Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

जनकपुरधाममा खुकुरी आक्रमणबाट एक किशोरीको मृत्यु


काठमाडौँ। जनकपुरधाम–४ स्थित एक डेरामा गएराति भएको खुकुरी आक्रमणमा एक किशोरीको मृत्यु भएको छ ।

मृतककी आमा र भतिजी गम्भीर घाइते भएका छन् । घटनामा संलग्न आरोपित फरार रहेको प्रहरीले बताएको छ । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–९, इच्छापुरका ३५ वर्षीय रामबाबु साहले जनकपुरधामस्थित स्वर्गीय सूर्यनन्द चौधरीको एकतले पक्की घरमा डेरा गरी बस्दै आएकी अञ्जलीकुमारी यादवको खुकुरी प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । घटना राति करिव साढे ११ बजे भएको हो ।

प्रहरीकाअनुसार घटनास्थलमै अञ्जलीको ज्यान गएको थियो भने उनको आमा आशा देवी यादव र १४ वर्षीया भतिजी राधा यादव गम्भीर घाइते भएका छन् । दुवैलाई जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ । आरोपी साह यसअघि आफ्नै श्रीमतीको हत्या आरोपमा पाँच वर्ष जेल सजाय भोगी छुटेका व्यक्ति रहेको प्रहरी श्रोतले जनाएको छ । अहिले फरार रहेका आरोपी साहको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।


प्रकाशित मिति: १३ श्रावण २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?