Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

भूकम्पपीडितलाई माओवादीको ५० लाख सहयोग


२१ ,कात्तिक ,काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले जाजरकोट भूकम्पपीडितका लागि रु ५० लाख राहत रकम सहयोग गरेको छ । माओवादी केन्द्रका उपाध्यक्ष पम्फा भुसालले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेट गरी उक्त रकम बराबरको चेक हस्तान्तरण गर्नुभयो ।

सो अवसरमा माओवादी नेताहरूले भूकम्प प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनामा सरकारले निर्वाह गरेको भूमिकाप्रति धन्यवाद दिँदै राहत र पुनःस्थापनालाई प्रभावकारी बनाउन ध्यानाकर्षण गराउनुभएको थियो ।

यसैबीच, सूर्य नेपाल प्रालिले भूकम्प प्रभावितको राहतका लागि रु एक करोडको चेक हस्तान्तरण गरेको छ । सूर्य नेपालका उपाध्यक्ष रवी केसी प्रधानमन्त्री दाहाललाई उक्त रकम बराबरको चेक हस्तान्तरण गर्नुभयो ।


प्रकाशित मिति: २१ कार्तिक २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?