Trending
>>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा >>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

एमाले अध्यक्षमा केपी शर्मा ओली तेस्रो पटक निर्वाचित


एमाले अध्यक्षमा केपी शर्मा ओली तेस्रो पटक निर्वाचित

काठमाडौँ। नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनबाट केपी शर्मा ओली लगातार तेस्रो कार्यकालका लागि पार्टी अध्यक्षमा निर्वाचित भएका छन् ।

काठमाडौंको भृकुटीमण्डपमा सम्पन्न महाधिवेशनको मतपरिणामअनुसार ओलीले १ हजार ६ सय ६३ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी ईश्वर पोखरेलले ५ सय ६४ मत मात्र प्राप्त गरेका छन् । कुल २ हजार २ सय २७ मत खसेको निर्वाचनमा ओलीले भारी मतान्तरले विजय हासिल गरेका हुन् । यो विजयसँगै ओलीले पार्टी नेतृत्वमा ‘ह्याट्रिक’ पूरा गरेका छन् ।

यसअघि २०७१ मा नवौँ महाधिवेशनबाट पहिलो पटक र २०७८ मा दसौँ महाधिवेशनबाट दोस्रो पटक अध्यक्ष निर्वाचित भएका ओलीले यसपटक पनि स्पष्ट बहुमत प्राप्त गरेका छन् । ओलीको प्यानलबाट महासचिवमा शंकर पोखरेल निर्वाचित भएका छन्। उपाध्यक्षहरूमा पृथ्वीसुब्बा गुरुङ, विष्णु पौडेल र रामबहादुर थापा विजयी हुनुभयो भने गोकर्ण विष्ट र रघुजी पन्त पनि उपाध्यक्षमा निर्वाचित भएका छन् । पदाधिकारीका अधिकांश पदमा ओली पक्षकै उम्मेदवारहरूले जित हासिल गरेको छ ।

निर्वाचित भएलगत्तै ओलीले महाधिवेशन स्थलमै नेता–कार्यकर्तासँग खुशी साटासाट गरेका थिए । पार्टीभित्र एकता कायम गर्दै देशलाई समृद्धिको बाटोतर्फ अघि बढाउने संकल्प व्यक्त गर्दै ओलीले आफ्नो नेतृत्वलाई महाधिवेशन प्रतिनिधिहरूले बलियो समर्थन गरेको बताएका छन् ।


प्रकाशित मिति: ३ पुष २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?