Trending
>>   सेयर बजार गिरावटको दबाबबीच नीतिगत बहस, सोमबार बजार सुधारतर्फ कि थप दबाबतर्फ? >>   रविलाई गगनको जवाफः काँग्रेस प्रशिक्षित नेताहरूले नै रास्वपा धानेका छन् >>   संविधान संशोधन सत्ताको गणित वा स्वार्थको विषय बन्नु हुँदैनः विश्वप्रकाश शर्मा >>   अब जथाभावी पार्किङ र सडकमा सामान राखेर दुर्घटना भए क्षतिपूर्ति सम्बन्धित पक्षबाटै असुलिने >>   शिक्षा ऐनमा बालकेन्द्रित तथा खेलकुदमा आधारित सिकाई प्रणालीलाई प्राथमिकता दिनुपर्छः सभापति शेरचन >>   संसदमा सत्ताको छायाँ पर्‍यो, सरकार स्वेच्छाचारी र तानाशाही बाटोतर्फ उन्मुख:एमाले >>   काँग्रेस इतर पक्ष लक्षित रविको टिप्पणीः ‘कचकच गर्ने’ नेताहरूलाई छोडिदिनु नै उचित >>   काँग्रेसको आत्मा वीपी–गणेशमानकै पथमा छ, अब शैली र संस्कार बदल्नुपर्छः गगन थापा >>   लोकतन्त्र जोगाउन दलहरू एक हुनुपर्छः महासचिव पोखरेल >>   ‘देश अध्यारो सुरुङतर्फ जाँदैछ, निषेधको राजनीति त्यागेर राष्ट्रिय सहमति खोजौँ’:राजेन्द्र लिङदेन
Logo
१९ आश्विन २०८३, सोमबार
१९ आश्विन २०८३, सोमबार

समाचार


समाजवादी मोर्चाको कार्यविधि पारित

११ श्रावण, काठमाडाैँ । समाजवादी मोर्चाले चार सदस्यीय सचिवालय गठन गर्ने व्यवस्थासहितको कार्यविधि पारित गरेको छ । मोर्चामा आवद्ध दलसँगको समन्वयमा काम कारबाही तथा गतिविधिलाई व्यवस्थित बनाउन पारित गरिएको कार्यविधिमा सचिवालय तथा सचिवालयको काम, कर्तव्य र अधिकारबारे छ बुँदे व्यवस्था गरिएको छ । “मोर्चाले तय गरेको नीति, योजना र कार्यक्रमको कार्यान्वयन

तीन जिल्लाका ४७ फर्मका बैंक खाता रोक्का

११ श्रावण, तनहुँ । आन्तरिक राजस्व कार्यालय दमौलीले आयकर, मूल्य अभिवृद्वि कर र अन्तशुल्कतर्फको कर नबुझाएका व्यवसायी फर्मको बैंक खाता रोक्का गरेको  छ । गोरखा, लमजुङ र तनहुँमा सञ्चालित ४७ व्यवसायी फर्मको खाता रोक्का गरेको हो । कार्यालयले गत वैशाख ५ गते पहिलो पटक सूचना प्रकाशित गरी पन्ध्र दिनभित्र बक्यौता रकम

कोशी प्रदेशमा ढल्यो सरकार, ७ दिनभित्र सरकार बनाउन सर्वोच्चको आदेश

११ श्रावण, काठमाडाैँ । कोशी प्रदेशका मुख्यमन्त्री उद्वव थापाको नियुक्ति सर्वोच्च अदातलले खारेज गरेको छ । न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासले बिहीबार मुख्यमन्त्री थापाको नियुक्ति खारेज गरेको हो । सर्वोच्चको उक्त थापाको नियुक्ति खारेज गरेसँगै कोशीमा सत्ता गठबन्धनको सरकार ढलेको छ । थापाको नियुक्ति बदर गर्दै

निर्मल पूर्जाको कीर्तिमान तोडियो, ३ महिनामा १४ हिमाल चढेर हरिला र शेर्पाले राखे नयाँ रेकर्ड

