Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
९ माघ २०८२, शुक्रबार
९ माघ २०८२, शुक्रबार

सडक दुर्घटनामा पाँच जनाको मृत्यु, २५ जना घाइते


५ वैशाख, एजेन्सी। पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा आज बिहान भएको सवारी दुर्घटनमा पाँच जनाको मृत्यु भएको छ भने अन्य २५ जना घाइते भएका छन् । प्रान्तको सुक्कुर जिल्लामा यात्रीबाहक दुई वटा एकापसमा ठोक्किदा उक्त हताहति भएको हो ।

पूर्वी पञ्जाब प्रान्त गइरहेका एसटा बस र पञ्वाबबाट आइरहेको अर्को बस राष्ट्रिय राजमार्गमा ठोक्किएका प्रहरी तथा उद्धारकर्मीले बताएका छन् । घाइतेहरूलाई नजिकैको अस्पताल पुर्याइएको तथा तीमध्ये धेरैको अवस्था गम्भीर रहेको उनीहरूले बताएका छन् । द्रुत गतिमा पञ्जावतर्फ हुइँकिएको बसका चालकले नियन्त्रण गुमाउँदा विपरीत दिशाबाट आएको बससँग उनको वाहन ठोक्किएको प्रहरीले जनाएको छ ।

मर्मतसम्भार नगरिएका सडक, सडक सुरक्षा तथा नियमको उल्लङ्घनका साथै लापरबाहीपूर्ण ढङ्गले सवारी साधन चलाउँदा पाकिस्तानमा धेरै सडक दुर्घटना हुने गरेका छन् ।


प्रकाशित मिति: ५ बैशाख २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?