Trending
>>   प्रतिक्रियावादीहरूसँग पञ्जा लडाउन तयार छौँः केपी ओली >>   नेपालका बाढीपीडितको सम्झनामा फ्राङ्कफर्टमा दीप प्रज्वलन >>   ‘युरेनियम, रणनीतिक र रेडियोधर्मी खनिजमा विभागले अहिलेसम्म अनुमति दिएको छैन’- नापित >>   प्रधानमन्त्री साहलाई गगन थापाको सुझाव– महासभामा नेपालको जलवायु मुद्दा प्रमाणसहित उठाउनू >>   ‘अमेरिकी दलालहरुले ३५ वर्षमा केही पनि गरेनन् भन्ने भाष्य निर्माण गरेर जनतालाई भ्रमित पारे’ >>   १३ देशका लागि राजदूत सिफारिस, भारतमा निश्चलनाथ र चीनमा कल्याणराज >>   सहकारीको ब्याजदर १३ प्रतिशतमा सीमित,सेवा शुल्क भन्दै थप पैसा पनि माग्न नमिल्ने ! >>   रास्वपाले दुवै सदनको मत जोडेर दुईतिहाइ पुर्‍याउने उद्देश्य राखेको छैन >>   संविधान कार्यान्वयन अझै अधुरो, अबको दशक पूर्ण कार्यान्वयनमा केन्द्रित हुनुपर्छ–अध्यक्ष दाहाल >>   समुन्द्री जैविक विविधता संरक्षणमा नेपालको सहभागिता आवश्यकः मन्त्री गौतम
Logo
३ आश्विन २०८३, शनिबार
३ आश्विन २०८३, शनिबार

रणनीतिक निकायहरू प्रधानमन्त्री कार्यालय मातहत नै हुनुपर्नेमा रास्वपाको जोड


रणनीतिक निकायहरू प्रधानमन्त्री कार्यालय मातहत नै हुनुपर्नेमा रास्वपाको जोड

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले सरकारका रणनीतिक निकायहरूलाई प्रधानमन्त्री कार्यालय मातहत नै राख्नुपर्ने बताएका छन् ।

राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक’ माथिको दफावार छलफलका क्रममा प्रमुख सचेतक बुर्लाकोटीले यस्तो बताएका हुन् । उनले सरकारले रणनीतिक महत्वका निकायहरूलाई आफू अनुकूल स्थानमा राखेर कार्यसम्पादन गर्न पाउनुपर्ने भन्दै यस विषयलाई सहज रूपमा लिन आग्रह गरेका छन् । छलफलका क्रममा बुर्लाकोटीले अहिले कार्यान्वयनको पद्धति (एक्जिक्युसन मोडालिटी) भन्दा पनि विधेयकको संशोधनका मुख्य बुँदाहरूमा मात्र केन्द्रित हुन सदस्यहरूको ध्यानाकर्षण गराएका छन् । सरकारी निकायहरूको प्रभावकारिताका विषयमा आगामी बैठकहरूमा विस्तृत छलफल गर्न सकिने उल्लेख गर्दै उनले अहिले विधेयकलाई अगाडि बढाउनेतर्फ लाग्नुपर्नेमा जोड दिएका छन् । यस्तै, सदनको बैठक समेत शुरु हुन लागेको सन्दर्भमा समितिको छलफललाई संक्षिप्त र परिणाममुखी बनाउनुपर्ने उनको भनाइ छ ।

उनले भने, ‘मेरो तीनवटा सुझाव छन् । पहिलो, सदन सुरु हुन लागेको र धेरै विषय दोहोरिन थालेकाले अब छलफललाई संक्षिप्त र केन्द्रित बनाऔँ । दोस्रो, आजको छलफल विधेयक र त्यसका संशोधनमा मात्र सीमित गरौँ । कार्यान्वयनको प्रभावकारिताबारे छुट्टै बैठकमा विस्तृत छलफल गर्न सकिन्छ । अहिले त्यसतर्फ जाँदा मूल विषयबाट विमुख हुने अवस्था आउन सक्छ । तेस्रो, यो सरकारको रणनीतिक निकाय भएकाले आवश्यकताअनुसार कुन मन्त्रालय वा निकायअन्तर्गत राख्ने भन्ने निर्णय गर्ने अधिकार सरकारकै हुनुपर्छ । त्यसैले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत राख्ने सरकारको प्रश्तावलाई सहज रूपमा स्वीकार गरी यसमा अनावश्यक समय खर्च नगर्नु उपयुक्त हुन्छ ।’

बैठकमा नेपाल विशेष सेवा ऐन संशोधनका साथै कार्यविधि मस्यौदा तर्जुमा उपसमितिको प्रतिवेदनका सम्बन्धमा समेत छलफल भएको हो ।


प्रकाशित मिति: १९ श्रावण २०८३, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?