Trending
>>   दोहोराे मित्रताका प्रतीक बने खगेन्द्रप्रसाद र रुद्रकली >>   महाधिवेशनले पार्टीलाई संगठनात्मक र वैचारिक रुपमा पुनःव्यवस्थित गर्दै परिवर्तनको अपेक्षा पूरा गर्छः ईश्वर पोखरेल >>   ट्रान्सपोर्ट र नासरिन जितविहीन रहँदै बाहिरिए >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की >>   निर्वाचनमार्फत नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौँः प्रधानमन्त्री कार्की >>   जेन–जीहरुले निर्वाचन हुन दिन्न भन्न पाइदैंन :मेयर महर्जन >>   वैदेशिक लगानी प्रतिवद्धता प्रत्येक महिना बढ्दोः पाँच महिनामै ३८ अर्ब ५९ करोडको प्रतिवद्धता >>   प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट >>   तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानमा बोलाउने तयारी >>   जनकपुरधाममा भारत–नेपाल गोलमेच छलफल सम्पन्न
Logo
२ पुष २०८२, बुधबार
२ पुष २०८२, बुधबार

आज तेस्रो नवलपुर बालिका सम्मेलन हुँदै


मध्यविन्दु,नवलपरासी । नवलपरासी बर्दघाट सुस्तापूर्वको देवचुली नगरपालिकामा आज तेस्रो नवलपुर बालिका सम्मेलन सुरु हुँदै छ । ‘बालिकामा लगानी सुनिश्चित भविष्यको थालनी’ भन्ने नाराका साथ तेस्रो नवलपुर बालिका सम्मेलन–२०८० आयोजना गरिएको हो । बालिका तथा किशोरीहरूको समग्र विकासमा स्थानीय सरकार र सामाजिक क्षेत्रमा कार्यरत सङ्घसंस्थालाई उनीहरूको भूमिका तथा दायित्व बोध गराउन सम्मेलन आयोजना गरिएको नवलपुर किशोरी सञ्जालका अध्यक्ष विद्या ढुङ्गानाले बताए । नेपालका बालिकालाई सक्षम बनाउने उद्देश्यमा योगदान पुर्‍याउन सम्मेलनमा स्थानीय तह, जिल्ला, प्रदेश र राष्ट्रियस्तरको बहुक्षेत्रीय सरोकारवालाबीच छलफल चलाइने भएको छ । सम्मेलनमा जिल्लाका आठै स्थानीय तह बाट १० देखि माथि र १९ वर्ष उमेरमुनिका बालिका तथा किशोरी प्रतिनिधिहरूको सहभागितामा विषयगत छलफल सञ्चालन गरिने अध्यक्ष ढुङ्गानाले बताए ।

सन् २०३० सम्ममा बालविवाहको अन्त्य जस्तो महत्वपूर्ण राष्ट्रिय दिगो विकास लक्ष्य र अन्तर्राष्ट्रिय प्रतिबद्धता पूरा गर्दै नेपालको बालिकालाई सक्षम बनाउने उद्देश्यमा योगदान गर्न सम्मेलन आयोजना गरिएको जागृति बाल तथा युवा सरोकार नेपालका महासचिव दिपक शर्माले बताए । नवलपुर किशोरी सञ्जाल र जागृति बाल तथा युवा सरोकार नेपालले आयोजना गरेको सम्मेलनमा जिल्लाका आठवटै स्थानीय तहसहित विभिन्न सरोकारवाला सङ्घसंस्थाहरूले सहकार्य गरेका छन् । नवलपरासी बर्दघाट सुस्तापूर्वमा प्रथम बालिका सम्मेलन विसं २०७३ र दोस्रो बालिका सम्मेलन २०७४ मा आयोजना गरिएको थियो ।


प्रकाशित मिति: ३० आश्विन २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?