Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
४ कार्तिक २०८३, मंगलवार
४ कार्तिक २०८३, मंगलवार

‘सहाराविहीनको सहारा सरकार हो’


२१ ,कात्तिक ,काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विपत्तिका बेला आडभरोस गर्ने कोही छैन भनेर नआत्तिन र हामीलाई मद्दत गर्ने सरकार छ भनेर सोच्न आग्रह गरेका छन् ।

सबैले मिलेर विपत्तिको सामना गर्नुपर्नेमा जोड दिँदै राष्ट्रपतिले सहारविहीनको सहारा सरकार हुने बताए । जाजरकोट भूकम्पबाट भएको क्षति तथा भूकम्पपीडितको अवस्थाबारे जानकारी लिन आज भूकम्पको केन्द्रविन्दु जाजरकोटको बाराकोटेको रामीडाँडा पुगेका राष्ट्रपति पौडेलले त्यहाँ भूकम्पपीडित, जनप्रतिनिधि र स्थानीयसँगको छलफलमा विपत्तिको मिलेर सामना गर्न आग्रह गर्नुभएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले बताए ।

“ दैवी विपत्तिले सृजना गरेको अहिलेको विषम अवस्थामा हाम्रो कोही छैन भन्ने नठान्नु होला, हामीलाई सघाउने सरकार छ भन्ने ठान्नुहोला,” राष्ट्रपतिलाई उद्धृत गर्दै सल्लाहकार पोखरेलले बताए ।

विपद्को समयमा युद्धस्तरमा काम गर्नुपर्नेमा जोड दिँदै राष्ट्रपतिले जनप्रतिनिधिलाई भूकम्पको क्षतिको वास्तविक तथ्याङ्क राख्न र पीडित नठगिउन भन्नेतर्फ सचेत हुन पनि सुझाव दिए । उनले राहत सामग्री वास्तविक भूकम्पपीडितले प्राप्त गर्ने सुनिश्चितता गर्न आग्रह गरे ।

जनतालाई दुःख पर्दा सरकार जनतासँगै हुनुपर्छ र सरकार भूकम्प प्रभावितको आवश्यक प्रबन्ध गर्न सदैव प्रयत्नशील बन्नुपर्ने उनले बताए ।

राष्ट्रपतिले पौडेलले विगतमा जाजरकोट झाडाबान्ताको महामारीबाट प्रभावित भएका बेला पनि आफू यस क्षेत्रका जनतामाझ आएको सम्झना गर्दै अहिले पनि आफू पीडित जनताका साथमा रहेको बताए ।

राष्ट्रपतिले अस्थायी बसोवासको तत्काल प्रबन्ध गर्न, जाडो र वर्षायाममा समस्या नहुने गरी आवासको व्यवस्था गर्न तथा उपयुक्त स्थान पहिचान गरी घर निर्माण गर्न सुझाए ।

राष्ट्रपति पौडेलले जाजरकोट जिल्ला अस्पतालमा उपचाररत घाइतेलाई भेट्नुभएको थियो भने भूकम्पपीडित, स्थानीय जनप्रतिनिधि र सर्वसाधारणसँग छलफल गरेका थिए ।

बारेकोट गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरीले चार हजार तीन सय घरमध्ये दुई सय ४० पूर्णरुपमा ध्वस्त भएका, एक हजार आठ सय ९१ उच्च जोखिममा रहेका र एक हजार परिवार विस्थापित भएका जानकारी दिएका थिए ।

राष्ट्रपति पौडेलका साथमा उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, ऊर्जामन्त्री शक्ति बस्नेत, जाजरकोटका प्रदेश सांसद, प्रधानसेनापति सहभागी थिए ।


प्रकाशित मिति: २१ कार्तिक २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?