Trending
>>   सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल बर्खास्त >>   दीपक भट्टको मानव अधिकार रक्षाको माग गर्दै परिवार पुग्यो आयोगमा >>   प्रधानमन्त्री साहको भारत भ्रमणबारे गृहकार्य भइरहेको छ: परराष्ट्र मन्त्रालय >>   ‘काठमाडौं फिल्म फेस्टिबल’ अगामी कात्तिक १३ गतेदेखि >>   तातोपानी र कोराला नाका सुचारु गर्न चीनसँग समन्वय भइरहेको छः परराष्ट्र मन्त्रालय >>   पोखरामा स्कुल बस दुर्घटनाः छानबिनका लागि ५ सदस्यीय समिति गठन >>   काठमाडौंमा अवैध सुन प्रशोधन कारखाना फेलाः तीन चिनियाँ नागरिक साढे ५४ करोडको सुनसहित पक्राउ >>   भोटेकोशी बाढीको प्रतिवेदन वागमती प्रदेश सरकारलाई पेश >>   एमालेले अगामी मंसिर पहिलो हप्ता काठमाडौंमा राष्ट्रिय भेला गर्ने >>   यस वर्ष त्रिविका ९५ हजार ५४० विद्यार्थी दिक्षित हुँदै
Logo
२३ आश्विन २०८३, शुक्रबार
२३ आश्विन २०८३, शुक्रबार

समाचार


दुग्धजन्य सामग्री नेपालमै उत्पादन गरेर प्रतिस्थापन गर्न लागौं : अध्यक्ष ढकाल

काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा दुग्धजन्य वस्तुहरु विदेशबाट आयात भइरहेको बताउँदै त्यसलाई प्रतिस्थापन गर्नेगरी उत्पादन बढाउन जरुरी रहेको बताएका छन् । मंगलवार काठमाडौंमा आयोजना गरेको नेपाल डेरी एशोसिएशनले राजधानीमा गरेको खिर प्रवद्र्धन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले हस्पिटालिटी क्षेत्रले अहिलेपनि कतिपय ‘डेरि आइट’ हरु मुलुकबाहिरबाट मगाउनुपर्ने

जनकपुरधाममा खुकुरी आक्रमणबाट एक किशोरीको मृत्यु

काठमाडौँ। जनकपुरधाम–४ स्थित एक डेरामा गएराति भएको खुकुरी आक्रमणमा एक किशोरीको मृत्यु भएको छ । मृतककी आमा र भतिजी गम्भीर घाइते भएका छन् । घटनामा संलग्न आरोपित फरार रहेको प्रहरीले बताएको छ । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–९, इच्छापुरका ३५ वर्षीय रामबाबु साहले जनकपुरधामस्थित स्वर्गीय सूर्यनन्द चौधरीको एकतले पक्की घरमा डेरा गरी

सेवा स्तरलाई सुधार गर्नेगरी कानून बनाउनुपर्छः सांसद सापकोटा

काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले कानून बनाउँदा सेवा स्तरलाई सुधार गर्नेगरी बनाइनुपर्ने बताएका छन् । मंगलवार सिंहदरबारमा बसेको समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । समितिमा आज नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि संशोधनकर्ता सदस्यहरुसँग छलफल भएको थियो । उनले विमानस्थल सुधारका लागि कानूनहरु बनाइँदा

राष्ट्रिय सुरक्षामा विशेष ध्यान दिन आग्रह : सांसद खनाल

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ मा निजी क्षेत्रलाई पनि समेटिएको भन्दै राष्ट्रिय सुरक्षामा विशेष ध्यान दिन आग्रह गरेका छन् । मंगलवार सिंहदरबारमा बसेको समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । समितिमा आज नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि संशोधनकर्ता सदस्यहरुसँग

