Trending
>>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत >>   नेपाल सुरक्षित रहेको सन्देश फैलाउनसके धेरै पर्यटकीय बजार गुमाउनुपर्दैनः हान अध्यक्ष शाह >>   विपद् व्यवस्थापन कोषको नाम परिवर्तन गर्न र अधिकारसम्पन्न प्राधिकरण गठन गर्न सांसद खरेलको माग
Logo
१३ आश्विन २०८३, मंगलवार
१३ आश्विन २०८३, मंगलवार

शिक्षाका लागि नेपालबाट विदेशिने रकम दोब्बरले बढ्यो


काठमाडौं । शिक्षाका लागि नेपालबाट विदेशिने रकम दोब्बरले बढेको छ । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्षको पहिलो दुई महिना साउन–भदौमा शिक्षाका लागि मात्र २३ अर्ब ३३ करोड रुपैयाँ विदेशिएको छ । सो वर्ष शिक्षाका लागि भदौंसम्म १२ अर्ब ७६ करोड रुपैयाँ विदेशिएको थियो भने शिक्षामा ठूलो रकम विदेशिएका कारण नेपालको सेवा आय घाटामा रहेको छ ।

त्यस्तै अघिल्लो वर्ष सेवा आय १९ अर्ब २६ करोड रुपैयाँ मात्र घाटामा थियो थियो भने तथ्यांक अनुसार भदौसम्म खुद सेवा आय २५ अर्ब ३४ करोड रुपैयाँ रहेको छ । यस वर्ष भ्रमण आय दुई महिनामा ९ अर्ब ३४ करोड रुपैयाँ मात्र रहेको छ । यो गत आवको यसै महिनाको तुलनामा ५३.९ प्रतिशत धेरै हो, तर भ्रमण व्यय समेत ७६.५ प्रतिशतले वृद्धि हुँदा यस वर्ष खुद सेवा आय उच्च घाटामा रहेको देखिएको नेपाल राष्ट्र बैंकको तथ्यांकमा उल्लेख गरिएको छ ।


प्रकाशित मिति: ३० आश्विन २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?