Trending
>>   सक्रिय राजतन्त्रसँग सहमत छैनौँः धवल शमशेर जबरा >>   राजा, राजनीतिक दल र जेन–जी पुस्ताबीच नयाँ समझदारी गरेर अघि बढौं : राजेन्द्र लिङदेन >>   केपी ओलीले महिलाको अपमान गर्छन्ः अष्टलक्ष्मी शाक्य >>   निर्णय नलिने प्रोजेक्ट म्यानेजरलाई छानविन गरेर कारबाही गर्नुपर्छः कुलमान घिसिङ >>   लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करण सम्पन्न(तस्बिरसहित) >>   इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ >>   देशभरका भन्सार कार्यालयमा पेन डाउन, जाँचपास सेवा पूर्णरूपमा ठप्प >>   यो चुनावी सरकार मात्र होइन,कसैको धम्कीबाट डराउँदैनौँः प्रधानमन्त्री कार्की >>   सुरेश रजकलाई शहीद घोषणा गर्ने सरकारको निर्णय >>   प्रधानमन्त्रीसँगको भेटपछि दुर्गा प्रसाईंः फागुनमा निर्वाचन हुँदैन, माग पूरा नभए जनविद्रोह हुन्छ
Logo
२४ मंसिर २०८२, बुधबार
२४ मंसिर २०८२, बुधबार

उपनिर्वाचन : तनहुँका १६ केन्द्र महिलाको जिम्मा


५ वैशाख, तनहुँ । तनहुँ–१ मा हुन लागेको प्रतिनिधि सभाको उपनिर्वाचनका लागि मतदान अधिकृत र सहायक मतदान अधिकृत तोकिएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले यही वैशाख १० मा हुन लागेको उपनिर्वाचनका लागि एक सय ५२ मतदान केन्द्रमा मतदान अधिकृत र सहायक मतदान अधिकृत नियुक्त गरेको हो ।

नियुक्त भएका मतदान र सहायक मतदान अधिकृतका लागि आज वैशाख ५ र ६ गते अभिमुखीकरण प्रदान गरिने निर्वाचन कार्यालय तनहुँका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिए । अभिमुखीकरण पश्चात् ७ गतेबाट मतदान अधिकृतलाई आवश्यक सामग्रीसहित सम्बन्धित मतदान केन्द्रमा खटाइने ढकालले बताए । “सदरमुकामबाट टाढा दूरीमा रहेका मतदान केन्द्रमा ७ गतेबाटै आवश्यक सबै सामग्री दिएर कर्मचारी खटाउँछौ,” ढकालले भने ।

कुल एक सय ५२ मतदान केन्द्रमध्ये १६ मतदान केन्द्रमा महिलालाई जिम्मेवारी दिइएको छ । भानु नगरपालिकामा कार्यरत भगवती शर्मालाई भानु–२ स्थित होमराज लोहनी शारदा शिक्षा सदन, भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमा कार्यरत पार्वती पौडेललाई भानु–३ स्थित मर्स्याङ्दी आधारभूत विद्यालय, कृषि विकास बैङ्कमा कार्यरत रसिला श्रेष्ठलाई भानु–६ स्थित पड्केपसल आधारभूत विद्यालय (ख), शुक्लागण्डकीमा कार्यरत दुर्गा अधिकारी तिमिल्सिनालाई व्यास–२ स्थित सत्यवती माध्यमिक विद्यालय (ख), तनहुँ अदालतमा कार्यरत देवी भण्डारी चापागाईँलाई सत्यवती माध्यमिक विद्यालय (ग) मतदान केन्द्रमा मतदान अधिकृतको जिम्मा दिइएको छ ।

शुक्लागण्डकीमा कार्यरत मञ्जु सुवेदीलाई व्यास–४ स्थित मदर्शा आधारभूत विद्यालय (ग), सडक डिभिजन कार्यालयमा कार्यरत बबिता शर्मालाई व्यास–७ स्थित पञ्चज्योति आधारभूत विद्यालय (ख), शुक्लागण्डकीमा कार्यरत अस्मिता सुवेदीलाई पञ्चज्योति आधारभूत विद्यालय (ग), व्यासमा कार्यरत कल्पना खनाललाई आँबुखैरेनी–३ स्थित रामशाह माध्यमिक विद्यालय (ख), भानुमा कार्यरत सरस्वती गुरुङ ढकाललाई बन्दीपुर–१ स्थित विष्णु माध्यमिक विद्यालय (ख) केन्द्रमा मतदान अधिकृतको जिम्मेवारी दिइएको छ ।

आँबुखैरेनीमा कार्यरत निर्मला कँवरलाई बन्दीपुर–१ स्थित पवित्रा माध्यमिक विद्यालय (ख), तनहुँ अदालतमा कार्यरत लक्ष्मी रिमाल पराजुलीलाई बन्दीपुरस्थित भानु माध्यमिक विद्यालय (ख), भिमादमा कार्यरत टेकावती ढकाललाई बन्दीपुरस्थित दिल आधारभूत विद्यालय (ख), व्यासमा कार्यरत सावित्री आचार्य कोइरालालाई बन्दीपुरस्थित जगदीश्वर आधारभूत विद्यालय (ख), व्यासमा कार्यरत लक्ष्मी गुरुङलाई बन्दीपुरस्थित चन्द्रोदय आधारभूत विद्यालय (ख) र देवघाटमा कार्यरत पुष्पादेवी बरामलाई व्यासस्थित जलदेवी माध्यमिक विद्यालय (ङ) केन्द्रमा मतदान अधिकृतको जिम्मेवारी दिइएको छ ।

तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि यस क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचनका लागि विसं २०८० वैशाख ९ गतेसम्म १८ वर्ष पूरा हुने एक लाख २३ हजार तीन सय पाँच मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय तनहुँले जनाएको छ ।


प्रकाशित मिति: ५ बैशाख २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?