Trending
>>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ >>   सबै दलहरु असफल भइसके, यस्तो बेला राप्रपाले मात्र देशलाई निकास दिनसक्छः अध्यक्ष लिङदेन >>   माओवादी आन्दोलनको आवश्यकता अझै छ, यसलाई नयाँ पुस्ताले पुनर्गठन गर्नुपर्छः जनार्दन शर्मा >>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे
Logo
२८ आश्विन २०८३, बुधबार
२८ आश्विन २०८३, बुधबार

समाचार


वैदेशिक रोजगार विभागको अनलाइन सेवा पुनःसञ्चालन

२५ श्रावण, काठमाडाैँ । वैदेशिक रोजगार विभागको अवरुद्ध भएको अनलाइन सेवा आजदेखि पुनःसञ्चालनमा आएको छ । विभागको ‘एफइआइएमएस’ प्रणालीको फाइल ‘सर्भर माइग्रेट’ गर्नुपर्ने भएकाले मङ्गलबारदेखि अवरुद्ध भएको सेवा आजदेखि पुनःसञ्चालनमा आएको विभागका सूचना अधिकारी तथा निर्देशक कविराज उप्रेतीले जानकारी दिए । उनका अनुसार अवरुद्ध भएको अनलाइन सेवा आजदेखि सञ्चालनमा आएकाले

ठूलो पार्टी र इतिहासको मात्र कुरा गरे कांग्रेसलाई अफ्ठ्यारो पर्छ : प्रकाशमान सिंह

२५ श्रावण, काठमाडाैँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीलाई समयानुसार परिवर्तन गर्दै लैजानुपर्ने बताएका छन् । नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं १ प्रदेश (ख) र वडा नं ३१ ले आज यहाँ आयोजना गरेको ‘संयुक्त सम्मेलन’लाई आज उद्घाटन गर्दै उनले पार्टीलाई समय र परिस्थिति अनुसार परिवर्तन गर्दै लैजानुपर्ने बताए ।

२ लाख लाइसेन्स छापिएर थन्कियो, लिन गएनन् सेवाग्राही

२५ श्रावण, काठमाडाैँ । नागरिकले चालक अनुमतिपत्र पाउन डेढवर्षसम्म कुरिरहँदा लाखौँ सेवाग्राहीले भने छापिएर आएको अनुमतिपत्र लिएका छैनन् । अहिले झण्डै दुई लाखभन्दा बढी अनुमतिपत्र थन्किएर रहेको एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयले जनाएको छ । कतिपय सेवाग्राहीले एउटा वर्गभन्दा थप वर्गको अनुमतिपत्र लिएकाले, कतिपय विदेश गएकाले र कतिपय काठमाडौँ उपत्यका बाहिर गएकाले

हवाई टापुको जङ्गलमा डढेलो, ३६ जनाको मृत्यु

२५ श्रावण, एजेन्सी । हवाई टापुको माउई जङ्गलमाा लागेको डढेलोमा परी ३६ जनाको मृत्यु भएको छभने केयौँ घाइते भएका छन् । डढेलोले हवाईका ग्रामीण क्षेत्रमा व्यापक क्षति पुर्याएको छभने भवनहरू ध्वस्त भएका छन्, अस्पतालहरू भत्किएका छन् र सयौँ विस्थापित भएका छन् । माउई काउन्टीका अधिकारीहरूले बिहीबार बिहान एक विज्ञप्ति जारी गर्दै

प्रधानमन्त्री र विभागीय मन्त्रीबीच कार्यसम्पादन सम्झौता

२५ श्रावण, काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र विभागीय मन्त्रीबीच सरकारको चालु आवको वार्षिक नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनका सम्बन्धमा कार्यसम्पादन सम्झौता भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा प्रधानमन्त्री कार्यालयमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहाल र २१ मन्त्रालयका विभागीय मन्त्रीबीच कार्यसम्पादन सम्झौता भएको हो । प्रधानमन्त्री दाहालले विभिन्न समयमा

कानुनमन्त्री गुरूङ अस्पताल भर्ना

२५ श्रावण, काठमाडाैँ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरूङ अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि उनी मनमोहन कार्डियोथेरासिस एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका हुन् । मन्त्री  गुरूङको ब्लड प्रेसर लो भएको छ । अहिले उनको थप परीक्षण भइरहेको जानकारी दिइएको छ ।

वडाध्यक्ष डाँगीको माहुरीपालन

२५ श्रावण, दाङ । विगत दश वर्षदेखि डाँसबहादुर डाँगी माहुरीपालन व्यवसायमा सक्रिय छन् । उनि २०७९ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट बङ्गलाचुली गाउँपालिका–४ को वडाध्यक्ष पदमा निर्वाचित भएका थिए । उनले स्थानीय जातको सेरेना माहुरीलाई व्यावसायिकरुपमा पालन गर्दै आएका छन् । उनले भने “सेरेना माहुरीलाई जङ्गलबाट खोजेर ल्याउनुपर्छ

‘स्वास्थ्य सवलताका लागि नर्सिङ घरदैलो कार्यक्रम’

२५ श्रावण, स्याङ्जा । स्याङ्जाको वालिङमा नागरिकको ‘स्वास्थ्य सवलताका लागि नर्सिङ घरदैलो कार्यक्रम’ सञ्चालन गरिएको छ । स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग र वालिङ नगरपालिकाबीच सम्झौतापत्रमा हस्ताक्षर भई उक्त कार्यक्रम सञ्चालनमा आएको हो । प्राय नसर्ने रोगका कारण धेरै नागरिकले ज्यान गुमाउन बाध्य भएकाले स्वास्थ्यसम्बन्धी चेतना फैलाउन उक्त कार्यक्रम सञ्चालनमा

सैनिक कल्याणकारी कोषको सम्पत्ति ७७ अर्ब ६१ करोड

२५ श्रावण, काठमाडाैँ । सैनिक कल्याणकारी कोषको कुल सम्पति ७७ अर्ब ६१ करोड एक लाख पुगेको छ । उक्त रकममध्ये रु ७१ अर्ब पाँच करोड ६१ लाख विभिन्न बैँकमा मौज्दात रहेको रक्षा मन्त्रालयको चाैँथो त्रैमासिक तथा वार्षिक प्रगति समीक्षामा जानकारी दिइयो । बाँकी रु छ अर्ब ५५ करोड ४० लाख

इक्वेडरमा राष्ट्रपतिका उम्मेदवारको हत्या, देशभर सङ्कटकाल घोषणा

२५ श्रावण, एजेन्सी । राष्ट्रपति पदका उम्मेदवार फर्नान्डो भिल्लाभिसेन्सियोको गोली हानी हत्या भएपछि इक्वेडरका राष्ट्रपति गुइलेर्मो लासोले बिहीबार देशभर ६० दिनका लागि सङ्कटकाल घोषणा गरेका छन् । “ राष्ट्रको सशस्त्र बललाई नागरिकको सुरक्षा, देशको शान्ति र अगस्ट २० को स्वतन्त्र र लोकतान्त्रिक निर्वाचनको ग्यारेन्टी गर्न देशभर परिचालन गरिएको छ,” राष्ट्रसित

सम्वन्धित समाचारहरु