११ श्रावण, काठमाडाैँ । काठमाडौ नर्वेकी आरोही क्रिस्टिन हरिला र नेपाली गाइड तेन्जेन (लामा) शेर्पाले विश्वको दोस्रो अग्लो केटु हिमालको सफल आरोहण गरेका छन् । पाकिस्तानमा रहेको केटु हिमाल ब्रोडपिक (८,६११ मिटर) को हरिला र शेर्पाले आज बिहान १०ः४५ बजे सफल आरोहण गरेको सेभेन समिट ट्रेक्स कम्पनीले जानकारी दिएको छ

फिदिम बोलेरो दुर्घटना : मृतकको सङ्ख्या तीन पुग्यो

११ श्रावण, पाँचथर । मङ्गलबार पाँचथरको फिदिममा भएको बोलेरो जीप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ । दुर्घटनामा गम्भीर घाइते भई झापाको विर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचाररत ताप्लेजुङको मिक्वाखोला गाउँपालिका– ५ पापुङकी २६ वर्षीया इसेटिमा शेर्पाको उपचारका क्रममा आज बिहान मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी मिलन

कुवेतमा पाँच जनालाई फाँसी

११ श्रावण, एजेन्सी । कुवेतले बिहीबार पाँच जनालाई मृत्युदण्ड दिएको छ । प्राण हरणको दण्ड पाउनेमा सन् २०१५ मा आत्मघाती बम विष्फोटमा संलग्न भएको आरोपमा दोषी ठहरिएका इस्लामिक स्टेट समूहका एक सदस्यसमेत रहेका कुवेति सार्वजनिक अभियोजनको कार्यालयले जनाएको छ । उक्त आक्रमणमा २६ जनाले ज्यान गुमाएका थिए । कुवेति अभियोजन कार्यालयले

गगन थापाले तिरे निर्वाचन आयोगलाई १५ हजार रुपैयाँ जरिवाना

११ श्रावण, काठमाडाैँ । नेकपा एमालेका महामन्त्री एवं सांसद गगन थापाले निर्वाचन आयोगलाई १५ हजार रुपैयाँ जरिवाना तिरेका छन् । उनले आज सामाजिक सञ्जालमा यसबारे जानकारी दिएका हुन्। गत मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको खर्च विवरण सार्वजनिक गरेको जानकारी नगराएको भन्दै निर्वाचन आयोगले २४ सय

दृढताका साथ काम गर्न विमानस्थलका कर्मचारीलाई अर्थमन्त्रीको निर्देशन

११ श्रावण, काठमाडाैँ । अर्थमन्त्री डा प्रकाशशरण महतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र भन्सार विभागमा कार्यरत कर्मचारीलाई दृढताका साथ काम गर्न निर्देशन दिएका छन् । आज विमानस्थल अनुगमनपछि मन्त्री डा महतले आगामी दिनमा कुनै पनि बाहानामा वा कुनै पनि तबरबाट गैरकानुनी काम हुन नदिने प्रयासका लागि जिम्मेवार हुन आग्रह गरे ।

काठमाडाैँमा एक रूपैयाँले सस्तियो गाडी भाडा

११ श्रावण, काठमाडाैँ । बागमती प्रदेशले आज (विहीबार) देखि सार्वजनिक यातायातको भाडा घटाएको छ । गत जेठ ११ मा भाडा समायोजन गरेको प्रदेशले पुनः भाडादर घटाएको हो । नेपाल आयल निगम साउन १ गतेबाट इन्धनको मुल्यमा स्वचालित प्रणालीमा गएसँगै प्रदेश सरकारले भाडा घटाएको श्रम ,रोजगार तथा यातायात मन्त्रालय बागमती प्रदेशका

वैदेशिक रोजगारीमा गएका रोल्पाका ३९ जनाले गुमाए ज्यान

११ श्रावण, रोल्पा। यहाँका ३९ जनाले वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका छन् । जिल्ला प्रशासन कार्यालयको आप्रवासी सूचना केन्द्रको अभिलेखअनुसार तीन वर्षको अवधिमा ३९ जनाको मृत्यु भएको हो । सूचना केन्द्रमा प्राप्त मुद्दाका आधारमा मृत्युको सङ्ख्या अद्यावधिक गरिए पनि वास्तविक मृत्यु योभन्दा धेरै हुनसक्ने सूचना केन्द्रका कर्मचारी स्मृति रोकामगरले बताए ।

सम्वन्धित समाचारहरु