२२ भदाै, स्याङ्जा । स्याङ्जाको भिरकोट नगरपालिका–३ भतेरपाटामा अवस्थित ‘देउपुजे ढुङ्गा’ प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ । धार्मिक, ऐतिहासिक एवं पर्यटकीय दृष्टीले प्रचुर सम्भावना रहँदारहँदै पनि प्रचारप्रसार नहुँदा यसको महत्व ओझेलमा परेको हो । देउपुजे ढुङ्गालाई शिवलिङ्गको स्वरुप मानी शत्बीज छर्ने गरिएको छ । यहाँ शत्बीज छर्नाले पितृमुक्त, पितृ उद्धार तथा
२२ भदौ, मनाङ । स्याउको गुणस्तर र स्वाद कायम राख्न हिमालपारिको जिल्ला मुस्ताङमा असोज १ गतेयता स्याउ टिप्न र बिक्री गर्न नपाइने भएको छ । चाँडै स्याउ टिपेर बजारमा पठाउँदा मुस्ताङको स्याउको गुणस्तर र स्वाद नहुने भएकाले भदौसम्म स्याउ नटिपी असोज लागेपछि मात्रै स्याउ टिपेर बजारमा पठाइने मुस्ताङका अन्तरपालिका बैठकमा
२२ भदाै, काठमाडाैँ । सरकारले २०औँ निजामती सेवा दिवसका अवसरमा निजामती कर्मचारीलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ । बीसौँ निजामती सेवा दिवसको अवसरमा मूल समारोह समितिद्वारा यहाँ आज आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यस वर्षको उत्कृष्ट निजामती सेवा पुरस्कार धनकुटा जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमसहित
२२ भदौ, उदयपुर । उदयपुरको सदरमुकाम गाईघाट बजारलगायत त्रियुगा नगरपालिका क्षेत्रमा स्क्रब टाइफसको सङ्क्रमण देखा पर्न थालेको छ । जिल्लामा भदौको पहिलो साता एकजनामा सङ्क्रमण देखिएसँगै अहिले दैनिक बिरामीको सङ्ख्या वृद्धि हुन थालेको जिल्ला अस्पताल उदयपुरले जनाएको छ । भदौको पहिलो साता पहिलो पटक अस्पतालमा उपचार गर्न आएका एक जनामा
२२ भदाै, म्याग्दी । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरलासडक योजनाको आठवटा खण्ड स्तरोन्नति गरिएको छ । पर्वतको मालढुुङ्गादेखि म्याग्दी हुँदै मुुस्ताङस्थित चीनको सिमाना कोरला नाका जोड्ने दुई सय दुई किलोमिटर दूरीको सडक दुुई लेनको कालोपत्र र ग्राभेल बनाउन विसं २०७३/०७४ देखि सुुरु भएको सो योजनाको हालसम्म ७५ प्रतिशत भौतिक प्रगति सकिएको
२२ भदौ, नेपालगञ्ज । बाँकेका विभिन्न ठाउँमा रहेका अल्पसङ्ख्यक चिडीमार समुदायका बालबालिका बीचैमा विद्यालय छाडन बाध्य छन् । आर्थिक अभाव र बालबिबाहलगायत समस्याका कारण उनीहरु विद्यालय छाड्न बाध्य भएको चिडिमार समुदायका अगुवा बताउँछन् । नेपालगञ्ज–१२ का हौसीलाल चिडिमारले बालबालिका आर्थिक अभावका कारण बीचमै विद्यालय छाडेको उल्लेख गर्दै थोरै पढेर रोजगारी
२२ भदौ, सर्लाही । सर्लाहीको बागमती नगरपालिकाले मधेस प्रदेशमै पहिलो साक्षर स्थानीय तह घोषणा गर्ने अभियान सुरु गरेको छ । प्रदेशमा रहेका एक सय ३६ स्थानीय तहमध्ये बागमती नगरपालिकाले पहिलो साक्षर स्थानीय तह घोषणा गर्ने अभियान सुरु गरेको हो । नगरपालिकाले आगामि दुई वर्षभित्र नगरभित्रका सबै नागरिकलाई शिक्षा मन्त्रालयअन्तर्गतको अनौपचारीक
२२ भदौ, चितवन । विद्यार्थीलाई अध्यात्मिक ज्ञान र ध्यानमार्फत उनीहरुमा स्फूर्ति ल्याउने उद्देश्यसहित चितवन मेडिकल कलेजले आध्यात्मिक पुस्तकालय सुरु गरेको छ । कलेजका प्राध्यापक ममता शर्मा न्यौपानेले स्वास्थ्य शिक्षा अध्ययन गर्दै गरेका विद्यार्थीलाई जीवनको बारेमा ज्ञान दिन पुस्तकालय स्थापना गरिएको बताए । विद्यार्थीलाई असल चरित्रसँगै स्वास्थ्यसम्बन्धी विज्ञ बनाउन र उनीहरुमा
२२ भदौ, स्याङ्जा । माछा मार्ने क्रममा आज बिहान स्याङ्जामा करेन्ट लागेर एक व्यक्तिको मृत्यु भएको छ । बिहान २ बजे वालिङ नपा–६ रसखोलास्थित आमडाली बस्ने ३६ वर्षीय यामबहादुर थापाको मृत्युु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी पवलसिंह लामाले बताए । प्रहरीले माछा मार्न गएका अन्य चार जनालाई नियन्त्रणमा लिएको
२२ भदाै, एजेन्सी । विशेष सल्लाहकार डेभिड वीसले अमेरिकी राष्ट्रपति जो बाइडेनका छोरा हन्टर बाइडेनलाई यस महिनाको अन्त्यसम्ममा अवैध रूपमा बन्दुक राखेको अभियोग लगाउन ग्रान्ड जुरीलाई आग्रह गर्ने तयारी गरेको अमेरिकी न्याय विभागले बुधबार जनाएको छ । लागुऔषधको गम्भीर समस्या भएका हन्टरसँग सन् २०१८ मा केही हप्ताका लागि पिस्तोल (ह्यान्डगन) किनेर