४, असोज, डोटी । दिपायल सिलगढी नगरपालिका-७ कुन्जेडी बस्ने कृष्ण बहादुर कुन्जेडाको होटेल पसलमा विद्युत सर्ट गई बिहीबार दिउँसो आगलागी हुँदा पसल भित्र रहेका खुद्रा सामान, कस्मेटिक, भाँडावर्तन, बाकसमा रहेका कागजपत्र, फर्निचर, काउण्टर र पसल पछाडी राखेको सु.प.प्र ०१००९ प ७२४४ नम्बरको मोटरसाइकल समेत जलेर करिब ६ लाख रुपैयाँ बराबरको
काठमाडौं, ४ असोज । नेकपा (एमाले)का तर्फबाट संसदमा प्रतिनिधित्व गर्ने र संसदको शिक्षा समितिमा रहेका सांसदहरुले शिक्षामन्त्री अशोक राइसँग भेट गरी शिक्षा विधेयक फिर्ता लिन सुझाव दिएका छन् । भेटपछि एमालेका सचेतक महेश बर्तौलाले यस्तो जानकारी गराउनु भएको हो । ‘सामूदायिक र सरकारी शिक्षालाई अझ व्यवस्थित ढंगले अघि बढाउने कुरामा
४ ,असोज ,काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचारको अन्त्य गर्दै सुशासन कायम गर्ने सरकारको मूल नीति रहेको बताएका छन् । नेपाल बुद्धिजीवी सङ्गठनले आज आयोजना गरेको ‘भ्रष्टाचारविरुद्ध सुशासन प्रवर्द्धनका चुनौती’ विषयक कार्यक्रममा उहाँले सुशासन, समृद्धि र सामाजिक न्याय सरकारको मूल नीति भएको बताएका हुन् । संविधान, कानूनअनुसार काम
४ ,असोज ,काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अन्तरपार्टी निर्देशन (अपानि)मा देखिएका विवादलाई छलफलबाट समाधान गरिने बताएका छन् । केन्द्रीय कार्यसमितिमा थप २१ जना सदस्यको पार्टी कार्यालयमा आज आयोजित शपथग्रहण कार्यक्रममा अध्यक्ष नेपालले अपानिमा भएका मतभेद तथा केही प्रश्न आएको भन्दै पार्टीभित्रैबाट समस्या हल गरिने बताए ।
४ ,असोज ,नेपालगञ्ज । बाँकेको नेपालगञ्ज विमानस्थलबाट ३२ थान मोबाइलसहित चार भारतीय नागरिक पक्राउ परेका छन् । जहाजमा काठमाडौँ जाने तयारीमा रहेका भारतको मध्यप्रदेशका उनीहरुलाई ३२ थान मोबाइलसहित विमानस्थलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिए । उनका अनुसार पक्राउ पर्नेमा अमित सोलङ्की, सचिव
४ ,असोज ,नेपालगन्ज । बाँकेको नरैनापुर गाउँपालिका वडा नं ४ पण्डितपुरवास्थित हुलाकी सडकखण्डको छेउमा रहको पानी जमेको खाल्डोमा डुबेर एक बालिकाको आज मृत्यु भएको छ । स्थानीय नौ वर्षीया खुसनुमा सल्मानीको पानीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिए । घटनाको थप अनुसन्धान
४ ,असोज ,काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकार मुलुकमा सुशासन, समृद्धि र सामाजिक न्यायको मूल मन्त्रलाई कार्यान्वयन गर्नका निम्ति अगाडि बढिरहेको बताएका छन् । प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन समितिको आजको बैठकमा उनले राजनीतिक परिवर्तनको औचित्य पुष्टि गर्नका लागि पनि समृद्धि अपरिहार्य भएको उल्लेख गरे । “समृद्धिका लागि
४ ,असोज ,काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उत्साहजनक वृद्धि देखिएको छ । आजको कारोबारमा नेप्से परिसूचक ४४ दशमलव ३४ अङ्कले बढेर दुई हजार २९ दशमलव ७८ अङ्कमा कायम भएको छ । आज विभिन्न दुई सय ७८ कम्पनीका एक करोड १२ लाख ६४ हजार तीन सय नौ कित्ता शेयर
४ ,असोज ,काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षको दुई महिनामा रु पाँच अर्ब ४३ करोड ३१ लाख बराबरको बिजुली भारत निर्यात गरेको छ । प्राधिकरणले गत साउनमा रु एक अर्ब ९४ करोड ८४ लाख र भदौमा रु तीन अर्ब ४८ करोड ४८ लाख बराबरको विद्युत् भारतीय बजारमा निर्यात
४ ,असोज ,काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले बाग्मती प्रदेशको स्वास्थ्य मन्त्रालयले सञ्चालन गरिरहेको कार्यक्रमको प्रशांसा गरेका छन् । बाग्मती प्रदेश स्वास्थ्य मन्त्रालयद्वारा बिहीबार वीर अस्पतालमा आयोजित सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रम सार्वजनिकिकरण तथा सम्झौता हस्तान्तरण कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री बस्नेतले केन्द्रीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरे जस्तै