Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

जनकपुरधाममा खुकुरी आक्रमणबाट एक किशोरीको मृत्यु


काठमाडौँ। जनकपुरधाम–४ स्थित एक डेरामा गएराति भएको खुकुरी आक्रमणमा एक किशोरीको मृत्यु भएको छ ।

मृतककी आमा र भतिजी गम्भीर घाइते भएका छन् । घटनामा संलग्न आरोपित फरार रहेको प्रहरीले बताएको छ । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–९, इच्छापुरका ३५ वर्षीय रामबाबु साहले जनकपुरधामस्थित स्वर्गीय सूर्यनन्द चौधरीको एकतले पक्की घरमा डेरा गरी बस्दै आएकी अञ्जलीकुमारी यादवको खुकुरी प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । घटना राति करिव साढे ११ बजे भएको हो ।

प्रहरीकाअनुसार घटनास्थलमै अञ्जलीको ज्यान गएको थियो भने उनको आमा आशा देवी यादव र १४ वर्षीया भतिजी राधा यादव गम्भीर घाइते भएका छन् । दुवैलाई जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ । आरोपी साह यसअघि आफ्नै श्रीमतीको हत्या आरोपमा पाँच वर्ष जेल सजाय भोगी छुटेका व्यक्ति रहेको प्रहरी श्रोतले जनाएको छ । अहिले फरार रहेका आरोपी साहको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।


प्रकाशित मिति: १३ श्रावण २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?