Trending
>>   हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चिएको कुरामा सत्यता छैन, २० करोड चाँही रहेछ : गृहमन्त्री गुरुङ >>   नेप्सेले उपलब्ध सबै उपकरणको कारोबार सञ्चालन गरिरहेको छः लीलाधर सुवेदी >>   नानिचासँगै यो वर्षको इन्द्र जात्रा सकियो(फोटो फिचर) >>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत >>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’
Logo
१४ आश्विन २०८३, बुधबार
१४ आश्विन २०८३, बुधबार

हिमालको संरक्षण र आदिवासी जनजातिका आवश्यकता सम्बोधन गर्न सरकार प्रतिवद्ध छः मन्त्री पाण्डे


काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले हिमालय क्षेत्रमा देखिएको जलवायु परिवर्तनको असर न्युनिकरण र आदिवासी जनजातिका आवश्यकता सम्बोधनका लागि सरकार गम्भीर रूपमा अघि बढ्ने बताएका छन् ।

शुक्रवार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको स्थापना दिवस कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले यस्तो बताएका हुन् । बढ्दो तापक्रम वृद्धिका कारण हिमालहरु पग्लिन थालेको उल्लेख गर्दै उनले हिमालको संरक्षणमा सरकारको ध्यान जानु जरुरी रहेको बताए । उनले संस्कृति मन्त्रालयको नेतृत्वमा रहँदा आदिवासी जनजातिका आवश्यकता सम्बोधन हुनेगरी नीति, कानुन र संरचना तयार पार्ने प्रतिवद्धता पनि व्यक्त गरे ।

उनले भने, ‘जलवायु परिवर्तनका असरहरु रक्षा गर्ने, हिमालहरु काला भइरहेका छन्, तामक्रमले हिमालमा गरिरहेको असरलाई कम गर्ने दिशामा सरकार अगाडी बढ्नुपर्छ । हामीले गौरव गर्नुपर्ने विषयहरु नेपाल हिमालका नामले चिनिन्छ, हिमाल शेर्पाका नामले चिनिन्छ । शेर्पाले हिमाललाई चिनाएका छन् । म सभापतिज्युलाई साक्षी राखेर के भन्छु भने संस्कृति मन्त्रालयको हामीले नेतृत्व लिएको समयमा हामी राम्रो नीति पनि बनाउँछौं । जसले गर्दा आदिवासी, जनजातीका आवश्यकताहरुलाई सम्बोधन गर्नेगरी हाम्रा नीति, कानून र संरचना पनि बन्नेछन् । हाम्रा संरचनालाई पनि हामी परिचालन गर्नेछौं । ति संरचनामा राम्रो संंस्कार र प्रवृीत्त बसाल्नेगरी हामी बढ्नेछौं ।’

उनले सबै समूदायको संस्कृति र सभ्यता संरक्षका लागि सबैको समन्वय र सहकार्य आवश्यक रहेको पनि बताए ।


प्रकाशित मिति: २ श्रावण २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?