Trending
>>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ >>   सबै दलहरु असफल भइसके, यस्तो बेला राप्रपाले मात्र देशलाई निकास दिनसक्छः अध्यक्ष लिङदेन >>   माओवादी आन्दोलनको आवश्यकता अझै छ, यसलाई नयाँ पुस्ताले पुनर्गठन गर्नुपर्छः जनार्दन शर्मा >>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे >>   नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी >>   प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ >>   नागरिकको विश्वास नै प्रहरीको वास्तविक शक्ति होः आईजीपी कार्की
Logo
२७ आश्विन २०८३, मंगलवार
२७ आश्विन २०८३, मंगलवार

समाचार


ओलीको चेतावनीः ‘एमाले नेतृत्वमाथि छोएको दिन सरकार ढाल्छौँ, देश ठप्प पार्छौं’

काठमाडौँ। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेतृत्वमाथि हात हाले देश ठप्प पार्ने चेतावनी दिएका छन् । बिहीवार पार्टी शपथग्रहण लगत्तै पार्टी कार्यकर्तालाई काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टी नेतृत्वमाथि भौतिक आक्रमण गर्ने पञ्चायतकालीन कूकर्मको थालनि गरिएको उल्लेख गर्दै आन्दोलनको लागि तयार रहन पार्टी कार्यकर्तालाई निर्देशन समेत दिएका छन्

एमाले अध्यक्षमा केपी शर्मा ओली तेस्रो पटक निर्वाचित

काठमाडौँ। नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनबाट केपी शर्मा ओली लगातार तेस्रो कार्यकालका लागि पार्टी अध्यक्षमा निर्वाचित भएका छन् । काठमाडौंको भृकुटीमण्डपमा सम्पन्न महाधिवेशनको मतपरिणामअनुसार ओलीले १ हजार ६ सय ६३ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी ईश्वर पोखरेलले ५ सय ६४ मत मात्र प्राप्त गरेका छन् ।

दोहोराे मित्रताका प्रतीक बने खगेन्द्रप्रसाद र रुद्रकली

काठमाडौँ। नेपाल सरकारले उपहार स्वरुप कतारलाई दिएका दुई हात्ती खगेन्द्रप्रसाद र रुद्रकली बुधवार त्यसतर्फ उडेका छन् । गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको उडानमार्फत खगेन्द्रप्रसाद र रुद्रकलीलाई कतार पठाइएको हो । हात्तीहरूसँगै एक जना पशु प्राविधिक, रूद्रकलीका माउते बुद्धिलाल श्रेष्ठ तथा खगेन्द्रप्रसादका माउते पाचुखा थारु पनि कतार प्रस्थान गरेका छन् ।

महाधिवेशनले पार्टीलाई संगठनात्मक र वैचारिक रुपमा पुनःव्यवस्थित गर्दै परिवर्तनको अपेक्षा पूरा गर्छः ईश्वर पोखरेल

काठमाडौँ। नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले काठमाडौंमा जारी एघारौँ महाधिवेशनले पार्टीलाई संगठनात्मक र वैचारिक रुपमा पुर्नव्यवस्थित गर्दै परिवर्तनको अपेक्षा पूरा गर्ने विश्वास व्यक्त गरेका छन् । बुधवार निर्वाचनस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्षका उम्मेदवार समेत रहेका नेता पोखरेलले पार्टीलाई विचार, संगठन र कार्यसम्पादन शैलीमा पुनव्र्यवस्थित गर्न आवश्यक रहेको भन्दै त्यसैको लागि

ट्रान्सपोर्ट र नासरिन जितविहीन रहँदै बाहिरिए

काठमाडौँ। अग्रता जोगाउन नसक्दा भूटानको ट्रान्सपोर्ट युनाइटेड साफ महिला क्लव च्याम्पियनसिपमा पहिलो जित निकाल्दै प्रतियोगिताको सुखद् अन्त्य गर्ने अवसर गुमाएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधवार ट्रान्सपोर्ट बंगलादेशको नासरिन एफसीसँग १–१ को बराबरी नतिजा सामना गर्न बाध्य भएको छ । पाँच टोली सहभागी च्याम्पियनसिपमा दुवै टोली पहिलो जित र गोल

जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की

काठमाडौँ। सरकारले जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने भएको छ । प्रधानमन्त्री सुशीला कार्कीले सो आयोगका अध्यक्ष गौरीबहादुर कार्कीसहितका आयोगका पदाधिकारीहरुसँगको भेटमा आयोगको म्याद थप गर्ने बताएका छन् । आफूहरुको मागअनुसार प्रधानमन्त्री कार्कीले आयोगको म्याद थप गर्ने बताउनुभएको आयोगका अध्यक्ष कार्कीले जानकारी दिएका छन् । प्रधानमन्त्री कार्कीसँग

निर्वाचनमार्फत नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौँः प्रधानमन्त्री कार्की

काठमाडौँ। अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनमार्फत व्यक्त हुने नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आफू आतुर रहेको बताएकी छिन् । ललितपुर महानगरपालिकाको १०७ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन उनले गत भदौ २३ र २४ गतेको जेन—जी युवाहरुको आन्दोलनपछि मुलुकमा नयाँ परिस्थिति बनेको उल्लेख गर्दै उनले सुशासन र

जेन–जीहरुले निर्वाचन हुन दिन्न भन्न पाइदैंन :मेयर महर्जन

ललितपुर। ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले जेन–जीहरुले आफ्नो स्वर परिवर्तन गरिरहेको भन्दै आपत्ति जनाएका छन् । ललितपुर महानगरपालिकाको १०७ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले वर्तमान अन्तरिम सरकारलाई फागुन २१ को निर्वाचन सम्पन्न गरी नयाँ जनभावननाअनुसार सत्ता हस्तान्तरण गर्ने कार्यादेश रहेको बताएका छन् । तर जेन–जीहरुले पछिल्लो

वैदेशिक लगानी प्रतिवद्धता प्रत्येक महिना बढ्दोः पाँच महिनामै ३८ अर्ब ५९ करोडको प्रतिवद्धता

काठमाडौँ। चालु आर्थिक वर्षको पाँच महिनामा ३८ अर्ब ५९ करोडको वैदेशिक लगानी प्रतिवद्धता आएको छ । उद्योग विभागले सार्वजनिक गरेको विवरणअनुसार साउनदेखि मंसिरसम्म स्वीकृत भएका परियोजनामार्फत ३८ अर्ब ५९ करोड रुपैयाँभन्दा बढी लगानी प्रतिवद्धता आएको हो । समीक्षा अवधिमा कुल ४ सय ३८ वटा विदेशी लगानीसम्बन्धी परियोजना स्वीकृत भएका छन्

प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट

काठमाडौँ। नेपालका लागि चीनका राजदुत चेन सोङले अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीसँग शिष्टाचार भेट गरेका छन् । बुधवार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा भेट भएको हो । भेटका क्रममा दुवै पक्षले नेपाल–चीनबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल गरेका छन् । राजदुत चेन सोङले नेपालको विकास र समृद्धिमा चीनको

सम्वन्धित समाचारहरु