Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

आज सेयर बजार दोहोरो अंकले बढ्यो


काठमाडौं । साताको तेस्रो कारोबार दिन आज सेयर बजार दोहोरो अंकले बढेको छ । १३.१८ अंकले बढेको बजार १८६४.६२ विन्दुमा पुगेर रोकिएको छ । मंगलबार व्यापार, निर्जीवन बीमा, होटल तथा पर्यटन उपसूचकको मूल्य घट्दा अन्य सबै उपसूचकको मूल्य बढेको छ । यसमध्ये सबैभन्दा धेरै फाइनान्स उपसूचकको १.३० प्रतिशतले सेयर मूल्य बढेको छ । मंगलबार एनआईबीएल प्रगति फण्डका लगानीकर्ताले सबैभन्दा धेरै ७.३५ प्रतिशतले कमाए भने स्वेतगंगा हाइड्रोपावर, सिद्धार्थ इक्विटी फण्ड, मेगा म्युचुअल फण्ड, मिथिला लघुवित्त वित्तीय संस्थासहितका धितोपत्रको सेयर मूल्य समेत धेरैले बढेको छ ।

मंगलबार कुल २८९ धितोपत्रको ४५ हजार ४५६ कारोबारबाट ३८ लाख १३ हजार २३३ कित्ता सेयर किनबेच भएको छ भने यस दिन १ अर्ब ८४ लाख रुपैयाँको कारोबार भएको छ । मंगलबार हाथवे इन्भेष्टमेन्टका लगानीकर्ताले सबैभन्दा धेरै ८.५३ प्रतिशतले गुमाए । यसको मूल्य प्रतिकित्ता २६.५० रुपैयाँले घटेर २८४ रुपैयाँमा झरेको छ । सुपरमाइ हाइड्रो, हिमालयन लघुवित्त वित्तीय संस्था, प्रभु बैंक डिभेञ्चर, सानिमा ग्रोथ फण्डका लगानीकर्ताले समेत धेरै गुमाएका छन् ।

 


प्रकाशित मिति: ३० आश्विन २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?