Trending
>>   शेरबहादुर तामाङको दाबीः बैठकमा कुनै नेताहरुबीच भनाभन भएको छैन >>   एमाले पोलिटब्युरोः उमेरहद, दुई वर्षे कार्यकाल र भण्डारीको सदस्यता नविकरणबारे बहस >>   नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) ले ५ महिने प्रशंसा अभियान चलाउने >>   नेपाल प्रहरीलाई प्रश्न : प्राथमिकतामा रासन कि हतियार ? >>   नयाँ खरिद नहुँदा राजावादी प्रदर्शनमा डेट एक्सपायर टियरग्याँस हान्नुपर्यो : गृहमन्त्री >>   रास्वपा प्रदेश सभा खारेजीको पक्षमा छः मनिष झा >>   कुलिङ अफ पिरियडमा भएको तोडमोडबारे छानबिन जारी छ, धेरै कामहरु सम्पन्न भइसकेः परियार >>   ‘वनकरियालाई स्थानान्तरण गर्ने तयारीमा सरकार’ >>   कोरिया सरकारको एक अर्ब सहयोगमा साबइर ब्युरो सञ्चालनमा आउँदै >>   ट्रम्पलाई क्रोनिक भेनस इन्सफिसिएन्सी
Logo
३ श्रावण २०८२, शनिबार
३ श्रावण २०८२, शनिबार

महाकाली बगरमा ‘बिच भलिबल’


महेन्द्रनगर,कञ्चनपुर । महाकाली नदीको बगरमा पहिलो पटक खुल्ला ‘बिच भलिबल’ प्रतियोगिता आयोजना गरिएको छ । रु एक लाख पुरस्कार राशिको उक्त प्रतियोगिताअन्तर्गत आज बिहानैदेखि विभिन्न खेल सञ्चालन भइरहेका छन् । महेन्द्रनगरस्थित नेपाली सेनाको श्री नं २५ बाहिनी अड्डा भगतपुर ब्यारेक तथा कञ्चनपुर जिल्ला भलिबल सङ्घको संयुक्त आयोजनामा प्रथम पुरुष खुल्ला तथा भेट्रान बिच भलिबल प्रतियोगिताको सोमबार सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशीले उद्घाटन गरेका थिए । प्रतियोगितामा खुल्लातर्फ २३ तथा भेट्रानतर्फ ११ टोली सहभागी रहेको भलिबल प्रशिक्षक जगदीशप्रसाद भट्टले जानकारी दिदै हालसम्म खुल्लातर्फ पाँच र भेट्रानतर्फ तीनवटा खेल भइसकेको बताए ।

उक्त प्रतियोगितामा खुल्लातर्फ प्रथम स्थान हासिल गर्ने टोलीलाई रु एक लाखसहित पुरस्कृत गरिने, द्वितीय हुने टोलीलाई रु ५० हजार तथा तृतीयलाई रु २५ हजारसहित पुरस्कृत गरिने, यसैगरी भेट्रान चालिस वर्षभन्दा माथि तर्फ पहिलो हुने टोलीले रु २५ हजार, दोस्रोले रु १५ हजार तथा तेस्रो हुने टोलीले रु १० हजार पुरस्कार प्राप्त गर्नेछन् । बिच भलिबल प्रतियोगिता सञ्चालनका लागि भीमदत्त नगरपालिका, बेदकोट नगरपालिका र दोधारा–चादँनी नगरपालिकाको सहयोग रहेको आयोजकले जनाएको छ । उक्त नेपाली सेनाको श्री नं २५ बाहिनी अड्डासँगै व्यवस्थापनमा रुद्रध्वज गण मझगाउँ ब्यारेक र श्रीदल गुल्म खटिएका छन् ।


प्रकाशित मिति: ३० आश्विन २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?