देशमा थप विमानस्थल आवश्यक हो वा होइन स्पष्ट हुनुपर्छः सांसद बजगाईं

काठमाडौँ। नेपाली काँग्रेसका सांसद राजेन्द्र बजगाईंले देशमा थप विमानस्थल आवश्यक हो वा होइन भन्नेबारे स्पष्ट हुन जरुरी रहेको बताएका छन् । मंगलवार सिंहदरबारमा बसेको समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । समितिमा आज नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि संशोधनकर्ता सदस्यहरुसँग छलफल भएको थियो । समितिको बैठकमा बोल्दै

सभापति यादव : नेपाल हवाई सेवा प्राधिकरण विधेयक प्रभावकारी बनाऔँ

काठमाडौँ। अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सभापति राजकिशोर यादवले नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ सरकारको उच्च प्राथमिकतामा रहेको बताएका छन् । मंगलवार सिंहदरबारमा बसेको समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले विधेयकलाई उच्च प्राथमिकताका साथ समितिमा छलफल गरिरहेको पनि बताए । हवाई सेवा प्राधिकरण र नागरिक उड्डयन

खुला सीमाका कारण निकासी पैठारीमा चुनौति छः उद्योगमन्त्री भण्डारी

काठमाडौँ। उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले खुला सीमाका कारण निकासी पैठारीमा चुनौतीहरु रहेको बताएका छन् । आज राजधानीमा आयोजित ‘३१ औं कार्गो डे’ लाई सम्बोधन गर्दै उनले खुला सीमाका कारणले चोरी निकासी भइरहेको र कराडौं राजश्व समेत गुमिरहेको बताएका हुन् । मन्त्री भण्डारीकाअनुसार खुला सीमाका कारण बढिरहेको चुनौतीका बारेमा

३२ लाख नेपाली अझै टुजीमै, फ्रि वाइफाइमाथि कडाइ गर्दै सरकार

काठमाडौँ। अझै पनि टुजीमा रमाउने नेपालीहरुको संख्यामा कमी आउन नसकेको सरकारी तथ्यांकले नै देखाएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले हालै सार्वजनिक गरेको तथ्यांक अनुसार ३२ लाख भन्दा बढि नेपाली टुजीका प्रयोगकर्ता रहेका छन् । प्राधिकरणले उपलब्ध गराएको तथ्यांकमा थ्री जी भन्दा टुजी चलाउनेहरु करिव तेब्बर रहेको देखिएको छ । गत

स्वास्थ्यमन्त्री पौडेलको गुनासोः सरकारले जनशक्ति स्वीकृति दिँदैन, डाक्टर रमाना बुझ्दै

काठमाडौँ। स्वास्थ्यमन्त्री प्रदीप पौडेलले सरकारले स्वीकृति नदिँदा स्वास्थ्य क्षेत्रमा जनशक्ति थप्ने योजना अलपत्र परेको बताएका छन् । मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा स्वास्थ्यमन्त्री पौडेलले आफू मन्त्री भएपछि तीनपटक जनशक्ति थप्ने प्रश्ताव अगाडि बढाएपनि मन्त्रिपरिषद्बाट स्वीकृत नभएको गुनासो गरेका हुन् । उनले देशभरका संघीय अस्पतालको जनशक्ति जम्मा २६ सय जनामात्रै रहेको

मासिक नियुक्ति कार्यान्वयन नहुँदा विद्युत प्राधिकरणका दैनिक ज्यालादारी कर्मचारी आन्दोलित

काठमाडौँ। नेपाल विद्युत प्राधिकरणमा लामो समयदेखि दैनिक ज्यालादारीमा कार्यरत कर्मचारीहरू आन्दोलनमा उत्रिएका छन् । दैनिक ज्यालादारीमा काम गरिरहेका कर्मचारीलाई मासिक ज्यालादारीमा नियुक्ति दिने पटक–पटकको सहमति र सम्झौता कार्यान्वयन नभएपछि दैनिक ज्यालादारी कर्मचारी संघर्ष समितिको अगुवाईमा उनीहरु कालोपट्टी बाँधेर प्राधिकरणको केन्द्रीय कार्यालय अगाडि धर्नामा बसेका हुन् । नेपाल विद्युत प्राधिकरण सञ्चालक

सम्वन्धित समाचारहरु