Trending
>>   अनेसास जर्मनीको वेबसाइट सार्वजनिक: नेपाली भाषा, साहित्य र संस्कृतिलाई जोड्ने नयाँ डिजिटल आँगन >>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ
Logo
८ कार्तिक २०८३, शनिबार
८ कार्तिक २०८३, शनिबार

भूकम्पको क्षति जान्न गएका राष्ट्रपति घाइते बोकेर काठमाडौ फर्किए


काठमाडौंः भूकम्पमा परी घाइते भएका जाजरकोट नलगाड गाउँपालिकाका वीर बहादुर पुनलाई राष्ट्रपति रामचन्द्र पौडेलले थप उपचारका लागि आफू चढ़ेको जहाज़मा सुर्खेतबाट संगै काठमाडौ ल्याउनुभयो । राष्ट्रपति रामचन्द्र पौडेलले विपत्तिका बेला आडभरोस गर्ने कोही छैन भनेर नआत्तिन र हामीलाई मद्दत गर्ने सरकार छ भनेर सोच्न आग्रह गरेका छन् ।

सबैले मिलेर विपत्तिको सामना गर्नुपर्नेमा जोड दिँदै राष्ट्रपतिले सहारविहीनको सहारा सरकार हुने बताए । जाजरकोट भूकम्पबाट भएको क्षति तथा भूकम्पपीडितको अवस्थाबारे जानकारी लिन आज भूकम्पको केन्द्रविन्दु जाजरकोटको बाराकोटेको रामीडाँडा पुगेका राष्ट्रपति पौडेलले त्यहाँ भूकम्पपीडित, जनप्रतिनिधि र स्थानीयसँगको छलफलमा विपत्तिको मिलेर सामना गर्न आग्रह गर्नुभएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले बताए ।

“ दैवी विपत्तिले सृजना गरेको अहिलेको विषम अवस्थामा हाम्रो कोही छैन भन्ने नठान्नु होला, हामीलाई सघाउने सरकार छ भन्ने ठान्नुहोला,” राष्ट्रपतिलाई उद्धृत गर्दै सल्लाहकार पोखरेलले बताए ।

विपद्को समयमा युद्धस्तरमा काम गर्नुपर्नेमा जोड दिँदै राष्ट्रपतिले जनप्रतिनिधिलाई भूकम्पको क्षतिको वास्तविक तथ्याङ्क राख्न र पीडित नठगिउन भन्नेतर्फ सचेत हुन पनि सुझाव दिए । उनले राहत सामग्री वास्तविक भूकम्पपीडितले प्राप्त गर्ने सुनिश्चितता गर्न आग्रह गरे ।जनतालाई दुःख पर्दा सरकार जनतासँगै हुनुपर्छ र सरकार भूकम्प प्रभावितको आवश्यक प्रबन्ध गर्न सदैव प्रयत्नशील बन्नुपर्ने उनले बताए ।


प्रकाशित मिति: २१ कार्तिक २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?