Trending
>>   सहकारी पीडितको वचत फिर्तामा सरकार संवेदनशील, १ लाख मुनिकालाई प्राथमिकता >>   सरकारद्वारा चैत १९ मा संघीय संसदको अधिवेशन आह्वान गर्न सिफारिस, संविधान संशोधनका लागि कार्यदल गठन >>   सांसदहरुलाई पूर्णबहादुर खड्काले भने–‘संविधान संशोधनको मुद्दा उठेको छ, ख्याल गर्नुहोला’ >>   बालश्रम शोषणको आरोपमा सांसद रेखा शर्मा पक्राउ >>   राइड शेयरिङमा मनोमानी बढेको भन्दै ‘प्रो राइडर समूह’ आन्दोलित, प्रतिकिलोमिटर २७ रुपैयाँ भाडा तोक्न माग >>   सरकारको कार्ययोजनाः सार्वजनिक खरिद सुधारदेखि ऊर्जा निर्यात रणनीतिसम्म >>   ‘बखान’ उपन्यासलाई शहीद शिवप्रसाद पौडेल स्मृति राष्ट्रिय पुरस्कार >>   पीएसपीपी कार्यान्वयन गर्ने सरकारी निर्णयको निजी क्षेत्रबाट स्वागत >>   पूर्वप्रधानमन्त्री र गृहमन्त्रीको पक्राउः कानूनको शासन कि शक्तिको कानून ? >>   सरकारको कदम प्रतिशोधपूर्ण र घृणायुक्त, अध्यक्ष र पूर्व गृहमन्त्रीलाई तत्काल रिहा गरियोस्ः महेश बस्नेत
Logo
१७ चैत्र २०८२, मंगलवार
१७ चैत्र २०८२, मंगलवार

आदिवासी जनजातिहरुलाई बढी भन्दा बढी पार्टीमा आवद्ध गराउनुपर्छः सभापति देउवा


काठमाडौँ। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आदिवासी जनजातिहरुलाई बढी भन्दा बढी पार्टीमा आवद्ध गराउनुपर्ने बताएका छन् ।

शुक्रवार पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले नेपाल सबै जातजातिको देश भएको र अझै यसलाई सुन्दर बनाउनुपर्ने बताए । उनले नेपालको मौलिकता भनेकै बहुलजाति भाषा, धर्म, संस्कृति रहेको बताए । उनले नेपालको पहिचान र संस्कृति जोगाउन आदिवासी जनजातिहरुको भुमिका महत्वपूर्ण रहेको बताए । आदिवासी जनजातिहरुको लागि काँग्रेसले गर्नुपर्ने आवश्यक सहयोग गर्न काँग्रेस तयार रहेको बताए ।

उनले भने, ‘यो सबै जातजातिको देश हो । यसलाई अझै सुन्दर बनाउनुपर्छ । यो हाम्रो मौलिकता हो । हाम्रले देशको पहिचान हो । आदिवासी जनजातिहरुले पहिचान जोगाउन महत्वपूर्ण छ । पहिचानसहितको राष्ट्र हो यो । नेपालका सम्पूर्ण आदिवासी जनजातिलाई बढी भन्दा बढी नेपाली काँग्रेसमा आवद्ध गराउनु होला । यो आग्रह गर्न चाहन्छु । यसका लागि नेपाली काँग्रेसले के गर्नुपर्छ त्यो सहयोग गर्नेछ ।’

सभापति देउवाले नेपाल सुन्दर देश भएको बताए । आदिवासी जनजातिहरुले नेपालको पहिचान जोगाउने काममा ठूलो महत्व पुयाएको बताए ।


प्रकाशित मिति: २ श्रावण २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?