Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
६ कार्तिक २०८३, बिहीबार
६ कार्तिक २०८३, बिहीबार

आदिवासी जनजातिहरुलाई बढी भन्दा बढी पार्टीमा आवद्ध गराउनुपर्छः सभापति देउवा


काठमाडौँ। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आदिवासी जनजातिहरुलाई बढी भन्दा बढी पार्टीमा आवद्ध गराउनुपर्ने बताएका छन् ।

शुक्रवार पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले नेपाल सबै जातजातिको देश भएको र अझै यसलाई सुन्दर बनाउनुपर्ने बताए । उनले नेपालको मौलिकता भनेकै बहुलजाति भाषा, धर्म, संस्कृति रहेको बताए । उनले नेपालको पहिचान र संस्कृति जोगाउन आदिवासी जनजातिहरुको भुमिका महत्वपूर्ण रहेको बताए । आदिवासी जनजातिहरुको लागि काँग्रेसले गर्नुपर्ने आवश्यक सहयोग गर्न काँग्रेस तयार रहेको बताए ।

उनले भने, ‘यो सबै जातजातिको देश हो । यसलाई अझै सुन्दर बनाउनुपर्छ । यो हाम्रो मौलिकता हो । हाम्रले देशको पहिचान हो । आदिवासी जनजातिहरुले पहिचान जोगाउन महत्वपूर्ण छ । पहिचानसहितको राष्ट्र हो यो । नेपालका सम्पूर्ण आदिवासी जनजातिलाई बढी भन्दा बढी नेपाली काँग्रेसमा आवद्ध गराउनु होला । यो आग्रह गर्न चाहन्छु । यसका लागि नेपाली काँग्रेसले के गर्नुपर्छ त्यो सहयोग गर्नेछ ।’

सभापति देउवाले नेपाल सुन्दर देश भएको बताए । आदिवासी जनजातिहरुले नेपालको पहिचान जोगाउने काममा ठूलो महत्व पुयाएको बताए ।


प्रकाशित मिति: २ श्रावण २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?