Trending
>>   ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’ >>   जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना >>   ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन >>   हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा >>   सम्पदा र संस्कृति संरक्षणका लागि आवश्यक कानून निर्माणमा पहल गर्छुः सभामुख अर्याल >>   कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ >>   काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा >>   सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा >>   हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी >>   बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह
Logo
१७ आश्विन २०८३, शनिबार
१७ आश्विन २०८३, शनिबार

सडक दुर्घटनामा पाँच जनाको मृत्यु, २५ जना घाइते


५ वैशाख, एजेन्सी। पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा आज बिहान भएको सवारी दुर्घटनमा पाँच जनाको मृत्यु भएको छ भने अन्य २५ जना घाइते भएका छन् । प्रान्तको सुक्कुर जिल्लामा यात्रीबाहक दुई वटा एकापसमा ठोक्किदा उक्त हताहति भएको हो ।

पूर्वी पञ्जाब प्रान्त गइरहेका एसटा बस र पञ्वाबबाट आइरहेको अर्को बस राष्ट्रिय राजमार्गमा ठोक्किएका प्रहरी तथा उद्धारकर्मीले बताएका छन् । घाइतेहरूलाई नजिकैको अस्पताल पुर्याइएको तथा तीमध्ये धेरैको अवस्था गम्भीर रहेको उनीहरूले बताएका छन् । द्रुत गतिमा पञ्जावतर्फ हुइँकिएको बसका चालकले नियन्त्रण गुमाउँदा विपरीत दिशाबाट आएको बससँग उनको वाहन ठोक्किएको प्रहरीले जनाएको छ ।

मर्मतसम्भार नगरिएका सडक, सडक सुरक्षा तथा नियमको उल्लङ्घनका साथै लापरबाहीपूर्ण ढङ्गले सवारी साधन चलाउँदा पाकिस्तानमा धेरै सडक दुर्घटना हुने गरेका छन् ।


प्रकाशित मिति: ५ बैशाख २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?