Trending
>>   दिनेशको उत्कृष्ट बलिङमा पुलिस विजयी >>   ‘शिक्षाभन्दा खेलकुद पहिलो’: खेलकुद मन्त्रालय अलग बनाउन सांसद लामिछानेको प्रश्ताव >>   ‘काँग्रेसमा ए टु जेड सबै खुइलिएका छन्, दम्भ त्यागेर एकताको बाटो रोजौँ’: वीरबहादुर बलायर >>   भृकुटीमण्डपमा तेस्रो नेशनल हर्टिकल्चर एक्स्पो हुँदै >>   पूर्वप्रधानमन्त्री र पूर्वगृहमन्त्रीको गिरफ्तारीमा राज्यले विधि र प्रक्रिया मिच्योः नेता पाण्डे >>   सर्वोच्चको फैसला नआउन्जेलसम्म खड्का–कोईराला पक्षले गगनलाई सभापति नमान्ने >>   खेलकुदलाई विद्यालयको पाठ्यक्रममै जोड्ने शिक्षामन्त्री पोखरेलको घोषणा >>   सहकारी पीडितको वचत फिर्तामा सरकार संवेदनशील, १ लाख मुनिकालाई प्राथमिकता >>   सरकारद्वारा चैत १९ मा संघीय संसदको अधिवेशन आह्वान गर्न सिफारिस, संविधान संशोधनका लागि कार्यदल गठन >>   सांसदहरुलाई पूर्णबहादुर खड्काले भने–‘संविधान संशोधनको मुद्दा उठेको छ, ख्याल गर्नुहोला’
Logo
१८ चैत्र २०८२, बुधबार
१८ चैत्र २०८२, बुधबार

इक्वेडरमा राष्ट्रपतिका उम्मेदवारको हत्या, देशभर सङ्कटकाल घोषणा


२५ श्रावण, एजेन्सी । राष्ट्रपति पदका उम्मेदवार फर्नान्डो भिल्लाभिसेन्सियोको गोली हानी हत्या भएपछि इक्वेडरका राष्ट्रपति गुइलेर्मो लासोले बिहीबार देशभर ६० दिनका लागि सङ्कटकाल घोषणा गरेका छन् ।

“ राष्ट्रको सशस्त्र बललाई नागरिकको सुरक्षा, देशको शान्ति र अगस्ट २० को स्वतन्त्र र लोकतान्त्रिक निर्वाचनको ग्यारेन्टी गर्न देशभर परिचालन गरिएको छ,” राष्ट्रसित लासोले युट्युबमा प्रसारण गरेको सम्बोधनमा भनेका छन् ।

दशदिनपछि हुन लागेको राष्ट्रपतीय निर्वाचनमा भ्रष्टाचार र आपराधिकगिरोहविरुद्ध अभियान चलाउँदै आएका पूर्वपत्रकार भिल्लाभिसेन्सियोको आज क्विटोमा भएको चुनावी र्यालीमा गोली हानी हत्या गरिएको हो ।उनको चुनावी प्रचार टोलीका एक सदस्यले स्थानीय सञ्चारमाध्यमलाई बताएअुनसार ५९ वर्षीय भिल्लाभिसेन्सियोलाई कारमा चढिरहेका उनको टाउकोमा तीन गोली प्रहार गरेको थियो ।

राष्ट्रियसभाका सदस्य भिल्लाभिसेन्सियो इक्वेडरमा सङ्गठित अपराध र सरकारी अधिकारीहरू बीचको सम्बन्धबारे बोल्ने थोरै उम्मेदवारहरूमध्ये एक हुन् ।

ल्याटिन अमेरिकामा अपेक्षाकृत सुरक्षित र स्थिर देशका रुपमा चिनिएको इक्वेडरमा हालैका दिनमा हिंसा र अपराधमा भर्खरको वृद्धि भएको छ । आपराधिक गतिविधि वृद्धिको मुख्य कारण लागूऔषध तस्करी बनेको छ ।

भिल्लाभिसेन्सियोलाई गोली प्रहार भएपछि सुरक्षाकर्मीले जवाफी कारबाही गरेको थियो । त्यसक्रममा दुई प्रहरी अधिकारीसहित अन्य नौ जना घाइते भएका छन् । क्विटोमा छापा मारेर हत्यामा संलग्न छ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

भ्रष्टाचार नियन्त्रण र वातावरणीय विनाश कम गर्नुपर्ने मुद्दालाई प्राथमिकताका साथ उठाउँदै आएका पूर्वपत्रकार भिल्लाभिसेन्सियोलाई लागूऔषध तस्करी गर्ने एक गिरोहले हालै ज्यानमार्ने धम्की दिएको थियो ।


प्रकाशित मिति: २५ श्रावण २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?