Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
४ कार्तिक २०८३, मंगलवार
४ कार्तिक २०८३, मंगलवार

एकीकृत समाजवादीद्वारा सरकारलाई सहयोग


नेकपा (एकीकृत समाजवादी)ले जाजरकोट भूकम्पपीडितका लागि रु २५ लाख राहत रकम हस्तान्तरण गरेको छ ।

पार्टी अध्यक्ष नेपालको नेतृत्वमा उपाध्यक्षद्वय राजेन्द्र पाण्डे र प्रमेश हमालसहितको टोलीले बालुवाटारस्थित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चेक हस्तान्तरण गरेको हो ।

गत शुक्रबार जाजरकोट भएर गएको भूकम्पबाट प्रभावित जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडित तथा प्रभावितको उद्धार एवं राहतका लागि एकीकृत समाजवादीले राहत रकम सहयोग गरेको हो ।

प्रधानमन्त्री दाहालले सहयोगका लागि अध्यक्ष नेपाललाई धन्यवाद दिँदै प्रभावितलाई व्यवस्थापन गर्न सरकार प्रतिबद्ध रहेको बताए ।

पार्टीको सचिवालय बैठकले सरकारलाई सो रकम उपलब्ध गराउने निर्णय गरेको थियो ।


प्रकाशित मिति: २१ कार्तिक २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?