Trending
>>   सहकारी पीडितको वचत फिर्तामा सरकार संवेदनशील, १ लाख मुनिकालाई प्राथमिकता >>   सरकारद्वारा चैत १९ मा संघीय संसदको अधिवेशन आह्वान गर्न सिफारिस, संविधान संशोधनका लागि कार्यदल गठन >>   सांसदहरुलाई पूर्णबहादुर खड्काले भने–‘संविधान संशोधनको मुद्दा उठेको छ, ख्याल गर्नुहोला’ >>   बालश्रम शोषणको आरोपमा सांसद रेखा शर्मा पक्राउ >>   राइड शेयरिङमा मनोमानी बढेको भन्दै ‘प्रो राइडर समूह’ आन्दोलित, प्रतिकिलोमिटर २७ रुपैयाँ भाडा तोक्न माग >>   सरकारको कार्ययोजनाः सार्वजनिक खरिद सुधारदेखि ऊर्जा निर्यात रणनीतिसम्म >>   ‘बखान’ उपन्यासलाई शहीद शिवप्रसाद पौडेल स्मृति राष्ट्रिय पुरस्कार >>   पीएसपीपी कार्यान्वयन गर्ने सरकारी निर्णयको निजी क्षेत्रबाट स्वागत >>   पूर्वप्रधानमन्त्री र गृहमन्त्रीको पक्राउः कानूनको शासन कि शक्तिको कानून ? >>   सरकारको कदम प्रतिशोधपूर्ण र घृणायुक्त, अध्यक्ष र पूर्व गृहमन्त्रीलाई तत्काल रिहा गरियोस्ः महेश बस्नेत
Logo
१७ चैत्र २०८२, मंगलवार
१७ चैत्र २०८२, मंगलवार

काँग्रेसले खुट्टा डग्मगाए आदिवासी–जनाजातिका मुद्दा सकिन्छन्ः महामन्त्री थापा


काठमाडौँ। नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले काँग्रेसको अस्तित्व र भुमिकालाई कमजोर पार्ने प्रयास भइरहेको भन्दै पार्टी कार्यकर्ताहरुलाई दृढका साथ अघि बढ्न आग्रह गरेका छन् ।

शुक्रवार पार्टी केन्द्रिय कार्यालय सानेपामा पार्टीनिकट लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै महामन्त्री थापाले यस्तो आग्रह गरेका हुन् । पछिल्लो समय काँग्रेसको बारेमा पार्टीले भन्दा पहिले अरुले टिप्पणी गर्ने गरेको भन्दै पार्टीको महत्व र आवश्यकताबारे आफैंले भन्नुपर्ने उनको भनाइ छ । महामन्त्री थापाले आदिवासी जनजाति समुदायले प्राप्त गरेका अधिकार र पहिचानको रक्षा गर्ने प्रमुख शक्ति नै नेपाली काँग्रेस रहेको दाबी गरे । उनले आदिवासी जनजातिको मुद्दामा काँग्रेस बाहेक अरु कुनैपनि पार्टी इमादार नरहेको उनको टिप्पणी छ ।

उनले भने, ‘अहिले हाम्रो सबैभन्दा ठुलो समस्या के भएको छ भने अहिले नेपाली काँग्रेसको बारेमा हामीभन्दा अरुले भनिदिएको छ । हामी को हौ भन्नेबारेमा हामीले भन्नै पाएका छैनौं । हामीभन्दा पहिले अरुले गएर भनिदिन्छ । यी पुराना हुन्, थोत्रा हुन् भनेर भनिदिने भए । अब हाम्रो बारेमा कसले भन्ने ? हामी आफैंले भन्ने हो । हामी नभएको भए के हुन्थ्यो ? र हामी नभयौं भने के हुन्छ अब ? यी कुराहरु महासंघले भनिदिनुपर्नेछ । नेपालको जनजाति र आदिवासीले प्राप्त गरेको अधिकार आजको दिनमा काँग्रेसले अलिकति खुट्टा डगमगाउने हो भने यो अधिकार सबै स्वहा भएर जान्छ । अरु कोही यो मुद्दाप्रति इमानदार छैन । हामी रातारात भित्तामा लेखेर यो ठाउँमा आएको होइन । हामी सिकेर आएको हो हामी आफ्नो मुद्दामा इमानदार छौं ।’

महामन्त्री थापाले आउँदो असोजसम्म पार्टी सदस्यता नविकरण गरिसक्ने समेत बताए । आउँदो मसिंरदेखि नयाँ सदस्यता वितरण गर्नेगरी काम भइरहेको उनको भनाइ छ ।


प्रकाशित मिति: २ श्रावण २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?