Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

शिक्षाका लागि नेपालबाट विदेशिने रकम दोब्बरले बढ्यो


काठमाडौं । शिक्षाका लागि नेपालबाट विदेशिने रकम दोब्बरले बढेको छ । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्षको पहिलो दुई महिना साउन–भदौमा शिक्षाका लागि मात्र २३ अर्ब ३३ करोड रुपैयाँ विदेशिएको छ । सो वर्ष शिक्षाका लागि भदौंसम्म १२ अर्ब ७६ करोड रुपैयाँ विदेशिएको थियो भने शिक्षामा ठूलो रकम विदेशिएका कारण नेपालको सेवा आय घाटामा रहेको छ ।

त्यस्तै अघिल्लो वर्ष सेवा आय १९ अर्ब २६ करोड रुपैयाँ मात्र घाटामा थियो थियो भने तथ्यांक अनुसार भदौसम्म खुद सेवा आय २५ अर्ब ३४ करोड रुपैयाँ रहेको छ । यस वर्ष भ्रमण आय दुई महिनामा ९ अर्ब ३४ करोड रुपैयाँ मात्र रहेको छ । यो गत आवको यसै महिनाको तुलनामा ५३.९ प्रतिशत धेरै हो, तर भ्रमण व्यय समेत ७६.५ प्रतिशतले वृद्धि हुँदा यस वर्ष खुद सेवा आय उच्च घाटामा रहेको देखिएको नेपाल राष्ट्र बैंकको तथ्यांकमा उल्लेख गरिएको छ ।


प्रकाशित मिति: ३० आश्विन २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?