काठमाडौँ। नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत आर्थिक गतिविधिलाई चलायमान बनाउन सक्नुपर्ने बताए। उनले अर्थतन्त्रको समस्या आर्थिक गतिविधि संकुचित हुनु रहेको बताउँदै उनले आगामी बजेट आर्थिक गतिविधिलाई चलायमान बनाउने खालको आउनुपर्ने बताए । उनले अनुसार यसपटकको बजेटलाई निजी क्षेत्रले यथार्थपरक बजेट आउनुपर्नेमा
काठमाडौँ। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गणतन्त्रसहित धर्मनिरपेक्ष, समानुपातिक र समावेशिताको प्रभावकारी कार्यान्वयनमा नेपाली काँग्रेस दृढ रहेको बताएका छन् । बुधवार पार्टी केन्द्रिय कार्यालयमा पार्टी निकट नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ, केन्द्रीय समितिको अभियान अन्तर्गत बागमती प्रदेशद्वारा आयोजित प्रदेश स्तरीय संगठनात्मक क्षमता अभिवृद्धि तथा सशक्तिकरण एवं प्रशिक्षक प्रशिक्षण कार्यक्रमको समुद्घाटन
काठमाडौं। राप्रपा नेपालका अध्यक्ष कमल थापाले राष्ट्रिय सहमति भए ज्ञानेन्द्र शाहको विकल्पमा हृदयेन्द्र शाहलाई राजा बनाउन सकिने बताएका छन् । १५ जेठका लागि घोषित आन्दोलनका विषयमा सम्पादकहरूसँग भएको छलफलमा बोल्दै उनले ज्ञानेन्द्र शाहको विकल्पमा जान सकिने बताए । उनले भने, ‘यदि ज्ञानेन्द्र शाहलाई वृद्ध भयो भन्नुहुन्छ भने विकल्पमा जान तयार
म्याग्दी (बेनी) । म्याग्दीको धवलागिरी गाउँपालिका–३ मुनास्थित दरखोला जलविद्युत् आयोजनामा सडक खन्ने क्रममा पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ। जलविद्युत् आयोजनाको पाइपलाइनका लागि निर्माणाधीन कुनौटा–दर शिलबाङ मोटरबाटो खन्ने क्रममा खसेको पहिरोमा पुरिएर एक्साभेटर चालक ३२ वर्षीय खेमराज कुमालको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। स्याङ्जाको चापाकोट नगरपालिका–८ घर भएका
काठमाडौं । राजावादीहरूले १५ जेठमा राजा फर्काउने आह्वानसहित घोषणा गरेका आन्दोलनको कार्यक्रमलाई प्रधानमन्त्रीले भड्काउन खोजेको आरोप राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले लगाएका छन् । मंगलबार सम्पादकहरूसँगको छलफलमा अध्यक्ष लिङ्देनले संविधानले दिएको स्वतन्त्रता सरकारले कुन्ठित गर्न खोजेको उनको आरोप लगाएका छन् । उनले भने,‘हामीले रत्नपार्कबाट कार्यक्रम गर्ने भन्दा
काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा टोखा नगरपालिका बस्ने खोटाङ वराहपोखरी गाउँपालिका-५ घर भएकी ३४ वर्षीया सम्झना राईलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । सम्झनाले क्यानडा पठाइदिन्छु भन्दै १ जना पीडितबाट ७ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा
रूपन्देही । बुटवल उपमहानगरपालिका-११ बुद्धनगरस्थित श्रमिक पथ बस्ने ५० वर्षीय राजन थापाको घरमा जुवातास खेलिरहेको अवस्थामा राजन समेत ७ जनालाई सोमबार दिउसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बुटवल र वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४३ हजार ७ सय ६० रूपैयाँ र ३ बुक तास सहित
काठमाडौं । नेपाल टेलिकम बाजुरा कार्यालयको जिप बाजुराको जगन्नाथ गाउँपालिका–२ काँडाकोटमा दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । सदरमुकामबाट टेलिकमको टावर मर्मतका लागि जगन्नाथ गाउँपालिकातर्फ गइरहेका बेला कार्यालयको बा.५ च २२०९ नम्बरको जिप सडकबाट ८० मिटर तल खसेर दुर्घटना भएको हो । प्रहरीका अनुसार
काठमाडौँ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। साथै बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ । महाशाखाका अनुसार आज राती कोशी प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान तर्फको प्रस्थान ह्याण्ड ब्यागेज चेकिङ एरियाबाट अवैध रूपमा बाह्य मुलुकतर्फ लैजान लागेको अमेरिकी डलर २० हजार सहित आर्मेनियाका नागरिक ४० वर्षीय उषाकोभ एन्ड्रीलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । टर्किस एयरलाइन्सको उडानद्वारा काठमाडौंबाट स्तानबुल जान लागेका उनलाई जाँच गर्ने क्रममा उनको साथमा रहेको