Trending
>>   नेपालका बाढीपीडितको सम्झनामा फ्राङ्कफर्टमा दीप प्रज्वलन >>   ‘युरेनियम, रणनीतिक र रेडियोधर्मी खनिजमा विभागले अहिलेसम्म अनुमति दिएको छैन’- नापित >>   प्रधानमन्त्री साहलाई गगन थापाको सुझाव– महासभामा नेपालको जलवायु मुद्दा प्रमाणसहित उठाउनू >>   ‘अमेरिकी दलालहरुले ३५ वर्षमा केही पनि गरेनन् भन्ने भाष्य निर्माण गरेर जनतालाई भ्रमित पारे’ >>   १३ देशका लागि राजदूत सिफारिस, भारतमा निश्चलनाथ र चीनमा कल्याणराज >>   सहकारीको ब्याजदर १३ प्रतिशतमा सीमित,सेवा शुल्क भन्दै थप पैसा पनि माग्न नमिल्ने ! >>   रास्वपाले दुवै सदनको मत जोडेर दुईतिहाइ पुर्‍याउने उद्देश्य राखेको छैन >>   संविधान कार्यान्वयन अझै अधुरो, अबको दशक पूर्ण कार्यान्वयनमा केन्द्रित हुनुपर्छ–अध्यक्ष दाहाल >>   समुन्द्री जैविक विविधता संरक्षणमा नेपालको सहभागिता आवश्यकः मन्त्री गौतम >>   महाधिवेशनमा सबैलाई समेट्न काँग्रेसले अन्तिम समयसम्म पहल गर्ने
Logo
२ आश्विन २०८३, शुक्रबार
२ आश्विन २०८३, शुक्रबार

मधेसमा आन्दोलन हुँदा सधैं गोली मात्रै किन चल्छ ? डा. अमेरशकुमार सिंह


मधेसमा आन्दोलन हुँदा सधैं गोली मात्रै किन चल्छ ?

काठमाडौँ।सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. अमेरशकुमार सिंहले मधेसमा कुनै घटना घटनासाथ किन गोली चल्छ ? भन्दै राज्यसँग प्रश्न गरेका छन् ।

प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै उनले यस्तो प्रश्न गरेका हुन् । उनले मधेश प्रदेशमा साम्प्रदायिक तनाव, थारुहट आन्दोलन तथा मधेश आन्दोलनको समयमा समेत कुनै घटना घटनासाथ सिधै गोली चल्ने गरेको उल्लेख गर्दै प्रहरीको लागि लाठी र अँश्रुग्याँसको व्यवस्था किन गरिँदैन ? भन्दै प्रश्न गरेका छन् । उनले आन्दोलन तथा दंगा नियन्त्रणमा कस्तो सुरक्षा व्यवस्था गर्ने भन्ने विषयमा सुरक्षा निकायलाई उचित तालिमको व्यवस्था गर्न समेत सरकारसँग माग गरेका छन् । उनले प्रहरीको लागि लाठी र अँश्रुग्याँसको व्यवस्था गर्न समेत सरकारलाई आग्रह गरेका छन् । उनले मुलुकमा सामाजिक सद्भाव कायम गर्न समेत सबैमा अपिल गरेका छन् । उनले अहिलेको आवश्यकता समूदाय समूदाय एकआपसमा लड्ने नभई मुलुकमा विद्यमान गरिवीसँग लड्ने रहेको बताएका छन् ।

उनले भने,‘म यो सदनमार्फत सबैलाई अपिल गर्न चाहन्छु, अहिले हाम्रो आवश्यकता सामाजिक सद्भाव कायम गर्ने र गरिवीसँग लड्ने हो । पछौटापनसँग लड्ने हो, असमानतासँग लड्ने हो । समूदाय समूदायबीच लड्ने समय होइन । सुनसरीको घटनामा हाम्रो पार्टी सभापतिबाट भएको अग्रसरता सराहनीय छ त्यसको लागि उहाँलाई धन्यावाद दिन चाहन्छु । म त्यही भूगोल र त्यही समूदायको सांसद हो । प्रधानमन्त्रीले पनि ढिलै भएपनि राष्ट्रको नाममा सम्बोधन गर्नुभयो । जुन पहिल्यै गर्नुपर्ने थियो । तर साथसाथै म यहाँ प्रश्न पनि गर्न चाहन्छु, खम २०६३ देखि सांसद छु । मेरो प्रश्न राज्यसँग छ, मधेशमा साम्प्रदायिक, थारुहट तथा मधेश आन्दोलन हुन्छ, त्यहाँ गोलीमात्र किन चल्छ ? त्यहाँ लाठी र टियर ग्याँस किन चल्दैन ? नेपालबाहेक दुनियमा कुनैपनि देशमा पुलिसलाई एसएलआर दिइँदैन, नेपालमा मात्र दिइन्छ । या त प्रहरीलाई टे«निङ पुगेन या सुरक्षा निकायको मनोविज्ञान नै यस्तै हो ? कि जाने बित्तिके गोली ठोक्छ । म सरकारसँग आग्रह गर्न चाहान्छु, लाठी चार्ज र टियरग्यासको व्यवस्था गरोस् । न कि सिधै गोली हानोस् ।’

उनले अगामी दिनमा धार्मिक तथा साम्प्रदायिक दंगा हुन नदिने कुरामा राज्य सचेत हुनुपर्नेमा समेत जोड दिएका छन् ।


प्रकाशित मिति: १९ श्रावण २०८३, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?