Trending
>>   सहकारी पीडितको वचत फिर्तामा सरकार संवेदनशील, १ लाख मुनिकालाई प्राथमिकता >>   सरकारद्वारा चैत १९ मा संघीय संसदको अधिवेशन आह्वान गर्न सिफारिस, संविधान संशोधनका लागि कार्यदल गठन >>   सांसदहरुलाई पूर्णबहादुर खड्काले भने–‘संविधान संशोधनको मुद्दा उठेको छ, ख्याल गर्नुहोला’ >>   बालश्रम शोषणको आरोपमा सांसद रेखा शर्मा पक्राउ >>   राइड शेयरिङमा मनोमानी बढेको भन्दै ‘प्रो राइडर समूह’ आन्दोलित, प्रतिकिलोमिटर २७ रुपैयाँ भाडा तोक्न माग >>   सरकारको कार्ययोजनाः सार्वजनिक खरिद सुधारदेखि ऊर्जा निर्यात रणनीतिसम्म >>   ‘बखान’ उपन्यासलाई शहीद शिवप्रसाद पौडेल स्मृति राष्ट्रिय पुरस्कार >>   पीएसपीपी कार्यान्वयन गर्ने सरकारी निर्णयको निजी क्षेत्रबाट स्वागत >>   पूर्वप्रधानमन्त्री र गृहमन्त्रीको पक्राउः कानूनको शासन कि शक्तिको कानून ? >>   सरकारको कदम प्रतिशोधपूर्ण र घृणायुक्त, अध्यक्ष र पूर्व गृहमन्त्रीलाई तत्काल रिहा गरियोस्ः महेश बस्नेत
Logo
१६ चैत्र २०८२, सोमबार
१६ चैत्र २०८२, सोमबार

‘सहाराविहीनको सहारा सरकार हो’


२१ ,कात्तिक ,काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विपत्तिका बेला आडभरोस गर्ने कोही छैन भनेर नआत्तिन र हामीलाई मद्दत गर्ने सरकार छ भनेर सोच्न आग्रह गरेका छन् ।

सबैले मिलेर विपत्तिको सामना गर्नुपर्नेमा जोड दिँदै राष्ट्रपतिले सहारविहीनको सहारा सरकार हुने बताए । जाजरकोट भूकम्पबाट भएको क्षति तथा भूकम्पपीडितको अवस्थाबारे जानकारी लिन आज भूकम्पको केन्द्रविन्दु जाजरकोटको बाराकोटेको रामीडाँडा पुगेका राष्ट्रपति पौडेलले त्यहाँ भूकम्पपीडित, जनप्रतिनिधि र स्थानीयसँगको छलफलमा विपत्तिको मिलेर सामना गर्न आग्रह गर्नुभएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले बताए ।

“ दैवी विपत्तिले सृजना गरेको अहिलेको विषम अवस्थामा हाम्रो कोही छैन भन्ने नठान्नु होला, हामीलाई सघाउने सरकार छ भन्ने ठान्नुहोला,” राष्ट्रपतिलाई उद्धृत गर्दै सल्लाहकार पोखरेलले बताए ।

विपद्को समयमा युद्धस्तरमा काम गर्नुपर्नेमा जोड दिँदै राष्ट्रपतिले जनप्रतिनिधिलाई भूकम्पको क्षतिको वास्तविक तथ्याङ्क राख्न र पीडित नठगिउन भन्नेतर्फ सचेत हुन पनि सुझाव दिए । उनले राहत सामग्री वास्तविक भूकम्पपीडितले प्राप्त गर्ने सुनिश्चितता गर्न आग्रह गरे ।

जनतालाई दुःख पर्दा सरकार जनतासँगै हुनुपर्छ र सरकार भूकम्प प्रभावितको आवश्यक प्रबन्ध गर्न सदैव प्रयत्नशील बन्नुपर्ने उनले बताए ।

राष्ट्रपतिले पौडेलले विगतमा जाजरकोट झाडाबान्ताको महामारीबाट प्रभावित भएका बेला पनि आफू यस क्षेत्रका जनतामाझ आएको सम्झना गर्दै अहिले पनि आफू पीडित जनताका साथमा रहेको बताए ।

राष्ट्रपतिले अस्थायी बसोवासको तत्काल प्रबन्ध गर्न, जाडो र वर्षायाममा समस्या नहुने गरी आवासको व्यवस्था गर्न तथा उपयुक्त स्थान पहिचान गरी घर निर्माण गर्न सुझाए ।

राष्ट्रपति पौडेलले जाजरकोट जिल्ला अस्पतालमा उपचाररत घाइतेलाई भेट्नुभएको थियो भने भूकम्पपीडित, स्थानीय जनप्रतिनिधि र सर्वसाधारणसँग छलफल गरेका थिए ।

बारेकोट गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरीले चार हजार तीन सय घरमध्ये दुई सय ४० पूर्णरुपमा ध्वस्त भएका, एक हजार आठ सय ९१ उच्च जोखिममा रहेका र एक हजार परिवार विस्थापित भएका जानकारी दिएका थिए ।

राष्ट्रपति पौडेलका साथमा उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, ऊर्जामन्त्री शक्ति बस्नेत, जाजरकोटका प्रदेश सांसद, प्रधानसेनापति सहभागी थिए ।


प्रकाशित मिति: २१ कार्तिक २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?