Trending
>>   सुदूरपश्चिम रोयल्सको दोस्रो जित >>   सात जना नेपाली खेलाडीमा जिताउने क्षमता छ: करण केसी >>   काँग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रिय कार्यसमिति अद्यावधिक गर्न निर्वाचन आयोग पुग्यो >>   नियुक्ति सिफारिस पारदर्शी बनाउन सरकारलाई निर्देशन दिन्छौँः सभापति श्रेष्ठ >>   विचौलिया प्रकरणमा सरकार आफैँ मुछिएको छ, यसको स्वतन्त्र छानविन सरकारले गर्न सक्दैनः महामन्त्री पौडेल >>   प्रेस स्वतन्त्रतामाथि गरिएको हस्तक्षेपको छानविन गर्न संसदीय विशेष समिति बनाउन काँग्रेसको माग >>   फिनटेक नवप्रवर्तनलाई प्रोत्साहन गर्न राष्ट्र बैंकले अनुकूल वातावरण बनाइरहेको छः गभर्नर पौडेल >>   राज्य सञ्चालन बालबालिकाको भाँडाकुटी बन्योः शंकर पोखरेल >>   भोटेकोशी बाढीबारे चीनले तत्काल सूचना दिएको थिएनः परराष्ट्र सचिव राई >>   न्यायाधीशमाथी महाभियोग लगाउने विषयमा काँग्रेसले तत्काल धारणा सार्वजनिक नगर्ने :भीष्मराज आङदेम्बे
Logo
१७ कार्तिक २०८३, मंगलवार
१७ कार्तिक २०८३, मंगलवार

हर्क साम्पाङको प्रश्न– यो कानूनी राज्य हो कि जंगली राज्य ?


हर्क साम्पाङको प्रश्न– यो कानूनी राज्य हो कि जंगली राज्य ?

काठमाडौँ। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले जनकपुर भ्रमणका क्रममा आफूलाई एउटा समूहले प्रवेश निषेध गर्न खोजेको घटनाप्रति आपत्ति जनाउँदै कानूनी राज्यमा सबै नागरिकलाई देशको जुनसुकै क्षेत्रमा निर्वाध रूपमा आवतजावत गर्न पाउने अधिकार भएको बताएका छन् ।

मंगलवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले साउन पाँच गते जनकपुरको जानकी मन्दिर प्रवेश गर्ने क्रममा श्रम संस्कृति पार्टीका कार्यकर्ता हिन्दु सम्राट सेनाका कार्यकर्ताबाट लखेटिएका थिए । अध्यक्ष राईले उक्त घटनाको छानविन गरि दोषीलाई कानूनी कारबाही गर्न गृहमन्त्रीको ध्यानाकर्षण गराइसकेको पनि बताएका छन् । उनले मेरो घरको छेउमा नआइजा, मेरो बाटो नहिँड भन्ने खालको व्यवहार भइरहेको उल्लेख गर्दै यो कानूनी राज्य हो कि जंगली राज्य भन्दै प्रश्न गरेका छन् । उनले संसद सहमतिको थलो भएपनि सरकारले संसदलाई अपमानित गरिरहेको आरोप पनि लगाएका छन् । सीमासम्बन्धी विषयमा प्रधानमन्त्री बालेन्द्र साहले जवाफ दिनैपर्ने जिकिर पनि गरेका छन् । उनले सभामखु अर्यालले प्रधानमन्त्री रुलिङ नगरेको भन्दै तपाईंलाई पनि नेपालले भारतको भूमि मिच्छ भन्ने लागेको हो ? भन्दै प्रश्न गरेका छन् ।

उनले भने, ‘राज्य भनेको सहमतिजस्तो लाग्छ । हामी सबैले मिलेर यस्तो गरौँ भनेर सरसल्लाहजस्तो लाग्छ । सहमति जुटाउनको लागि हामी यहाँ बोल्छौँ होला । हामीले संसदमा बोलिरहेका कुराहरु सरकारले कति गम्भीर भएर सुनिरहेको छ ? सुनेपछि त्यसलाई कार्यान्वयनमा देखाउनुपर्छ । म यो पनि आग्रह गर्न चाहन्छु । म चाँही यो देश कानूनी राज्य हो जस्तो ठाँन्छु । त्यही भएर हामी यहाँ उपस्थित छौँ । एउटा सांसद, पूर्वको होस् वा पश्चिमको देशको जुनसुनै ठाउँमा निर्वाद रुपमा घुमफिर गर्न पाउने अधिकार हुनु जरुरी छ । जनकपुर जाँदाखेरी जसरी एउटा समूहले त्यहाँ निषेध गर्ने कोशिस गरे ? यो कस्तो राज्य हो मलाई त अचम्म लागिरहेको छ । कानूनी राज्य हो कि जंगली राज्य ? मेरो घरको छेउमा नआइजा, मेरो बाटो नहिँड भन्ने खालको व्यवहार भइरहेको छ । २०८३ सालको साउन पाँच गते हाम्रा श्रमदातामाथि अज्ञात समूहद्वारा कुटपिट पनि भएको छ । यस विषयमा मैले गृहमन्त्रीज्यूलाई भनेको पनि छु ।’

उनले मुलुकको सीमा सुरक्षाको विषयमा सरकार गम्भीर नभएको आरोप लगाएका छन् ।


प्रकाशित मिति: १९ श्रावण २०८३, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?