Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

मासिक नियुक्ति कार्यान्वयन नहुँदा विद्युत प्राधिकरणका दैनिक ज्यालादारी कर्मचारी आन्दोलित


काठमाडौँ। नेपाल विद्युत प्राधिकरणमा लामो समयदेखि दैनिक ज्यालादारीमा कार्यरत कर्मचारीहरू आन्दोलनमा उत्रिएका छन् ।

दैनिक ज्यालादारीमा काम गरिरहेका कर्मचारीलाई मासिक ज्यालादारीमा नियुक्ति दिने पटक–पटकको सहमति र सम्झौता कार्यान्वयन नभएपछि दैनिक ज्यालादारी कर्मचारी संघर्ष समितिको अगुवाईमा उनीहरु कालोपट्टी बाँधेर प्राधिकरणको केन्द्रीय कार्यालय अगाडि धर्नामा बसेका हुन् । नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिले २०८० साउन ३१ गतेको ९४९औं बैठकमा दैनिक ज्यालादारी कर्मचारीहरूलाई मासिक ज्यालादारीमा नियुक्त गर्ने निर्णय गरिसकेको भएपनि उक्त निर्णय अहिलेसम्म कार्यान्वयन भएको छैन । उक्त निर्णय तत्काल कार्यान्वयन गर्नुपर्ने उनीहरुको माग छ । संघर्ष समितिका सदस्य तथा हेलम्बु वितरण केन्द्रमा कार्यरत कर्मचारी गणेशप्रसाद खतिवडाले आफ्ना मागहरु सम्बोधन नभए आन्दोलन थप चर्कोउने चेतावनी दिए । निर्णय कार्यान्वयन गर्न नसकिने भए औपचारिक रूपमा खारेज गर्न गरेर आफूहरुलाई घर फर्काउनुपर्ने उनको माग छ । उनले दैनिक ज्यालादारीमा कार्यरत कर्मचारीहरुलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गर्न समेत माग गरे ।

उनले भने, ‘९४९औं सञ्चालक समिति बैठकबाट भएको निर्णय किन कार्यान्वयन गरिएन ? यदि त्यो निर्णय सही थिएन भने किन गरियो । यदि सही थियो भने त्यो निर्णय किन कार्यान्वयन भएन ? त्यो निर्णय कार्यान्वयन गरेर हामीलाई नियुक्तिपत्रसहित उचित व्यवस्थापन गर्नुहोस् भन्ने हाम्रो माग हो । हिजो भएको सहमतिअनुसार प्राधिकरणको व्यवस्थापनले नियुक्तिपत्र दिन्छ भने भोलिदेखि हामी कार्यालयमा फर्किन पनि सक्छौं । नभए हामी वार कि पार युद्धमा भएको कारण यो निर्णय कार्यान्वयन हुनुपर्यो नभए यो निर्णय बोर्ड बैठकबाट खारेज गर्नुपर्यो । त्यसो निर्णय भभएको खण्डमा ज्यालादारी कर्मचारीहरु घर फर्क भन्ने हो । त्यसो भएको खण्डमा पनि हामीलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गरियोस् । यदि अब यो निर्णय कार्यान्वयन भएन भने हामी अनिश्चितकालीन धर्नामा बस्न पनि तयार छौं ।’

आफ्ना मागहरु पुरा नभएसम्म काम ठप्प पार्दै कालोपट्टीसहित अनिश्चितकालीन धर्नामा बस्ने उनको चेतावनी छ ।


प्रकाशित मिति: १३ श्रावण २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?