत् सरकारको ध्यानाकर्षण गराइएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा सांसद ज्ञानेन्द्रबहादुर कार्कीले विभिन्न मुलुकमा पुगेका नेपाली कामदारलाई सहज रुपमा काम गर्ने वातावरण निर्माण र उनीहरुको सुरक्षाका लागि सरकारले पहल गर्नुपर्ने बताएका हुन् ।

“हाम्रो मुलुकको अर्थतन्त्रमा वैदेशिक रोजगारमा रहेका नेपालीहरुको महत्वपूर्ण योगदान छ । गतवर्ष नेपालले करिब रु १० खर्ब सात अर्ब रेमिट्यान्स भित्र्याएको छ । तर वैदेशिक रोजगारीमा गएका एक हजारभन्दा बढी नेपाली अहिले विभिन्न देशका जेलमा छन्,” सांसद कार्कीले भने, “उनीहरुको रिहाइ, उद्दार, सुरक्षा र सहज रुपमा स्वदेश फर्किन वातावरणका निमित्त सरकारको ध्यान गम्भीर रुपले आकृष्ट गर्न चाहन्छु ।”

विदेश गएका नेपाली कामदारलाई सहज वातावरणमा काम गर्ने अवस्था सिर्जनाका लागि सरकारले विशेष पहलकदमी गर्नुपर्ने उनको भनाइ छ ।

सांसद बिजुला रायमाझीले नेपालका युवालाई विदेशिनबाट रोक्न सरकारले बनाएको योजनाबारे प्रश्न गरेकी थिइन् । “हाम्रा युवा नेपालमा बस्ने वातावरण कहिलेदेखि बन्छ ? विदेशबाट केही गरौंँ भनेर नेपाल फर्किएका व्यक्तिले सञ्चालन गरेका व्यवसाय धराशायी भइरहँदा उनीहरुलाई नेपालमै टिक्नसक्ने अवस्था बनाउन सरकारले के योजना बनाएको छ”, उनले संसद्मार्फत् सरकारलाई प्रश्न गरे ।


प्रकाशित मिति: ५ बैशाख २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?