Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
१ कार्तिक २०८३, शनिबार
१ कार्तिक २०८३, शनिबार

महाकाली बगरमा ‘बिच भलिबल’


महेन्द्रनगर,कञ्चनपुर । महाकाली नदीको बगरमा पहिलो पटक खुल्ला ‘बिच भलिबल’ प्रतियोगिता आयोजना गरिएको छ । रु एक लाख पुरस्कार राशिको उक्त प्रतियोगिताअन्तर्गत आज बिहानैदेखि विभिन्न खेल सञ्चालन भइरहेका छन् । महेन्द्रनगरस्थित नेपाली सेनाको श्री नं २५ बाहिनी अड्डा भगतपुर ब्यारेक तथा कञ्चनपुर जिल्ला भलिबल सङ्घको संयुक्त आयोजनामा प्रथम पुरुष खुल्ला तथा भेट्रान बिच भलिबल प्रतियोगिताको सोमबार सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशीले उद्घाटन गरेका थिए । प्रतियोगितामा खुल्लातर्फ २३ तथा भेट्रानतर्फ ११ टोली सहभागी रहेको भलिबल प्रशिक्षक जगदीशप्रसाद भट्टले जानकारी दिदै हालसम्म खुल्लातर्फ पाँच र भेट्रानतर्फ तीनवटा खेल भइसकेको बताए ।

उक्त प्रतियोगितामा खुल्लातर्फ प्रथम स्थान हासिल गर्ने टोलीलाई रु एक लाखसहित पुरस्कृत गरिने, द्वितीय हुने टोलीलाई रु ५० हजार तथा तृतीयलाई रु २५ हजारसहित पुरस्कृत गरिने, यसैगरी भेट्रान चालिस वर्षभन्दा माथि तर्फ पहिलो हुने टोलीले रु २५ हजार, दोस्रोले रु १५ हजार तथा तेस्रो हुने टोलीले रु १० हजार पुरस्कार प्राप्त गर्नेछन् । बिच भलिबल प्रतियोगिता सञ्चालनका लागि भीमदत्त नगरपालिका, बेदकोट नगरपालिका र दोधारा–चादँनी नगरपालिकाको सहयोग रहेको आयोजकले जनाएको छ । उक्त नेपाली सेनाको श्री नं २५ बाहिनी अड्डासँगै व्यवस्थापनमा रुद्रध्वज गण मझगाउँ ब्यारेक र श्रीदल गुल्म खटिएका छन् ।


प्रकाशित मिति: ३० आश्विन २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?