Trending
>>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता
Logo
१३ माघ २०८२, मंगलवार
१३ माघ २०८२, मंगलवार

समाचार


तेस्रो पटक मन्त्रिपरिषद् विस्तार, कार्की सरकार अब १० सदस्यीय

काठमाडौँ । नवनियुक्त दुई मन्त्रीले शपथ लिएका छन्  । शितलनिवासमा आईतवार आयोजित विशेष कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष उनिहरुले शपथ लिएका हुन् । डा. सुधा गौतम र बब्लु गुप्ताले मन्त्रीको शपथ लिएका छन् । डा. गौतमले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र गुप्ताले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पाएका छन्  । प्रधानमन्त्री

पहिलो त्रैमासमाः ४ खर्ब ६८ अर्ब रुपैयाँको आयात, ७२ अर्ब ७८ करोड रुपैयाँको वस्तु निर्यात

काठमाडौँ। चालु आर्थिक वर्षको पहिलो त्रैमासमा आयात–निर्यात दुवै बढेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४ खर्ब ६८ अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा आयात यो अवधीमा १९.७९ प्रतिशतले बढेको हो । २०८१/८२ को पहिलो त्रैमासमा ३ खर्ब

चौतर्फी आलोचनापछि मन्त्रीको सूचीबाट खगेन्द्र सुनारको नाम हटाइयो

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले चौतर्फी आलोचना र मुद्दा विवादका कारण श्रममन्त्री सिफारिस खगेन्द्र सुनारको नाम मन्त्री सूचीबाट हटाएकी छन्। संस्कृति मन्त्री सिफारिस गणपतिलाल श्रेष्ठको पनि शपथ रोकिएको छ। स्वास्थ्यमा डा. सुधा शर्मा गौतम र खेलकुदमा बब्लु गुप्ता भने आजै शपथ लिँदैछन्।

यस्तो देखियो छठका लागि सजाइएका घाटहरु (फोटो फिचर)

काठमाडौँ। छठ पर्वको दोस्रो दिन आज खरना व्रतका रूपमा मनाइँदैछ । यो पर्व सूर्य देव र छठी मायाको पूजा–अर्चनासँग जोडिएको छ । जसले जीवनको उर्जा, स्वास्थ्य र समृद्धिको कामना गर्दछ । काठमाडौं उपत्यकामा विजेश्वरी मन्दिर, गौरीघाट, कमलपोखरी लगायतका घाटहरू रंगीचंगी सजावट हुँदैछ भने छठमा भक्तजनको भीड हुन्छ । छठ पर्व

छठको दोस्रो दिन आज खरना विधिः अस्ताउँदो सूर्यलाई खीर, रोटी, फलफूल र ठेकुवा चढाइँदै

काठमाडौँ। सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइँदैछ । छठ पर्वको दोस्रो दिन पर्ने खरना विधि आज व्रतालुहरूले विधिपूर्वक सम्पन्न गर्दैछन् । यस अवसरमा मधेस, तराई र मिथिलाञ्चलका गाउँ–शहरका पोखरी, नदीघाट र तालतलैयाहरू आकर्षक रूपमा सजाइएका छन् । स्थानीय बासिन्दा तथा युवाहरूले पोखरी

सिंचाईका १२ र सडकका थप ४० ठेक्का तोड्ने तयारीमा सरकार

काठमाडौँ। सरकारले धमाधम रुग्ण ठेक्का तोड्न थालेको छ । ठेक्का सम्झौता गर्ने तर समयमै काम सम्पन्न नभएका आयोजनाहरुको सरकारले ठेक्का तोड्न थालेको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय मातहतका निकायबाट ठेक्का तोड्न थालिएको छ । हालै मात्र सिंचाई मन्त्रालयले ठेक्का सम्झौता गरी काम नगरेर

दोषी देखिएमा प्रचण्डलाई पनि जेल हालियोस्ः जेन-जी रेडफोर्स संयोजक तिमिल्सिना

काठमाडौँ। नेकपा (माओवादी केन्द्र) निकट जेन—जी रेडफोर्स संयोजक स्मृति तिमिल्सिनाले माओवादी केन्द्रभित्र रहेको भ्रष्टाचार छानविन गर्न सरकारसँग माग गरेकी छिन् । जेन—जी रेडफोर्सका एजेण्डा सार्वजानिक गर्न आईतवार आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो माग गरेकी हुन्। उनले माओवादी केन्द्रमा पनि भ्रटाष्चार रहेको उल्लेख गर्दै उनले सरकारले छानविन गर्नुपर्ने बताइन् । छानविनका

२५ लाख ७६ हजार श्रमिकले सामाजिक सुरक्षा कोषमा जम्मा गरे ९३ अर्ब रुपैयाँ

काठमाडौँ। सामाजिक सुरक्षा कोषले सञ्चालन गर्दै आएको सुरक्षा योजना, सामाजिक सुरक्षा योजना र योगदानमा आधारित सामाजिक सुरक्षा योजना कोषमा सूचीकृत हुने श्रमिकको संख्या २५ लाख ७६ हजार ४७६ पुगेको छ । पछिल्लो समय कोषमा आवद्ध हुने श्रमिकको संख्या बढ्दै गएको हो । कोषकाअनुसार आवद्ध हुने योगदानकर्ता र रोजगारदाताको सूचिकरण तथा

सरकारलाई खबरदारी गर्दै जेन जेड युनाइटेड सडकमा (तस्बिरहरु)

काठमाडौँ। जेन–जी पुस्ताका युवाहरुलाई एकतावद्ध हुन र शहीदहरुको रगत नबिर्सन खबरदारी गर्दै माईतीघर मण्डलामा प्रदर्शन गरिएको छ । जेन–जी समूहरुलाई एकतावद्ध भई शहीदका सपनाहरु पूरा गर्न खबरदारी गर्न जेन–जेड युनाइटेडको नामबाट शुक्रवार माईतीघर मण्डलामामा प्रदर्शन गरिएको हो । प्रदर्शनमा बालबालिकाहरु र शहीद परिवारका सदस्यहरु पनि सहभागी छन् । प्रदर्शनकारीहरुले ‘राष्ट्र

जेन–जीका सपना मेटिँदै, शहीदको बलिदान खेर जाने भयो : शहीद तथा घाइते परिवार

काठमाडौँ। अन्तरिम सरकार जेन—जीका उद्देश्य पूरा गर्न नलागेको जेन—जी आन्दोलनका शहीद तथा घाइतेका परिवारहरुले आरोप लगाएका छन् । बिहीवार काठमाडौंको माईतीघर मण्डलामा दबाबमुलक कार्यक्रम आयोजना गर्दै उनीहरुले यस्तो आरोप लगाएका हुन् । दबाबमुलक कार्यक्रमा माईतीघर पुगेका  जेन—जी आन्दोलनका शहीद योगेन्द्र गौतमका मामा कमल सुवेदीले देशभरका जेन—जीहरु एक ढिक्का भएर लाग्नुपर्छ

सम्वन्धित समाचारहरु