Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
६ कार्तिक २०८३, बिहीबार
६ कार्तिक २०८३, बिहीबार

काँग्रेसले खुट्टा डग्मगाए आदिवासी–जनाजातिका मुद्दा सकिन्छन्ः महामन्त्री थापा


काठमाडौँ। नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले काँग्रेसको अस्तित्व र भुमिकालाई कमजोर पार्ने प्रयास भइरहेको भन्दै पार्टी कार्यकर्ताहरुलाई दृढका साथ अघि बढ्न आग्रह गरेका छन् ।

शुक्रवार पार्टी केन्द्रिय कार्यालय सानेपामा पार्टीनिकट लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै महामन्त्री थापाले यस्तो आग्रह गरेका हुन् । पछिल्लो समय काँग्रेसको बारेमा पार्टीले भन्दा पहिले अरुले टिप्पणी गर्ने गरेको भन्दै पार्टीको महत्व र आवश्यकताबारे आफैंले भन्नुपर्ने उनको भनाइ छ । महामन्त्री थापाले आदिवासी जनजाति समुदायले प्राप्त गरेका अधिकार र पहिचानको रक्षा गर्ने प्रमुख शक्ति नै नेपाली काँग्रेस रहेको दाबी गरे । उनले आदिवासी जनजातिको मुद्दामा काँग्रेस बाहेक अरु कुनैपनि पार्टी इमादार नरहेको उनको टिप्पणी छ ।

उनले भने, ‘अहिले हाम्रो सबैभन्दा ठुलो समस्या के भएको छ भने अहिले नेपाली काँग्रेसको बारेमा हामीभन्दा अरुले भनिदिएको छ । हामी को हौ भन्नेबारेमा हामीले भन्नै पाएका छैनौं । हामीभन्दा पहिले अरुले गएर भनिदिन्छ । यी पुराना हुन्, थोत्रा हुन् भनेर भनिदिने भए । अब हाम्रो बारेमा कसले भन्ने ? हामी आफैंले भन्ने हो । हामी नभएको भए के हुन्थ्यो ? र हामी नभयौं भने के हुन्छ अब ? यी कुराहरु महासंघले भनिदिनुपर्नेछ । नेपालको जनजाति र आदिवासीले प्राप्त गरेको अधिकार आजको दिनमा काँग्रेसले अलिकति खुट्टा डगमगाउने हो भने यो अधिकार सबै स्वहा भएर जान्छ । अरु कोही यो मुद्दाप्रति इमानदार छैन । हामी रातारात भित्तामा लेखेर यो ठाउँमा आएको होइन । हामी सिकेर आएको हो हामी आफ्नो मुद्दामा इमानदार छौं ।’

महामन्त्री थापाले आउँदो असोजसम्म पार्टी सदस्यता नविकरण गरिसक्ने समेत बताए । आउँदो मसिंरदेखि नयाँ सदस्यता वितरण गर्नेगरी काम भइरहेको उनको भनाइ छ ।


प्रकाशित मिति: २ श्रावण २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?