Trending
>>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु) >>   भारी वर्षाको पूर्वानुमानसँगै पदयात्रा र हिमाल आरोहणमा उच्च शतर्कता अपनाउन पर्यटन बोर्डको अपिल >>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

नेपाल प्रहरी कार्य दक्षतामा अब्बलः मुख्यमन्त्री चौधरी


लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आफ्नो सम्मान खोज्दा अरूको संस्कृति र अधिकारलाई कसैले पनि बिर्सन नहुने बताएका छन् । नेपाल प्रहरीको ६८औँ वार्षिकोत्सव २०८० का अवसरमा लुम्बिनी प्रदेश प्रहरी कार्यालयले आज बुटवलमा आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री चौधरीले नेपाल प्रहरीले सकेसम्म मेलमिलापको नीति लिएर काम गरेको र नेपाल प्रहरी कानुन पालना गराउने, आपराधिक घटनाको अनुसन्धान गरेर कानुन कार्यान्वयन गराउने कार्यमा अब्बल रहेको बताए ।

कार्यक्रममा प्रदेश सरकारका गृहमन्त्री सन्तोषकुमार पाण्डेले प्रहरीको कार्य दक्षताका हिसाबले नेपालमा मात्र नभएर अन्तर्राष्ट्रिय क्षेत्रमा समेत स्थापित भएको बताउदै कार्यक्रममा लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायब महानिरीक्षक उमेशराज जोशीले नेपाल प्रहरीले जनताको सेवा र राष्ट्रले सुम्पेको जिम्मेवारी बिचलित नभई पूरा गरेको बताए । उनले समाजका हरेक तह वर्ग, सरकारी तथा गैरसरकारी क्षेत्रको समन्वय र सहयोगमा समाजमा शान्तिसुरक्षा कायम गर्न कर्तव्य पथमा दृढ भई नागरिकका नैसर्गिक अधिकार कायम राख्न निर्देशनसमेत दिए ।


प्रकाशित मिति: ३० आश्विन २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?