Trending
>>   ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ >>   उतारचढावमा बित्यो गत साता, आज सेयर बजार कता? >>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो >>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह
Logo
१२ आश्विन २०८३, सोमबार
१२ आश्विन २०८३, सोमबार

अवैध लागूऔषधसहित छ जना पक्राउ


२१ ,कात्तिक ,काठमाडौँ । अवैध लागूऔषध खैरो हेरोइन दुई सय ४४ ग्राम, नाइट्रोभेट एक सय १२ ट्याब्लेट र ट्रामाडोल १७ हजार चार सय १५ क्याप्सुलसहित छ जनालाई नेपाल प्रहरी लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–४ बस्ने ३२ वर्षीया सपना रायमाझी, ओखलढुङ्गा खिजीदेम्बा गाउँपालिका–३ बस्ने ३८ वर्षीय गङ्गालाल बिक, काठमाडौं गोकर्णेश्वर नगरपालिका–४ बस्ने ५० वर्षीय दीपक श्रेष्ठ, सोही ठाउँ बस्ने ३० वर्षीय दीपेश डङ्गोल महर्जन, सिरहा धनगढीमाई नगरपालिका–१४ बस्ने ३७ वर्षीय झरेन्द्रबहादुर ठकुरी र धादिङ त्रिपुरासुन्दरी गाउँपालिका–२ बस्ने २७ वर्षीय सन्दिप इटानी रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

उनीहरूमध्ये सपना रायमाझी र गङ्गालाल बिकलाई अवैध लागूऔषध खैरो हेरोइन ८१ ग्राम पाँच सय मिलिग्रामसहित काठमाडौँ गोकर्णेश्वर नगरपालिका–६ नयाँबस्तीबाट कात्तिक १५ गते, दीपक श्रेष्ठ र दीपेश डङ्गोल महर्जनलाई लागूऔषध खैरो हेरोइन एक ग्राम आठ सय मिलिग्राम, ट्रामाडोल १७ हजार चार सय १५ क्याप्सुल र नाइट्रोभेट एक सय १२ ट्याब्लेटसहित काठमाडौँ चावहिलबाट कात्तिक १६ गते पक्राउ गरिएको हो ।

यसैगरी झरेन्द्रबहादुर ठकुरी र सन्दिप इटानीलाई लागूऔषध खैरो हेरोइन एक सय ६० ग्राम छ सय मिलिग्रामसहित काठमाडौँ तारकेश्वर नगरपालिका–४ बाट कात्तिक १७ गते प्रहरीले पक्राउ गरेको हो ।

उनीहरू उपर लागूऔषध (नियन्त्रण) ऐन, २०३३ बमोजिम सम्बन्धित जिल्ला अदालतबाट लागूऔषध मुद्दामा म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।

काठमाडौं, महानगरपालिका–१४ बल्खुस्थित हाम्रो स्टाफ भोजनालय एण्ड खाजा घरबाट नियन्त्रित लागूऔषध डाईजेपाम, फेनारगन, नुर्फिन लेखिएको जम्मा छ सय एम्पुल, चक्कु दुई थान, विभिन्न कम्पनीका मोबाइल तीन थान र नगद ५७ हजार छ सय रूपैयाँसहित पर्सा हरिहरपुर गाउँपालिका–११ घर भई हाल काठमाडौं बल्खु डेरा गरी बस्ने ७० वर्षीय रामचन्द्र चमार समेत तीन जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी वृत्त कालिमाटीबाट खटिएको टोलीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।


प्रकाशित मिति: २१ कार्तिक २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?