Trending
>>   लघुवित्तले बिना धितो ऋण दिएर गरिबी घटायोः उपाध्यक्ष श्रेष्ठ >>   सञ्चारमन्त्रीलाई देउवाले भनेः काँग्रेसको प्राथमिकता संसद पुनःस्थापना होइन, निर्वाचन हो >>   प्रधानमन्त्रीलाई विप्लवको प्रश्नः चुनाव गर्न चाहेको को कि युद्ध ? >>   ‘निर्वाचन हुन्छ कि हुँदैन’ भन्ने बहस सकियोः रामप्रसाद भण्डारी >>   विप्लव नेतृत्वको माओवादीले शुरु गर्‍यो आन्दोलन >>   निर्वाचनसम्बन्धी गतिविधिबारे जानकारी दिन निर्वाचन आयोगमा मिडिया सेन्टर स्थापना >>   नेपालको छवि राम्रो बनाउन काम गर्नेछुः मन्त्री शर्मा >>   राष्ट्रिय सभाको बैठक सिंहदरबारमा बस्ने, कृषि समितिको हल तयार पारिँदै >>   जेन–जी आन्दोलनले संविधानको मर्मलाई सुदृढ बनाउने अवसर दिएको छः उपराष्ट्रपति यादव >>   विद्युतीय प्रशारण लाइनको तारमुनिको जग्गाको कित्ताकाट गर्न पाइने
Logo
११ पुष २०८२, शुक्रबार
११ पुष २०८२, शुक्रबार

हिमालको संरक्षण र आदिवासी जनजातिका आवश्यकता सम्बोधन गर्न सरकार प्रतिवद्ध छः मन्त्री पाण्डे


काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले हिमालय क्षेत्रमा देखिएको जलवायु परिवर्तनको असर न्युनिकरण र आदिवासी जनजातिका आवश्यकता सम्बोधनका लागि सरकार गम्भीर रूपमा अघि बढ्ने बताएका छन् ।

शुक्रवार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको स्थापना दिवस कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले यस्तो बताएका हुन् । बढ्दो तापक्रम वृद्धिका कारण हिमालहरु पग्लिन थालेको उल्लेख गर्दै उनले हिमालको संरक्षणमा सरकारको ध्यान जानु जरुरी रहेको बताए । उनले संस्कृति मन्त्रालयको नेतृत्वमा रहँदा आदिवासी जनजातिका आवश्यकता सम्बोधन हुनेगरी नीति, कानुन र संरचना तयार पार्ने प्रतिवद्धता पनि व्यक्त गरे ।

उनले भने, ‘जलवायु परिवर्तनका असरहरु रक्षा गर्ने, हिमालहरु काला भइरहेका छन्, तामक्रमले हिमालमा गरिरहेको असरलाई कम गर्ने दिशामा सरकार अगाडी बढ्नुपर्छ । हामीले गौरव गर्नुपर्ने विषयहरु नेपाल हिमालका नामले चिनिन्छ, हिमाल शेर्पाका नामले चिनिन्छ । शेर्पाले हिमाललाई चिनाएका छन् । म सभापतिज्युलाई साक्षी राखेर के भन्छु भने संस्कृति मन्त्रालयको हामीले नेतृत्व लिएको समयमा हामी राम्रो नीति पनि बनाउँछौं । जसले गर्दा आदिवासी, जनजातीका आवश्यकताहरुलाई सम्बोधन गर्नेगरी हाम्रा नीति, कानून र संरचना पनि बन्नेछन् । हाम्रा संरचनालाई पनि हामी परिचालन गर्नेछौं । ति संरचनामा राम्रो संंस्कार र प्रवृीत्त बसाल्नेगरी हामी बढ्नेछौं ।’

उनले सबै समूदायको संस्कृति र सभ्यता संरक्षका लागि सबैको समन्वय र सहकार्य आवश्यक रहेको पनि बताए ।


प्रकाशित मिति: २ श्रावण २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?